झरनालाई सेक्स टुरिजमको मोह

हाल अमेरिकाको ग्रिनकार्ड होल्डर बनेर उतै भासिएकी नायिका झरना थापालाई थाइल्यान्डको बैंककमा मौलाएको सेक्स टुरिजमले निक्कै लोभ्याएको छ । बैंककमा व्यवस्थित रूपमा सञ्चालनमा आएको यौन व्यवसाय निक्कै राम्रो भएको टिप्पणी गर्ने थापा यौनलाई दबाउन नहुने राय व्यक्त गर्छिन् । जति यसलाई दबाउने कोशिस गरिन्छ अझ यसबाट विभिन्न यौनजन्य अपराध हुने उनको भनाइ रहेको छ ।  यौन प्यासीहरूका लागि सुरक्षित रूपमा बेश्यावृत्ति गर्न बैंककमा व्यवस्था भएबाट त्यहाँ यौनजन्य अपराध नभएको उनको दावी रहेको छ । नेपालमा पनि यस पेसालाई व्यवस्थित गर्न सकेमा सेक्स क्राइम निक्कै कम हुने उनले भनेकी छन् ।

१८ वर्षभन्दा माथिका पुरुष तथा महिलाहरू यो पेसामा लाग्न चाहेमा त्यहाँको सरकारले लाइसेन्स नै दिने भएकोले यस पेसा मर्यादित भएको त्यहाँको अध्ययन भ्रमणबाट उनले निष्कर्ष निकालेकी छन् । उनी केही समयअघि मात्र चलचित्र निर्माता पति सुनिलकुमार थापाका साथमा बैंकक घुमेकी हुन् ।  नायिका थापालाई त्यहाँको परम्परागत मसाज सेवा पनि अत्यन्त मन परेको बताएकी छन् । मर्यादित रूपमा सञ्चालित त्यहाँको परम्परागत मसाजको अनुभवसमेत लिएकी उनले त्यहाँको दुई सय भाट यानी नेपाली २० हजार ३ सय ५० रूपैयाँमा मसाज गराउँदाको बेग्लै मजा महसुस भएको समेत भन्न चुक्दिनन् ।

अर्कोतर्फ हिंस्रक बाघसँग बसेर मज्जाले घरपालुवा जनावरसँग जस्तै फोटो खिचाउन पाउने नयाँ व्यवस्था त्यहाँ रहेको छ । जसको अनुभव उनले पनि लिएकी छन् । त्यहाँको तालिम प्राप्त बाघलाई बोतलको दूध ख्वाउने कार्य गर्दा अलिकति डर तथा धेरै रोमाञ्चकता महसुस भएको बताउने उनले नेपालमा पनि यसप्रकारको पर्यटन प्रवद्र्धन आवश्यक रहेको जिकिर गर्छिन् । यस्ता नौलो आयाम थप्न सकेमा नेपालमा पर्यटन व्यवसाय निक्कै फस्टाउने धारणा उनको रहेको छ ।

http://www.souryadaily.com/2017/06/141998.html