जान्नुहोस् अमेरिका बारेमा ४० अति रोचक तथ्य

धेरै ले रुचाएको अनि विश्व प्रसिद्ध अमेरिका सम्बन्धि ४० रोचक कुराहरु जानीराख्नुहोस्

Nepali typing

सर्वप्रथम सुरु गरौ अमेरिका को संक्षिप्त इतिहास बाट

अमेरिका को संक्षिप्त इतिहास

अहिले को समय मा यदि सबै भन्दा विकसित देश को नाम कुन होला भनेर भन्नु पर्यो भने सबै भन्दा पहिले अमेरिका को नामे अगाडी आउछ । क्रिसोटोफर कोलम्बस ले इस्वी संवत १४९२ मा खोजमुलक यात्रा मा निस्किएको बेला अमेरिका पत्ता लगाएका थिए । जब उनि खोज गर्दै थिए पहिलो २ हप्ता सम्म समुन्द्र बाहेक केहि देखेनन् र भेट्न सकेनन । उनी युरेपियन देश का नागरिक थिए जब उनले अमेरिका को भुमि मा पहिलो पाइला टेके अनि उनि अचम्म मा परे । अमेरिका पत्ता लगाईसके पछि क्रमै सँग युरोपियन हरु अमेरिका प्रस्थान गर्न थाले । अमेरिका पनि यसरी अंग्रेजहरु को अधिन मा चल्दै थिए । समय को गति सँगै इस्वी संवत १७७३ मा जर्ज वासिंगटन ले अग्रेज हरु अधीनता बाट छुटकारा दिलाए तर पूर्ण रुपले अधिकारी रुपमै स्वतन्त्र घोषणा भने १७७६ मा गरिएको थियो । उनै जर्ज वासिंगटन अमेरिका को पहिलो राष्ट्रपति बने । अमेरिका अस्तिव मा आए संगै १९औं सताब्दी सम्म पनि आफ्नो देश को सिमा बिस्तार मा लागेको थियो । त्यहि अमेरिका नै अहिले को विकसित अमेरिका हो ।

अमेरिका मा जम्मा ५० राज्य छन् त्यसकारण यसलाई सक्युक्त राज्य अमेरिका भनेर नाम दिईएको हो । ५० राज्य मा अलास्का र हवाई राज्य टापु मा अवस्थित छन् । अरु ४८ राज्य हरु एक अर्का को सिमाना मा जोडिएका छन् ।अलास्का राज्य ले अमेरिका को क्यानाडा को सिमाना छुट्याउन मदत गरेको छ । यो अमेरिका र क्यानाडा को बीच को सागरमा अवस्थित छ । अमेरिका को जनसंख्या करिब ३१ करोड भन्दा धेरै छ जुन विश्व को तेस्रो ठुलो जनसंख्या पनि हो । अब लागौ यो बिशाल अनि विकसित आधुनिक अमेरिका को अनौठो तथ्य हरु तिर ।

१. लगभग ४ जना अमेरिकी मध्ये एक जना कुनै न कुनै टिभी शो मा सहभागी भएको छ ।
२. प्राय हरेक अमेरिकी एक वर्षमा ६०० भन्दा कोल्ड ड्रिंक्स पिउने गर्छन ।
३. अमेरिका मा लगभग ५ करोड २६ भन्दा बढी कुकुर हरु छन् ।
४. यदि तपाइले अमेरिका को ५० वटै राज्य को नाम अंग्रेजी मा लेख्नु भयो भने ABCD का सबै अक्षर बाहेक Q समाबेश हुदैन ।
५. अमेरिका मा हरेक वर्ष मा ८ करोड ५ लाख टन काजग प्रयोग हुन्छ ।
६. इस्वी संवत १८६७ मा अमेरिका ले अलास्का राज्य रुस सँग ७२ लाख डलर मा किनेको थियो । त्यस अनुसार १ रुपैया प्रति एकड पर्न जान्छ । अलास्का अमेरिका को सबै भन्दा ठुलो राज्य हो ।
७. अमेरिका को एउटा सहर जसको नाम Ding Dong राखिएको छ ।
८. अमेरिका को सबै भन्दा अग्लो शिखर को नाम मेककिनल हो जसको उचाई ६,१९४ मिटर छ ।
९. एउटा अमेरिकन ले आफ्नो जीवनकाल भरि करिब ४६५ रुख बराबर कागज को प्रयोग गर्छ ।
१०. The Statue of Liberty इस्वी सवंत १८८४ मा फ्रान्स ले उपहार स्वरूप दिएको थियो ।
११. हवाई अमेरिका को सबै भन्दा कान्छो राज्य अर्थात नयाँ राज्य हो ।
१२. अमेरिका को सबै भन्दा बढी जना घनत्व न्युयोर्क मा छ र त्यसपछि को लस एन्जलस र तेस्रो मा सिकागो मा छ ।
१३. अमेरिका को मोटाना सहर मा मान्छे भन्दा ३ गुणा ज्यादा जनावर हरु रहेका छन् ।
१४. अमेरिका सबै भन्दा धेरै मोटोपन ले ग्रस्त देश हो । अमेरिका मा करिब ३३ प्रतिशत मानिसहरु मोटोपन को सिकार भएका छन् ।
१५. इस्वी संवत १९२४ सम्म युरोपियन बाहेक अरु देश को नागरिक लाई नागरिकता प्रदान गर्ने गरिएको थिएन ।
१६. अमेरिकि जल सेना विश्व को दोस्रो ठुलो जलसेना हो भने अमेरिकी हवाई सेना विश्व को पहिलो ठुलो हवाई सेना हो ।
१७. अमेरिका मा हरेक वर्ष करिब ५० लाख भन्दा बढी साइकल हरु यति कै प्रयोग नै नगरी फाल्दिन्छन् है ।
१८. अमेरिकन हरु आफ्नो आम्दानी को करिब १% भन्दा पनि कम बचत गर्दछन । सबै आम्दानी लाई छल युक्त लगानी मा लगाएका हुन्छन् वा खर्छ गरिसकेका हुन्छन ।
१९. अमेरिकन हरु १ वर्षमा करिब १ करोड ५० लाख Hot dog खान्छन ।
२०. अमेरिका विश्व मा सबै भन्दा बढी आइसक्रिम खाने देश हो ।
२१. अमेरिकन हरु हरेक वर्ष करिब ४ करोड २० लाख चेक साइन गर्दछन ।
२२. अमेरिकन हरु हरेक वर्ष करिब ५४- ५५ अर्ब डलर को जुवा खेल्छन ।
२३. अमेरिकन हरु आफ्नो जीवनकालमा ९०% समय घर/बिल्डिंग भित्र बिताउने गर्छन ।
२४. अमेरिकन हरु विश्व मा सबै भन्दा पहिलो नम्बर मा प्रदुषण फैलाउने देश मा पर्दछन ।
२५. प्रति ४५ सेकेन्ड मा अमेरिका को एउटा घरमा आगलागी को कारण जल्ने गर्दछ ।
२६. हरेक अमेरिकन हरु एक वर्ष भरि मा करिब ८ ब्याट्री प्रयोग गर्छन ।
२७. अमेरिकन हरेक वर्षमा करिब २५ लाख प्लास्टिक का बोतल फल्दिन्छन् ।
२८. अमेरिकन हरु हरेकदिन करिब १८ एकड बराबर को पिज्जा खान्छन ।
२९. अमेरिका मा कार चलाउन कम्ति मा १६ वर्ष पुरा भएको हुनु पर्दछ ।१८ वर्ष पुगे पछी मात्र हातहतियार किन्न र राख्न पाउछ अनि भोट गर्न पाउछ अनि २१ वर्ष पुगे पछी मात्र मादक पदार्थ किन्न पाउछ ।
३०. अमेरिका मा अझै पनि १८% मान्छे हरु ले सूर्य लाई पृथ्वी को वरिपरी घुम्छ भन्ने विश्वास राख्छन ।
३१. अमेरिका मा १ प्रतिशत मान्छे सँग अमेरिका को ३३ प्रतिशत सम्पति छ भने ५० प्रतिशत सँग जम्मा २.५ प्रतिशत मात्रै सम्पति छ ।
३२. अमेरिका मा बिहे गर्ने हरुमा ७ जोडी हरु मध्ये मा १ जोडी यस्तो पनि हुन्छ जसको बिहे अनलाईन बाट चिनजान अनि मित्रता बाट भएको हुन्छ ।
३३. अमेरिका मा हरेक महिला हरु को औसत् तौल ५० किलो छ ।
३४. इस्विसंवत १९१३ मा अमेरिका मा 10 लाख कार बिक्रि भएको थियो यो सबै भन्दा बढी कार बिक्रि भएको रेकर्ड हो ।
३५. प्रति एक घण्टा मा करिब ६०.००० मानिस हरु हवाईजहाज मा अमेरिका को आकाश भएर उड्ने गर्दछन ।
३६. विश्व को सबै भन्दा पहिलो टेलिफोन डाइरेक्टरी किताब इस्वी संवत इस्विसंवत १८७८ मा अमेरिका मा छापिएको थियो । यस किताब मा मात्र १ पेज थियो भने जम्मा ५० जना को नाम लिस्ट थियो ।
३७. अमेरिका मा हिन्दु सबै भन्दा बढी पढेको शिक्षित सम्प्रदाय मा पर्दछ ।
३८. अमेरिका मा लगभग २३ लाख हिन्दु छन् भने अरु धर्म को दाँजो मा हिन्दु सबै भन्दा धनि सम्प्रदाय मा पर्दछन ।
३९. अमेरिका मा करिब हरेक वर्षमा करिब ८०० भन्दा धेरै चक्रवात आउछन ।
४० अमेरिका मा सर्वप्रथम इस्वी संवत १७९४ मा सिक्का चल्ती मा ल्याईएको थियो र पहिलो सिक्क चांदी को बनाईएको थियो ।

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks