‘ट्राभल्स तथा टुर्स व्यवसायमा मध्यम वर्गीय लगानीकर्ताको भविष्य छ’

सिताराम लामिछाने

कार्यकारी निर्देशक, फ्याबुलस ट्राभल्स एण्ड टुर्स प्रा. लि.

ट्राभल व्यवसाय सञ्चालन कहिले देखि गर्नु भएको हो ? कसरी यो व्यवसायमा लाग्नुभयो ?

हामीले यो फ्यावुलस ट्राभल्स एण्ड टुर्स सुरु गरेको २०६७ सालदेखि हो । नेपालमा पर्यटन व्यवसायको भविष्य उज्जवल देखेर हामी यो क्षेत्रमा लागेका हौं । यसमा लगानी गर्दा जोखिम कम देखेर पनि यो व्यवसाय सुरु गरेका हौं ।

यो व्यवसाय गर्नु अघि के गर्नुहुन्थ्यो ?

यो व्यवसाय सुरु गर्नुभन्दा अगाडि म यसै क्षेत्रको कुनै कम्पनीमा कार्यरत थिए । यो क्षेत्रको बारेमा भरपुर अनुभव पश्चात आफ्नै व्यवसाय सुरु गरेको हो ।

कति लगानीले यो व्यवसाय सञ्चालन गर्न सकिन्छ ?

१८÷२० लाखको हाराहारीमा यो व्यवसाय सञ्चालन सुरु गर्न सकिन्छ । तर यसको विस्तारको लागि जति पनि लगानी कम हुन्छ । यो क्षेत्रको सेवा पनि व्यापक छ । खासमा भन्ने हो भने यो मध्यम वर्गका लगानीकर्ताको लागि यो व्यवसाय उपयुक्त देखिन्छ ।

फ्याबुलस ट्राभल्स एण्ड टुर्सका सेवाहरु के–के छन् ?

यस संस्थाले मूख्यतयाः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिकेटिङ्गको काम गर्दछ । त्यसका अतिरिक्त आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले नयाँ गन्तव्य पहिचान गर्दै आन्तरिक टुर प्याकेजको पनि काम हामीले गर्दै आएका छौं । यो क्षेत्रमा मेरो लामो समयको अनुभव भएकाले वपन हामीले हाम्रो सेवालाई सरल, प्रभावकारी र भरपर्दो बनाएका छौं ।

लगानीको दृष्टिकोणबाट यो व्यवसाय कत्तिको फाइदाजनक मानिन्छ ?

यसै व्यवसायमा लागि परेर लगानी गर्नमा कन्जुस्याँई नगर्ने हो र अनुभवी र दक्ष कर्मचारीलाई साथ लिएर काम गर्ने हो भने यसबाट पनि मुनाफा आर्जन गर्न सकिन्छ ।

लगानी र आम्दानीको हिसावमा ट्राभल तथा टिकेटिड्ड व्यवसाय अन्य व्यवसायसँग कसरी तुलना गर्न सकिन्छ ?

अन्य व्यवसायमा त्यसको प्रकृति हेरेर लगानीको सुनिश्चितता गर्नु पर्दछ भने यसमा थोरै लगानीबाट पनि व्यवसाय सुरु गर्न सकिन्छ । फेरि यो क्षेत्रमा लगानी गर्न चाह्यो भने लगानीका लागि सेवा क्षेत्रहरु धेरै रहेका छन् । यस हिसावले हेर्ने हो भने यो व्यवसाय आफ्नो लगानीको क्षमताबाट चलाउन सकिन्छ ।

यो व्यवसायमा व्यवसायीको भविष्य कस्तो देख्नुहुन्छ ?

व्यवसायीहरुले आफूले व्यवसाय विस्तार गर्न सक्नु पर्दछ । नयाँ–नयाँ पर्यटकीय गन्तव्यको खोजी गर्ने, वाह्य ट्राभल एजेन्सीको सहकार्यमा टुर प्याकेजको निर्माण गरी त्यसको प्रचार प्रसारका साथ व्यवसाय गरेमा यो व्यवसायको भविष्य राम्रै छ ।

यो व्यवसायमा प्रतिस्पर्धा कत्तिको हुन्छ ?

कुनै पनि क्षेत्र र व्यवसायमा प्रतिस्पर्धा छ । यो व्यवसायमा पनि प्रतिस्पर्धा चरम छ । म प्रतिस्पर्धाको पक्षपाति हुँ । प्रतिस्पर्धाले नै व्यवसायमा परिपक्वता र सेवामा गुणस्तरियता ल्याउछ भन्ने मान्यता मेरो रहेको छ । हरेक क्षेत्र र व्यवसायमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्छ । तर अस्वस्थ प्रतिस्पर्धा भने गर्नु हुन्न । ‘कट थ्रो’ प्रकारको प्रतिस्पर्धाले सबैलाई हानी गर्दछ ।

यो व्यवसायका खास समस्याहरु के–के छन ?

नसुहाउने प्रतिस्पर्धाका साथै राजनीतिक अस्थिरता र सरकारले पूर्वाधारको विकास गर्न नसक्नु यो क्षेत्रमा देखिएका समस्या हुन ।

एयरलाइन्सबाट टिकट सिधै ट्राभल एजेन्सीमा नगई दोस्रो पक्षले होल्ड गरेर तपाईकहाँ आईपुग्छ ? यसले तपाईहरुलाई नाफालाई असर गर्दैन ?

एयरलाइन्सका टिकटहरु त्यसरी नै दोस्रो पक्षले होल्ड गर्ने भन्ने त होइन । तर कहिले काँही केही ठूला ट्राभल एजेन्सी, मेनपावर व्यवसायी र एयरलाइन्सको मिलोमतोमा यस्ता कामहरु हुने गरेका छन् । जसले गर्दा व्यवसायीक मर्यादाका यस्ता कामहरु हुने गरेका छन् । जसले गर्दा व्यवसायीक मर्यदामा रहेर स्वच्छ रुपले व्यवसाय गर्नेहरुलाई पक्कै असर गर्ने गरेको छ ।

खासमा यो कस्तो परिपाटी हो ? यसलाई तपाईहरुले कुन रुपले हेर्नुभएको छ ?

यो परिपाटी ठिक होइन । एयरलाइन्सले जीडीएस सिष्टमलाई फलो गरेपछि सबै सिटहरु त्यसमा फ्रि छोडिदिनु पर्छ । ताकी सबैले सिष्टमबाट टिकट बुक गर्न सकुन ।

टिकटमा उपभोक्ताले भुक्तानी गरेको मूल्य उल्लेख गरिएको हुँदैन । टिकटमा आफूले भुक्तानी गरेको रकम उल्लेख गर्दा केही समस्या हुन्छ र ?

अहिले धेरैजसो एयरलाइन्सले आफ्नो–आफ्नो जहाजको सिटको फिक्स रेट तोकिदिएका हुन्छन् । त्यसमा आफ्नो मुनाफा जोडेर ग्राहकसँग लिने हो । फेरि अहिले खाली टिकट लिएर मात्र पनि एयरपोर्ट जान सकिन्छ । व्यवसाय टिकाउनका लागि र प्रतिस्पर्धामा उत्रनु पर्दा अध्यारोमा पनि कारोबार गर्नु पर्ने हुन्छ । त्यसैले नगदमा टिकट दिंदा र उधारोमा दिनु पर्दा व्यवसायीले पक्कै पनि बिचार गर्नु पर्ने हुन्छ । टिकटको मूल्यमा एकरुपता नहुनु कारण यो पनि हो । सायद टिकटमा मूल्य नलेख्ने चलन पनि यही कारणले हुन सक्छ ।

व्यवसायीहरुका समस्या न्यूनिकरण गर्न तपाईहरुको एसोसिएसनले के कस्तो पहल गरिरहेको हुन्छ ?

व्यवसायहरुका समस्या समाधानार्थ पहल गर्ने, यो व्यवसायको दिगो विकासका लागि सरकारसँग नीतिगत लबिङ्गको काम गर्ने यो क्षेत्रमा नाट्टा र सोट्टो दुईवटा छाता संस्थाहरु रहेको छ । तर यी दुबै संगठनहरुले व्यवसायीको हितमा जुन किसिमको पहल गर्नुपर्ने हो, काम गर्नुपर्ने हो गर्न नसकेको आम व्यवसायीहरुलाई अनुभव भएको छ । अन्य व्यवसायीका छाता संगठनको तुलनामा यी संगठन निष्क्रिय जस्तै छन् । व्यवसायीको हित र सरकारसँगको नीतिगत लबिङ्गको लागि पनि आफ्ना छाता संस्थाको साथै अन्य सम्बन्धित बस्तुगत संघसँग समेत सहकार्य गर्नुपर्ने आवश्यकता रहेको छ ।

यो व्यवसायको संभावना तथा भविष्य कस्तो देख्नुहुन्छ ?

प्राकृतिक सुन्दरताले भरपुर, विविध संस्कृतिको महत्व भएको यो पर्यटकीय मुलकमा पर्यटनसँग सम्बन्धित व्यवसायको संभावना र भविष्य नहुने भन्ने मलाई लाग्दैन । व्यवसायी मैत्री नीति र वातावरणमा सरकार उदार हुनुप¥यो । पर्यटकीय संभावना भएको मुलुक भन्दैमा पर्यटकहरु त्यत्तिकै आउँदैनन् । नेपालमा जतिसक्दो बढी पर्यटक भित्र्याउन सरकारले पूर्वाधारको विकास गर्नु पछ । पर्यटकहरुको लागि सरकारी सेवा सुविधा सरल, छिटो, छरितो, चुस्त र दुरुस्त बनाउनु प¥यो । पर्यटकीय वातावरण सिर्जना गर्नु प¥यो, राजनीतिक स्थिरता कायम गरेर सुरक्षाको प्रत्याभूति दिन सक्नु प¥यो त्यसका साथै नेपाल पर्यटन बोर्डले आफ्नो भूमिकालाई अझ सशक्त बनाउन सकेमा यो क्षेत्रको भविष्य सदाबहार उस्तै रहिरहन्छ ।

तपाईका भावि योजना तथा कार्यक्रमहरु के कस्ता छन् ?

व्यवसाय प्रबद्र्धनको लागि प्रचार प्रसारमा ध्यान दिई समय सुहाउँदो र ग्राहकका चाहना बमोजिम टुर प्याकेजको निर्माण गरी नेपालमा पर्यटन विकासमा टेवा प्रदान गर्ने योजनामा हामी छौं । आफ्ना ग्राहकका लागि कसरी हुन्छ, सेवा र सन्तुष्टी प्रदान गर्ने दिशामा हामी लागि परेका छौं ।

http://eaarthik.com

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks