भानिन्छ सपना देख्नु पर्छ पुरा हुन्छ भनेर । त्यस्तै एउटा सपना पुरा गरेका छन् सनी हिन्दुस्थानीले । भारतको चर्चित रियालिटी शो इन्डियन आइडलमा सभागिता जनाउनु पहिले जुत्ता पालिस गर्दै दैनिकी चलाउने शनिले अन्ततः इन्डियन आइडलको ताज पहिरिन सफल भएका छन् । ‘इण्डियन आइडल’ ११ औं संस्करणको उपाधि सन्नी हिन्दुस्तानीले जितेका छन्।
सानैमा बुवा गुमाएका शनिलाइ माताले निकै दुख गरेर पालन पाेषण गरेकि थीइन । एकदमै कमजाेर आर्थिक अवस्थामा रहेका उनकाे अडिसनसम्म शनि नाम भएका उनलाई आइडलले नै हिन्दुस्तानी बनाएकाे हाे । उपाधिसँगै शनिले २५ लाख भारू पुरस्कारसमेत हात पारेका छन्। यसैगरी प्रतियोगितामा रोहित राउत र ओंकना मुखर्जी क्रमशः फस्ट र सेकेन्ड रनरअप भए। उनीहरूले जनही पाँच-पाँच लाख भारू पाए। सैगरी अद्रिज घोष र रिधम कल्याण प्रतियोगिताको तेश्रो र चौथो स्थानमा रहे।
कार्यक्रममा आफ्नो पछिल्लो सिनेमा ‘शुभ मंगल ज्यादा सावधान’को प्रचारका लागि बलिउड अभिनेता आयुष्मान खुर्राना पुगेका थिए। आफ्नो सिनेमाका अन्य सदस्यका साथ त्यहाँ पुगेका खुर्रानाले उपाधि विजेतालाई आफूले अभिनय गर्ने टिसिरिजको नयाँ सिनेमामा गीत गाउन दिने घोषणा गरे।
Indian idol
Source: http://www.sadakmedia.com/archives/2093
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks