जिउदै मान्छेको मृत्यु दर्ता गरेर, करोडौं मुल्यको जग्गा झ्वाम

असोज, २८ नेपालगन्ज । बाँके लक्ष्मणपुर गाबिस स्थित एउटा ब्यक्ति जीवित रहँदै गाबिस सचिवले मृत्यु दर्ता बनाएर जग्गामा भागवण्डा लगाएको खुलेको छ ।

लक्ष्मणपुर गाबिस वडा नं।४ बस्ने तुलसीराम कुर्मीको मृत्यु दर्ता बनाएर निजका दाई प्रहलादी कुर्मी र तत्कालिन गाबिस सचिव मोहर्रम अली मुकेरीले ४७ विघा जग्गा कुम्लाएको खुलेको हो ।

तुलसीराम कुर्मी वैदेशिक रोजगारको सिलसिलमा सउदी अरब जाँदा निजका दाई प्रहलादीले गाबिस सचिव मोहर्रम संग मिलोमतो गरी तुलसीको मृत्यु दर्ता प्रमाण पत्र बनाएर जग्गा नामसारी गराएको खुलेको हो ।

विवाह भई पत्नी छोरा छोरी भएको तुलसीराम कुर्मीलाई सचिव मोहर्रम अली मुकेरीले अविवाहित अवस्थामा मृत्यु भएको देखाएर जग्गा निजका दाई प्रहलादी कुर्मीको नाममा नामसारी गर्न सिफारिस दिएको पाइएको छ ।

गाविस कार्यालय लक्ष्मणपुरले दिएको मृत्यु दर्ता प्रमाण पत्रमा तुलसीरामको मृत्यु २०६९ साल फाल्गुन महिना ११ गते लक्ष्मणपुर गाबिस स्थित वडा नं।४ मा ४४ वर्षको अविवाहित अवस्थामा भएको देखाइएको छ । तुलसीरामले २०५२ माघ १० गते नेपाली नागरिकताको प्रमाण पत्र बाँके जिल्ला प्रशासन कार्यालयबाट लिएका छन् ।

जसको नं।२०१ रहेको छ । लक्ष्मणपुर गाबिसको अभिलेखमा दर्ता नं।२६ मा लगत राखी मृत्यु दर्ता बनाएपछि गाबिस सचिव मोहर्रम अली मुकेरीले ६ लाख रुपैया बुझेको श्रोतको भनाइ छ ।

बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेमा बुबाको नाममा रहेको सम्पत्ती गायब भएको विषयमा उजुरी दर्ता गर्न पुगेकी तुलसीराम कुर्मीको १७ वर्षिया छोरी बच्ची भन्ने संगीता कुर्मीले बुबाको नाममा रहेको जग्गा ठूलो बुबा ९प्रहलादी कुर्मी०ले आफ्नो नाममा गराएको बारे समयमा जानकारी हुन सकेको बताइन् ।

‘सउदी अरबमा रहेका बुबाको नाममा रहेको जग्गा आमाको नाममा जानु पर्ने हो’, संगीताले दैनिक नेपालगन्ज संग भनिन्, ‘सचिव र ठूलो बुबाले मिलोमतो गरी मेरो र आमाको जीवन वर्वाद पारे ।’

मृत्यु दर्ता बनाएको केही समयमा सेवाबाट अवकास पाएका तत्कालिन सचिव मोहर्रम अली मुकेरी पछि लक्ष्मणपुर गाबिस सचिवमा पुगेका अशोक कुमार श्रीवास्तवले ४७ विघा जग्गा प्रहलादी कुर्मीको नाममा एकलौटी नामसारीका लागि सिफारिस दिए ।

सचिव श्रीवास्तवले अविवाहित अवस्थामा तुलसीरामको मृत्यु भएको र अन्य अंशियार कोही नभएको उल्लेख गरी मालपोत कार्यालय बाँकेका नाउमा २०७२ साल जेष्ठ २५ गते सिफारिस दिएको अभिलेखले देखाएको छ ।

सचिव अशोक कुमार श्रीवास्तवले तुलसीरामको ब्यहोरा बारे उल्लेख गर्दै तीन पुस्ता भित्र कुनैपनि छोरा छोरी पत्नी नरहेकोले सम्पूर्ण सम्पत्तीको हकदार तुलसीरामका दाजु प्रहलादी कुर्मी नै रहेको उल्लेख गरी सिफारिस दिएको मालपोत कार्यालय बाँकेको अभिलेखले देखाएको छ ।5गत निर्वाचन कार्यालयको मतदाता सूचीमा नाम समावेश रहेको र एक दशक अघि सम्म मतदान गरी निजको परिवारको लगत समेत स्थापित रहेको ब्यक्तिलाई मृत्यु भएको देखाई सचिवले अनुचित लाभ लिएको प्रष्ट भएको पीडित १७ वर्षीया किशोरी संगीता कुर्मीले दैनिक नेपालगन्ज संग भनिन्, ‘सचिवहरु माथि कारवाहीका लागि पहल गरी दिनु पर्यो ।’

‘जेठा बुबा प्रहलादी कुर्मीको छोरा दीनानाथ कुर्मीको नाममा पनि केहि जग्गा नामसारी भएको बारे जानकारी पाएको छु’, किशोरी संगीताले भनिन्, ‘कति जग्गा नामसारी गराए सो बारे जानकारी लिने प्रयास गरिरहेको छु ।’

किशोरीका बुबा रोजगारीका लागि विदेश गएका बेला उनको आमाले अर्कै संग विहेर गरिन दैनिक नेपालगन्ज संग कुरा गर्दै स्थानीय मोहम्मद सइद खाँले भने, ‘पछि सचिवहरुले मिलोमतो गरी मृत्यु दर्ता बनाएर सबै सम्पत्ती गायब पारे ।’

स्थानीयहरुले दिएको जानकारी अनुसार संगीताको आमालाई प्रहलादी कुर्मीले शारीरिक यातना दिएपछि उनले अन्तै विवाह गर्ने योजना बनाइन् । सजिलै उनले घर छाडेकी होइनन् स्थानीय फरुदा पठानिन्ले भनिन् घरमा बस्ने स्थिति नरहेपछि अर्कै संग विवाह गरेकी हुन् ।

‘विदेशबाट पतिले पनि सम्पर्क गर्न छाडेपछि समस्या बढेको हो’, स्थानीय आरिफ खाँ भन्छन्, ‘त्यहाँ कुनै समस्या भयो कि के भयो हामीलाई जानकारी भएन ।’

यद्यपि उनी अहिले सम्पर्कमा रहेको किशोरीले बताएकी छन् । लक्ष्मणपुर गाबिस वडा नं।३ र ४ मा रहेको जम्मै जग्गा तत्कालिन सचिव मोहर्रम मुकेरी र हालका सचिव अशोक कुमार श्रीवास्तवले मिलोमतो गरी जीवित ब्यक्तिलाई मृत्यु भएको देखाइ हिनामिना गरेको उजुरी बुधवार जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको छ ।

किशोरीले सचिव र उनका ब्यक्तिहरुले आफुलाई धम्क्याउने गरेको बारे बाँकेका जिल्ला अधिकारी वेद प्रकाश लेखकलाई जानकारी दिएपछि उनले तत्कालै पत्राचार गरी जिल्ला प्रहरी कार्यालयलाई आवश्यक सुरक्षा मिलाउन निर्देशन दिएको बताइएको छ ।

बुधवार नै मालपोत कार्यालय बाँकेमा पत्राचार गरी जिल्ला प्रशासन कार्यालय बाँकेले प्रहलादी कुर्मी, निजका छोरा दीनानाथ कुर्मीका नाउमा रहेको जग्गा बेचविखन गर्न नपाउने गरी रोक्का गरिएको प्रशासनले जनाएको छ ।

सम्पत्तीको अधिकारबाट बञ्चित गरिएकी किशोरी बारे सहुलियतमा कानूनी प्रक्रिया अघि बढाउने अधिवक्ता विश्वजीत तिवारीले बताए । कर्मचारीहरुको बद्मासीका कारण आम जनता दुःख पाएका छन् दैनिक नेपालगन्ज संग उनले भने, यसमा सबैको पहल हुन जरुरी छ ।
साभारः आजको दैनिक नेपालगन्जबाट ।

असोज, २८ नेपालगन्ज । बाँके लक्ष्मणपुर गाबिस स्थित एउटा ब्यक्ति जीवित रहँदै गाबिस सचिवले मृत्यु दर्ता बनाएर जग्गामा भागवण्डा लगाएको खुलेको छ । लक्ष्मणपुर गाबिस वडा नं।४ बस्ने तुलसीराम कुर्मीको मृत्यु दर्ता बनाएर निजका दाई प्रहलादी कुर्मी र तत्कालिन गाबिस सचिव मोहर्रम अली मुकेरीले ४७ विघा जग्गा कुम्लाएको खुलेको हो । तुलसीराम कुर्मी वैदेशिक रोजगारको सिलसिलमा सउदी अरब जाँदा निजका दाई प्रहलादीले गाबिस सचिव मोहर्रम संग मिलोमतो गरी तुलसीको मृत्यु दर्ता प्रमाण पत्र बनाएर जग्गा नामसारी गराएको खुलेको हो । विवाह भई पत्नी छोरा छोरी भएको तुलसीराम कुर्मीलाई सचिव मोहर्रम अली मुकेरीले अविवाहित अवस्थामा मृत्यु भएको देखाएर जग्गा निजका दाई प्रहलादी कुर्मीको नाममा नामसारी गर्न सिफारिस दिएको पाइएको छ । गाविस कार्यालय लक्ष्मणपुरले दिएको मृत्यु दर्ता प्रमाण पत्रमा तुलसीरामको मृत्यु २०६९ साल फाल्गुन महिना ११ गते लक्ष्मणपुर गाबिस स्थित वडा नं।४ मा ४४ वर्षको अविवाहित अवस्थामा भएको देखाइएको छ । तुलसीरामले २०५२ माघ १० गते नेपाली नागरिकताको प्रमाण पत्र बाँके जिल्ला प्रशासन कार्यालयबाट लिएका छन् । जसको नं।२०१ रहेको छ । लक्ष्मणपुर गाबिसको अभिलेखमा दर्ता नं।२६ मा लगत राखी मृत्यु दर्ता बनाएपछि गाबिस सचिव मोहर्रम अली मुकेरीले ६ लाख रुपैया बुझेको श्रोतको भनाइ छ । बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेमा बुबाको नाममा रहेको सम्पत्ती गायब भएको विषयमा उजुरी दर्ता गर्न पुगेकी तुलसीराम कुर्मीको १७ वर्षिया छोरी बच्ची भन्ने संगीता कुर्मीले बुबाको नाममा रहेको जग्गा ठूलो बुबा ९प्रहलादी कुर्मी०ले आफ्नो नाममा गराएको बारे समयमा जानकारी हुन सकेको बताइन् । ‘सउदी अरबमा रहेका बुबाको नाममा रहेको जग्गा आमाको नाममा जानु पर्ने हो’, संगीताले दैनिक नेपालगन्ज संग भनिन्, ‘सचिव र ठूलो बुबाले मिलोमतो गरी मेरो र आमाको जीवन वर्वाद पारे ।’ मृत्यु दर्ता बनाएको केही समयमा सेवाबाट अवकास पाएका तत्कालिन सचिव मोहर्रम अली मुकेरी पछि लक्ष्मणपुर गाबिस सचिवमा पुगेका अशोक कुमार श्रीवास्तवले ४७ विघा जग्गा प्रहलादी कुर्मीको नाममा एकलौटी नामसारीका लागि सिफारिस दिए । सचिव श्रीवास्तवले अविवाहित अवस्थामा तुलसीरामको मृत्यु भएको र अन्य अंशियार कोही नभएको उल्लेख गरी मालपोत कार्यालय बाँकेका नाउमा २०७२ साल जेष्ठ २५ गते सिफारिस दिएको अभिलेखले देखाएको छ । सचिव अशोक कुमार श्रीवास्तवले तुलसीरामको ब्यहोरा बारे उल्लेख गर्दै तीन पुस्ता भित्र कुनैपनि छोरा छोरी पत्नी नरहेकोले सम्पूर्ण सम्पत्तीको हकदार तुलसीरामका दाजु प्रहलादी कुर्मी नै रहेको उल्लेख गरी सिफारिस दिएको मालपोत कार्यालय बाँकेको अभिलेखले देखाएको छ ।5गत निर्वाचन कार्यालयको मतदाता सूचीमा नाम समावेश रहेको र एक दशक अघि सम्म मतदान गरी निजको परिवारको लगत समेत स्थापित रहेको ब्यक्तिलाई मृत्यु भएको देखाई सचिवले अनुचित लाभ लिएको प्रष्ट भएको पीडित १७ वर्षीया किशोरी संगीता कुर्मीले दैनिक नेपालगन्ज संग भनिन्, ‘सचिवहरु माथि कारवाहीका लागि पहल गरी दिनु पर्यो ।’ ‘जेठा बुबा प्रहलादी कुर्मीको छोरा दीनानाथ कुर्मीको नाममा पनि केहि जग्गा नामसारी भएको बारे जानकारी पाएको छु’, किशोरी संगीताले भनिन्, ‘कति जग्गा नामसारी गराए सो बारे जानकारी लिने प्रयास गरिरहेको छु ।’ किशोरीका बुबा रोजगारीका लागि विदेश गएका बेला उनको आमाले अर्कै संग विहेर गरिन दैनिक नेपालगन्ज संग कुरा गर्दै स्थानीय मोहम्मद सइद खाँले भने, ‘पछि सचिवहरुले मिलोमतो गरी मृत्यु दर्ता बनाएर सबै सम्पत्ती गायब पारे ।’ स्थानीयहरुले दिएको जानकारी अनुसार संगीताको आमालाई प्रहलादी कुर्मीले शारीरिक यातना दिएपछि उनले अन्तै विवाह गर्ने योजना बनाइन् । सजिलै उनले घर छाडेकी होइनन् स्थानीय फरुदा पठानिन्ले भनिन् घरमा बस्ने स्थिति नरहेपछि अर्कै संग विवाह गरेकी हुन् । ‘विदेशबाट पतिले पनि सम्पर्क गर्न छाडेपछि समस्या बढेको हो’, स्थानीय आरिफ खाँ भन्छन्, ‘त्यहाँ कुनै समस्या भयो कि के भयो हामीलाई जानकारी भएन ।’ यद्यपि उनी अहिले सम्पर्कमा रहेको किशोरीले बताएकी छन् । लक्ष्मणपुर गाबिस वडा नं।३ र ४ मा रहेको जम्मै जग्गा तत्कालिन सचिव मोहर्रम मुकेरी र हालका सचिव अशोक कुमार श्रीवास्तवले मिलोमतो गरी जीवित ब्यक्तिलाई मृत्यु भएको देखाइ हिनामिना गरेको उजुरी बुधवार जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको छ । किशोरीले सचिव र उनका ब्यक्तिहरुले आफुलाई धम्क्याउने गरेको बारे बाँकेका जिल्ला अधिकारी वेद प्रकाश लेखकलाई जानकारी दिएपछि उनले तत्कालै पत्राचार गरी जिल्ला प्रहरी कार्यालयलाई आवश्यक सुरक्षा मिलाउन निर्देशन दिएको बताइएको छ । बुधवार नै मालपोत कार्यालय बाँकेमा पत्राचार गरी जिल्ला प्रशासन कार्यालय बाँकेले प्रहलादी कुर्मी, निजका छोरा दीनानाथ कुर्मीका नाउमा रहेको जग्गा बेचविखन गर्न नपाउने गरी रोक्का गरिएको प्रशासनले जनाएको छ । सम्पत्तीको अधिकारबाट बञ्चित गरिएकी किशोरी बारे सहुलियतमा कानूनी प्रक्रिया अघि बढाउने अधिवक्ता विश्वजीत तिवारीले बताए । कर्मचारीहरुको बद्मासीका कारण आम जनता दुःख पाएका छन् दैनिक नेपालगन्ज संग उनले भने, यसमा सबैको पहल हुन जरुरी छ । साभारः http://paschimnews.com

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks