विख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले खुशीपूर्ण जीवनयापनसम्बन्धी उनको सिद्धान्तबारे लेखेका लेखोट १५ लाख ६० हजार डलरमा बिक्री भएको छ।जेरुसलेममा लिलाम बढाबढमा ती लेखोट बिक्री भएका हुन्।
नोबेल पुरस्कार विजेता भौतिकशास्त्री आइन्स्टाइनले सन् १९२२ मा एक जापानी पत्रवाहकलाई पैसाको साटो जर्मन भाषामा लेखिएका लेखोट दिएका थिए।
पत्र पुर्याउन आफ्नो कोठामा आइपुगेका पत्रवाहकलाई ‘टिप’ दिनका लागि पैसा नभएपछि आइन्स्टाइनले त्यस्तो लेखोट दिएको बताइन्छ।
मूल्यवान
त्यतिबेला उनले भौतिकशास्त्रतर्कफको नोबेल पुरस्कार पाएको भर्खरै सुनेका थिए र उनी जापानमा प्रवचन-यात्रामा थिए।ती पत्रवाहकलाई खाली हात पठाउन नचाहेकोले आइन्स्टाइनले पत्रवाहकलाई ती लेखोट दिएको लिलाम बढाबढमा राखेका पत्रवाहकका नातेदारले बताए।
आइन्स्टाइनले पत्रवाहकलाई उनी भाग्यमानी भए आफूले दिएका लेखोट भविष्यमा मूल्यवान हुने बताएका थिए।आइन्स्टाइनले आफ्नो सम्पूर्ण जीवन विज्ञानप्रति समर्पित गरेका थिए।तर उनको हस्ताक्षरसहित एक वाक्यको लेखोटमा लेखिएको छ, “सफलताको खोजीमा लागिपर्दा र त्यसले निरन्तर उत्पन्न गराउने बेचैनीले भन्दा शान्त र साधारण जीवनले धेरै खुशी ल्याउँछ।”
पूर्वानुमान
त्यही बेला लेखिएको दोस्रो लेखोटमा भनिएको छ, “जहाँ इच्छा हुन्छ, त्यहाँ उपाय निस्कन्छ।”दोस्रो लेखोट चाहिँ २ लाख ४० हजार डलरमा बिक्री भएको छ।दुवै लेखोटले पूर्वानुमान गरिएको भन्दा धेरै बढी मूल्य पाएको लिलाम बढाबढमा राख्नेले बताएका छन्।
दुईवटामध्ये एउटा लेखोटका एकजना युरोपेली खरिदकर्ताले आफ्नो नाम सार्वजनिक नगरिदिन लिलाम बढाबढमा राख्नेलाई आग्रह गरेको बताइएको छ।ती लेखोट लिलाम बढाबढमा राख्ने मानिस पत्रवाहकका भतिजा भएको बताइएको छ।बिबिसी नेपालीबाट
https://www.youtube.com/watch?v=G4RDZj2PR-M
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks