जापानमा आँधीबाट पाँचको मृत्यु, यातायात व्यवस्था ठप्प

मध्य जापानमा आएको आँधीबाट पाँच जनाको ज्यान गएको समाचार छ । आइतबारदेखि जापानका विभिन्न भागमा आँधीले प्रभाव पारेको छ ।

सोमबार बिहानसम्म यो आँधीबाट पाँच जनाको ज्यान गएको छ । यहाँको यातायात व्यवस्थामा नराम्ररी प्रभाव परेको छ ।

मध्य जापानी क्षेत्रहरु होन्सु र सिजाउको प्रिफेक्चरमा प्रतिघन्टा १९८ किलोमिटरको बेगमा आँधी आएको छ । यसले यहाँको जनजीवन अस्तव्यस्त बनाएको छ ।

सोमबार बिहानैदेखि ती क्षेत्रमा यातायातका साधनहरु चलाइएको छैन भने व्यापार व्यावसाय पनि ठप्प भएको छ । जसका कारण विद्यालय बन्द छन् भने सरकारी कार्यालय सोमबार खुलेका छैनन् ।whitehimal.tv