ठेट नेपाली पहिरनमा बलिउडका ब्याड ब्वाई

गाढा नीलो दौरा सुरुवाल, कालो पार्टी सुज, ढाकाको कोट र टोपी । कालो चस्मा । बलिउडका ब्याड म्यान अर्थात् गुलसन ग्रोबर यस्तै हुलियामा देखिएका छन् ।

मनिषाले तस्बिसहित पोस्ट गरेकी छन्, ‘वेलकम टु नेपाल माई फ्रेन्ड एन्ड ह्याप्पी सुटिङ ।’बलिउडमा अक्सर खराब चरित्र निर्वाह गरेर ‘ब्याड म्यान’को उपमा पाएका गुलसन नेपालमा आएर छायांकनमा व्यस्त रहेको अभिनेत्री मनिषा कोइरालाले खुलाएकी हुन्, इन्स्टाग्राममार्फत् ।

Learn English - Dew Meaning in English to Nepali below

ह्यासट्याग फिल्मसुट, ह्यासट्याक केटीएम । भनिहालौं, बलिउडमा मनिषाको सबैभन्दा विश्वासपात्र र नजिकको मित्र भनेकै गुलसन हुन् ।

पाटन दरबार स्क्वायरमा छायांकनमा व्यस्त गुलसनले जवाफमा भनेका छन्, ‘थ्याङक यु सो मच डियर मनिषा ।’

आफूले सुन्दर मुलुक नेपाल, यहाँको संस्कृति र दयालु नेपालीहरुबारे बुझ्ने मौका पाएको बताउँदै मनिषाप्रति कृतज्ञ रहेको बताएका छन् ।

उनीहरुले क्रिमिनल, लज्जालगायत थुप्रै सिनेमामा स्क्रिन सेयर गरेका छन् ।

विनासकारी भूकम्पमा गुलसनको साथ

नेपालमा गएको विनासकारी भूकम्पका बेला पीडितलाई राहतका लागि मनिषाले भारत नागपुरमा सहयोगको अपिल गरेकी थिइन् ।

भूकम्पले भत्किएको घर निर्माणका लागि उनले आर्थिक सहायता जुटाउने अभियान चलाएकी थिइन्, जसमा गुलसनले साथ दिएका थिए । त्यसबेला भूकम्प पीडितका लागि सहयोग जुटाइदिन उनले सबैमा अनुरोध गरेका थिए ।

onlinekhabar