ipo

ज्योति लाइफ इन्स्योरेन्स ‘आइपिओ’ (IPO) आउँदै

ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ फागुन २१ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले १०० का दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको छ । कम्पनीले तीन लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषलाई र तीन लाख ३३ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ। बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गर्ने भएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा फागुन २६ गतेसम्म आवेदन दिन पाइने छ । आइपिओ निष्काशनका लागि एनएमबी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय र मेरोशेयरको वेबसाईट https://meroshare.cdsc.com.np बाट आवेदन दिन सक्नेछन्।

Jyoti life insurance IPO

Stock market ideas in Nepali language