boy

जस्तो सुकै घमण्डी केटालाई पनि सजिलै पटयाउने सुत्रहरु जानी राखौँ

कुनै केटा मन परेको छ र उसँग नजिकिन सकिरहनु भएको छैन ?यदि यस्तो संकट सामना गरिहनु भएको छ भने चिन्ता नलिनिुस्,तपाईलाई मन परेको केटा केही उपाय प्रयोग गरेर लाइनमा आउन सक्छन्,तपाईलाई मन परेका केटा तपाईको माया जालमा छिट्टै पर्न सक्छन् ।तर त्यसका लागि तपाईले केही कुरामा विशेष चनाखो भने हुनैपर्छ :

१. नजिक हुने प्रयास गर्नुस् : तपाईलाई कुनै केटा असाध्यै मन परेको छ या तपाई उसलाई भित्रभित्रै दिलमा सजाइसक्नु भएर पनि उसको ध्यान तान्न सकिरहनु भएको छैन भने सुरुमा तपाईले केही सजगता जरुर अपनाउनु पर्ने हुन्छ । त्यसका लागि तपाईले पहिले त उसँग नजिक हुने प्रयास गर्नु पर्छ । उसका साथीहरुसँग नजिकिँदै उसँग नजिक हुने उपाय तपाईका लागि सबैभन्दा लाभदायक हुन सक्छ । उसँग उसका साथीमार्फत नजिकिनुस् र उसका आनीबानी थाहा पाउने प्रयास गर्नुस् ताकि उसका मन पर्ने र नपर्ने आनीबानीहरु तपाईले थाहा पाउन सक्नुहोस् । उसका आनीबानी थाहा पाइसकेपछि तपाईले यस्तो व्यहार मात्र उसका अगाडि देखाउनुहोस्,जुन उसले मन पराउँछ । यो पनि पढ्नुहोस श्रीमान्–श्रीमतीले खिचेको यौन भिडियो अर्कैले हात पारेपछि…

२.ग्रिन सिंग्नल दिनुहोस् : तपाईलाई मन परेको कुनै केटाको आनीबानी बुझिसक्नु भएको छ भने अब तपाइको काम भनेको उसलाई लाइन मार्नतिर केन्द्रीत हुनुपर्छ । त्यसैले अब ढिलानगर्नुहोस् तर पहिले उ तपाईप्रति सकारात्मक छ कि छैन भन्ने कुरा भने पहिल्याउनुस् । तर याद गर्नुहोस्,लाइन मार्दा सामान्य मर्यादा र अनुशासन भने ख्याल गर्नुहोस् । केटाहरु उपयोगितावादी हुने भएकाले तपाईको पर्फमेन्सबाट उनीहरुले तपाईसँगको सम्बन्ध निर्धारण गर्ने गर्छन् । त्यसैले तपाईले सधै उसँग श्लिल,विनम्र र मर्यादित ढंगले सम्बन्ध बढाउनुस् ताकि उसले तपाईलाई लामो समयसम्मकै लागि सोचेर सम्बन्ध बढाओस् ।

३.लजाउनुहोस् : लाजलाई केटीहरुको गहनाको रुपमा हेरिन्छ । जतिसुकै सभ्य र आधुनिक युगमा प्रबेश गरे पनि पुर्विय समाजका केटीहरु छाडा भएको कसैले पनि मन पराउँदैनन् । त्यसैले केटीहरुले सधैभरि यसमा ध्यान दिएर आफुलाई लाइन मार्ने कार्यमा क्रियाशिल गराउनु राम्रो हुन्छ । यो पनि पढ्नुहोस आफ्नै बुहारी राम्री देखेर थाम्न नसकेर ससुरा जाइलागेपछी त्यसैले कुनै केटाको ध्यान आफुतिर तान्न चाहानुहुन्छ भने सबैभन्दा पहिले हेराइमा ध्यान दिनुहोस् । उसलाई बारबार लजाएर हेर्नुहोस् ।उसले तपाईको हेराईबाटै थाहा पाओस् कि तपाई उसलाई चाहिरहनु भएको छ । तर हेर्दा यसरी हेर्नुस् कि केटाको मनमा पनि तपाई प्रति कौतुहुलता जागेर आसोस् । पट्क–पट्क हेर्ने र हल्का लजाएजस्तो गर्न भने नभुल्नुस् ।

४. ड्रेसअपमा ध्यान दिनुहोस् : मानिसलाई आकर्षण गर्ने अर्को तरिका भने लवाई वा ड्रसअप नै हो । लवाइले मानिसमा थप आकर्षक बनाउन सहयोग पुर्याउने भएकाले आफ्नो लवाईमा सधै सचेत हुनुहोस् । तर तपाईले आफ्ना लवाईमा भने यो विचार पुर्याउनुहोस् कि उसले कस्तो कपडा लगाउँदा तपाईप्रति उ आकर्षित हुन्छ । तर धेरै भद्दा र खुलेको कपडा भने नलगाउनुहोस् किनकी त्यस्ता कपडा लगाउनेप्रतिको केटाहरुको दृष्टिकोण निकै नै नकारात्मक हुन्छ ।

५.बोलीमा मिठासता देखाउनुहोस् : मन परेको केटाको छेउछाउ भएको बेला आफ्नो बोलीमा मा ध्यान दिनुहोस् । मिठो र मसिनो स्वर बोलेर केटालाई आकर्षित गर्ने, बोल्दा प्रयोग हुने शब्द र उच्चारणमा पनि सतर्कता अपनाउनुहोस् ताकि तपाईको जालबाट उ उम्किन नसकोस् । यो पनि पढ्नुहोस किन बग्छ युवतीको योनीबाट सेतो चिप्लो पानी ?

६. केटाको हेरचाह गर्नुहोस् : केटासँग नजिकिने अर्को सजिलो तरिका हो,उसलाई लगातार हेरचाह गरिहनु ।त्यसैले उ सलाई कुनै समस्या पर्दा,उ अनुपस्थित हुँदा या विरामी पर्दा उसँग यसबारे बुझ्नुहोस । जसले तपाई र उबीचको भावनात्मक सम्बन्ध थप झागिएर जान्छ ।

७.समस्यामा सहयोग गर्न नहिच्किचाउनुस् : कुनै पनि मानिससँग सम्बन्ध निर्माण गर्नका लागि उसको विपत्तिको या दुःखको घडी निकै नै फलदायी मानिन्छ । यो तथ्य बुझेका धेरै मान्छेहरु मन परेका मान्छेहरुसँग सम्बन्ध निर्माण गर्न चुक्दैनन्,त्यसको उपयोग गर्छन् र सम्बन्ध बनाउँछन् । त्यसैले तपाई पनि आफुलाई मन परेको केटा साथीलाई परेको समस्यामा सहयोगीको भुमिकामा देखिनुहोस्,जसले तपाईको चाहना भरथेग गर्न मद्दत पुग्नेछ ।

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks