अमेरिकी सेनाले ओकिनावा टापुमा रक्सी सेवनसँग सम्बन्धित एउटा गम्भीर दुर्घटनापछि जापानमा रहेका आफ्ना सबै सैनिकलाई रक्सी सेवन गर्न प्रतिबन्ध लगाएको छ।त्यसका अतिरिक्त सैनिकहरुलाई सैन्य अखडा र उनीहरुको आवास छाड्न प्रतिबन्ध लगाइएको छ।
आइतवार एक अमेरिकी सैनिकले मिनी भ्यानसँग ट्रक ठोक्काउँदा अर्कै सवारीसाधनका एकजना स्थानीय चालकको ज्यान गएको थियो।जापानमा तैनाथ अमेरिकी सेनाको आधाभन्दा बढी संख्या ओकिनावामा छ तर बाक्लो सैन्य उपस्थितिप्रति स्थानीयबासिन्दाले लामो समयदेखि आक्रोश व्यक्त गर्दै आएका छन्।
दक्षिणी जपान र चीनको तटपारी करिब ६४० किलोमिटर क्षेत्रमा रहेको ओकिनावा अमेरिका जापान सुरक्षा गठबन्धनको एउटा प्रमुख हिस्सा हो।उक्त अखडामा करिब २६ हजार अमेरिकी सैनिक छन्।paanakhabar.com
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks