हामी मानिसहरु स्वभाबैले समृद्ध र सफल जिबन बाँच्न चाहन्छौं । जसअनुरुप आफ्नो र परिवारको समृद्धि र सफलतालाई पहिलो प्राथमिकतामा राख्दछौं । तत् पश्चात मात्र नाता– सम्बन्ध, छर–छिमेक, समाज, राष्ट्र« अनि बांकी संसारको । हामीहरु सफलताको असिम चाहना बोकेर बिभिन्न कार्यहरुको आरम्भ गर्दछौं, ता पनि परिणाम भने आफुले सोचे जस्तो नपाई असफलतामा नैराश्यपूर्ण जिबन बिताई रहेका हुन्छौ ।
यस्तो किन हुन्छ भन्ने कुरामा के तपाईले कहिल्यै गहिरिएर सोच्ने गर्नु भएको छ ? यदि सोच्ने गर्नु भएको छ भने त अबश्य नै तपाईले यसकोे जबाफ पनि पाई सक्नुभएको होला । यदि सोच्ने गर्नु भएको छैन भने आउनुहोस् यसका बिषयमा केहि सोचौ, केहि जान्ने कोशिस गरौं ।
हामी वरिपरी अर्थात हाम्रो समाजमा दुइथरी मानिसहरुलाई हामी देख्ने गर्दछांै । एक, समाजमा सफल व्यक्ति र दुई समाजमा असफल ब्यक्ति । अनि यी दुईथरी मानिसहरुको जिबनशैलीलाई सुक्ष्म रुपमा अध्ययन गर्यौं भनें उनीहरु बिचको जिबन शैलीमा केहि आधारभूत भिन्नताहरुलाई स्पष्ट रुपमा देख्न सकिन्छ, जसका कारण उनिहरु समाजमा सफल वा असफल जिबन बिताई रहेका हुन्छन ।
आउनुहोस्, अब चर्चा गरौं सफल र असफल व्यक्तिहरुका बिचको जिबनशैलीमा रहेका केहि आधारभूत भिन्नताहरुको बारेमा, जसले उनिहरुलाई सफल वा असफल बन्नमा महत्वपूर्ण भुमिका खेलीरहेको हुन्छ ।
१. सकारात्मक सोच :
नेपालीमा एउटा उखान नै छ —“जस्तो सोच उस्तै व्यक्ति, जस्तो खोज उस्तै प्राप्ती ।” हो, आज यस उखानलाई जानेर वा नजानेर धेरै मानिसहरुले आफ्नो जिबनमा लागु गरिरहेका छन । हामी हाम्रै वरिपरी केहि त्यस्ता व्यक्तिहरुलाई देख्न सक्दछौं, जसले जिबनमा धेरै दुःख र हण्डर सहेर पनि सफलताको शिखरमा पुग्न सक्षम भएका छन, नाम र दाम कमाउन सफल भएका छन । यस्तो हुनुमा न त उनिहरुको पारिवारीक पृष्ठभुमी नै सहयोगी थियो, न त उनिहरुलाई चिठ्ठा नै परेको थियो । थियो त केवल समय, समाज र कर्तव्य प्रतिको सकारात्मक सोच । यस्ता सोच भएका व्यक्तिहरुको जिबनमा जतिसुकै अप्ठ्याराहरु आएता पनि जिबन र जगत प्रतिको सोच र निष्ठा तथा समाज प्रतिको दायित्वबाट बिचलित भएका हुंदैनन । यिनीहरु अरुका दुःखमा आनन्दित हुने वा खुसी मनाउने स्वभावका हुंदैन्न । बरु हृदयबाटै दुःखी भई दुःखी व्यक्तिलाई खुला हृदयले सकेसम्म सहयोग गर्दछन । यसका बिपरित समाजमा धेरै त्यस्ता व्यक्तिहरु पनि छन जो नकारात्मक सोचले भरिएका छन । यस्ता व्यक्तिहरु घर परिवार तथा समाजमा घटि रहेका घटनाहरु प्रति न त उत्तरदायित्व नै बहन गर्दछन न त जिम्मेवारी । यिनीहरु जानेर वा नजानेर कसैको अनुपस्थितीमा उसकोे कुरा काटीरहेका हुन्छन वा त्यस्तो कुराकानी भै रहेको स्थानमा उपस्थित भई स्वयंमा आनन्दित भै रहेका हुन्छन । यस्ता ब्यक्तिहरुले समाजमा मात्रै हैन आफ्नै घर परिवारमा समेत सकारात्मक भूमिका निभाउन सकिराखेका हुंदैनन् र यिनिहरुलाई खराब आचरण भएका व्यक्तिका रुपमा घर परिवार र समाजले चित्रण गरिरहेको हुन्छ । अन्ततः यस्ता व्यक्तिहरु घर परिवार र समाज सबैबाट आलोचित र तिरस्कृत हुन पुग्दछन । यिनीहरुको जिबनमा उन्नती र प्रगति बिरलै भएको देखिन्छ वा आक्कल झुक्कल उन्नति प्रगती भईहाले पनि यिनीहरु आनन्दित जिबन पक्कै पनि जिउन सकिरहेका हुंदैनन ।
हरेक सुख र दुःखलाई जिबनका दुई पाटा हुन भन्ने कुरालाई कहिल्यै नबिर्सनु होस । कुनै पनि दिनलाई नधिकार्नुहोस् । किनकी राम्रो दिनले तपाईलाई खुशी दिन्छ भने नराम्रो दिनले तपाईलाई अनुभव । खराब दिनले तपाईलाई केहि सिकाउँदछ भने उत्तम दिन सिर्पm तपाईको सम्झनामा मात्र रहन्छ । यसर्थ जिवनलाई समृद्ध र सफल बनाउन असल दिनमात्र होइन, खराब दिन पनि तपाईका लागि सहायक हुन्छन्, यदि यसबाट केहि सिक्ने हो भने ।
यदि तपाई पनि जिबनमा बारम्बार असफल भै रहनु भएको छ भने कहि कतै तपाईको जिबनमा पनि नकारात्मक सोचले डेरा जमाई सकेको त छैन ? बेलैमा सचेत हुनुहोस् र नकारात्मक सोचलाई अहिल्यैबाट त्याग्ने प्रण गर्नुहोस् । घर, परिवार वा समाजमा घटिरहेका हरेक घटनालाई आत्मासात गर्दै आफुले सकेको सहयोग गर्नुहोस् । यसले तपाईको नकारात्मक सोचलाई बिस्तारै सकारात्मक सोच तर्फ परिबर्तन गर्दै लैजान्छ र अन्ततः तपाईको जिवनलाई समृद्ध र सफल बनाएरै छाडछ ।
२. आफुुलाई अरुसंग दॉजेर वा तुलना गरेर हेर्ने बानी छाडनुहोस् :
धेरै मानिसहरु आफ्नो जिवनलाई अरुको जिवनसँग तुलना गरी आफुलाई सुखी वा दुःखी देख्ने गर्दछन । यसरी आफ्नो जिवनलाई अरुको जिवनसँग तुलना गरि आफुलाई अरु भन्दा सुखी देखेमा त जिबन सफलै भएको मान्नु पर्दछ, तर दुःखी देखेमा नि ? हो, मानिसहरुको यहि स्वभावलेनै उनिहरुलाई बारम्बार दुःखी बनाईरहेको हुन्छ । जो वास्तविक दुःखी नहुन पनि सक्छन । यिनीहरु सधैं अरुको देखिएको सुखसंग आफ्नो भोगाईलाई तुलना गरि आफ्नो सुखलाई कम आंकलन गरि दुःखी भईरहेका हुन्छन् । हामीलाई के थाहा हामीले सुखी देखिरहेको व्यक्ति पनि हामी भन्दा बढता आन्तरीक बेदना र पिडाबाट छट्पटिरहेको हुन सक्छ । दुःख, सुख तथा बेदना वा पिडाहरु अन्तर आत्माका अनुभूति मात्र हुन् । कसैले यसैलाई बढि देख्छन्, कसैले यसैलाई कम महसुस गर्दछन् । कसैले अरु संग बाँढ्छन् भने कसैले यसलाई महत्व नदिई लुकाई राखेका हुन्छन् । तसर्थ अरुको सुख–दुःखलाई आंकलन गरी आफु संग कहिल्यै तुलना नगर्नुहोस् । सुकरातका अनुसार –“संसारमा जति दुःख छ, त्यसमा तीन चौथाई काल्पनिक छ ।” मानिस आफ्नो कल्पना शक्तिको सहारा लिएर आफ्नो लागि दुःखलाई मनमा राख्छन् अनि त्यसैको पिडा (राप)ले आफु अझ बढि दुःखी बन्छन् । यसर्थ आफु र आफ्नो परिवारलाई अरुसंग तुलना गरेर दुःखी हुने बानीलाई अहिल्यै परित्याग गरि आफु र आफ्नो परिवार तथा समाजको भलाईका योजनाहरु बनाउनु होस र यसलाई कार्यान्वयन गर्न पट्टि अगाडी बढनु होस्, जसले तपाईलाई सजिलै उन्नति, प्रगति र समृद्धिको मार्गमा अगाडी बढाउने छ । जहांबाट तपाई सजिलै सुखी र सफल जिबन बिताउन सक्षम हुनुहुनेछ ।
३. स–साना कामको लागि पनि अरुसंग भर पर्ने बानी नबनाउनु होस् :
सफल र सुखी मानिसहरु आफ्ना स–साना कामको लागि अरुको भर पर्ने भन्दा समयमै आपैmं पुरा गर्ने स्वभाबका हुन्छन । तर केहि व्यक्तिहरु स–साना कामहरुको लागि पनि अरुप्रति भर पर्ने स्वभावका हुन्छन । यस्ता व्यक्ति एवं घर—परिवारको बिस्तारै काम प्रतिको लगनशिलता एवं समर्पण भाव घटदै जाने हुन्छ, आत्माबिश्वास कमजोर हुंदै जान्छ, जिबनमा आईपर्ने चुनौतिहरुसंग सामना गर्न सक्ने क्षमतामा ¥हास हुंदै जान्छ र अरुमाथि आश्रित हुने स्वभाव बढदै जान्छ । फलस्वरुप सफलताको लागि कुरा हैन काम गर्नु पर्दछ भन्ने भावना कमजोर हुँदै जान्छ, काम अ¥हाउने वा मगन्ते स्वभाव बिकसित हुँदै जान्छ र नजिकका आफन्त, साथीभाईहरु समेत टाढिंदै जान्छन । हामीले कहिल्यै भुल्न नहुने कुरा के पनि हो भने अरुमाथी आश्रीत वा मगन्ते स्वभाव भएको व्यक्तिको वास्तबिक साथी कोहि पनि हुन चाहांदैनन, किनकी मानबिय स्वभाव भनेको एकोहोरो दिनुमात्र होइन, लिनु पनि हो ।
४. बितेको समयलाई बारम्बार सम्झिएर दुःखी भइरहने बानी छाडनुहोस :
के तपाईमा पनि बितेको समय वा बिग्रिसकेको कामलाई सम्झिएर बारम्बार दुःखी भइरहने स्वभाब त छैन ? यदि तपाई बितिसकेको समय र घटीसकेको घटनालाई बारंबार सम्झिरहनु हुन्छ र त्यसैमा अल्झेर दुःखी भएर बांचिरहनु हुन्छ भने तपाई अगाडीको पुरा जिन्दगी असफलतामा नै बित्नेछ । कुनै पनि बितिसकेका घटना र समयलाई संझिएर एक, दुई, तिन पटक सम्म दुःखी हुनु स्वभाबिक हुनसक्छ, तर संंधै त्यहि घटनालाई संझिएर दुःख मानिरहनु वा बांचीरहनु भनेको त तपाईको बांकी जिन्दगी पनि पुनः दुःखमा नै बिताउनु हो नि, होइन र ? हामीले बिगतका नराम्र्रा घटनाहरुबाट केहि सिकेर नै बर्तमानमा अगााडी बढने कोसिस गर्ने हो, जसले भबिष्यमा समृद्धि र सफलताको शिखरमा पुर्याओस् । कुनै पनि घटना तथा ब्यक्तिसंग सकेसम्म उत्तेजित नहुनुहोस्, किनकी यि दुबै चिज तपाईको प्रतिक्रिया बिना शक्ति हिन हुनपुग्दछ । त्यसैैले तपाईलाई मेरो सल्लाह छ– यस्ता घटनाहरुलाई एक खराब सपना संझेर बिल्कुलै बिर्सिदिनुहोस् ताकि बांकी जिन्दगीको लागि राम्रा योजना बनाउन र सो को सफल कार्यान्वयन गर्न पर्याप्त समय निस्कियोस् । यस्ता घटनाहरुबाट पाठ पढने हो, केहि कुरा सिक्ने हो र सफलताको लागि अघि बढने हो, न कि यसैमा अल्झेर जिबन बरबाद गर्ने हो ।
५. तपाईको अन्तरआत्माको चाहाना जे छ, त्यसमै ध्यान केन्द्रित गर्नुहोस् :
प्रायः मानिसहरुको अन्तरआत्माको चाहना जिबनमा उन्नति, प्रगति र समृद्धि प्राप्त गर्ने हुन्छ ता पनि ध्यान भने क्षणिक सुख र दुःखको दैनिकीमा केन्द्रित भैरहेको हुन्छ । हामी मनले एक चिज चाहिरहेका हुन्छौ भने हाम्रो दिमाग (ध्यान) अर्कै चिजमा अल्झिरहेको हुन्छ । जबसम्म हाम्रो तन, मन र धन एउटै लक्ष्यमा, एउटै उद्देश्यमा र एउटै प्राप्तीमा अगाडी बढ्न सक्दैन, तबसम्म हामी त्यो लक्ष्य, बस्तु वा सुख कहिल्यै प्राप्त गर्न सक्दैनौं । यस ब्रम्हाण्डको अघोषित नियमले के देखाउंछ भने–“त्यहि मानिसहरु जिबनमा सफल बनेका छन, जसले तन, मन र धन समृद्धि र सफलताको लागि समर्पण गरेका छन ।” यदि तपाई जिबनमा धनाढ््य बन्न चाहनु हुन्छ भने तन, मन, धनले उद्योगी बन्नुहोस् न कि कुराले । अनि सुखी बन्न चाहनुहुन्छ भने घर परिवार र समाजप्रतिको दायित्व (कर्तव्य)लाई चिन्नुहोस् र पालना गर्नुहोस न कि अधिकार प्राप्तिको लागिमात्र समय बर्बाद गर्नुहोस् । किनकी, हरेक मौका अन्तिम हुन्छ, जसमा सफलता या असफलता गाँसिएको हुन्छ, जुन तपाईको बर्तमानको कर्ममा भर पर्दछ ।
यदि तपाई माथी उल्लेखित कुराहरुलाई अहिल्यै देखि आफ्नो जिबनमा लागु गर्न सुरु गर्ने अठोट गर्नु भयो भने तपाईको जिबन शैलीमा अबश्य नै सुधार आउने छ, जसले तपाई र तपाईको परिवारलाई उन्नति, प्रगति र समृद्धिको उच्च शिखरमा पुर्याएरै छाडने छ । धन्यबाद ।।
अबिरल
http://jaagirkhane.com
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks