जग्गा भनेको जीवनमा एकचोटी मात्र किन्न सकिन्छ । यदि जग्गा किनेर बेचिहाल्ने हो भने पनि उपयुक्तजग्गा नै हुनुपर्छ । यदि जग्गा किनेर घर बनाएर बस्ने हो भने त झन धेरै कुरामा विचार पु¥याएर मात्रकिन्नु उपयुक्त हुन्छ ।
-काठमाडौंको हिसाबले हेर्दा जग्गा पू र्व, दक्षिण मोहडा भाको उपयुक्त हुन्छ ।
-जग्गामा घाम, पानीको राम्रो व्यवस्था हुनु आवश्यक छ ।
-जग्गा सम्म पुग्ने बाटो कति फिटको छ । मोटरसाइकल तथा गाडी जान्छ कि जादैन विचारपु¥याएर मात्र छनौट गर्नु पर्छ ।
-वास्तुशास्त्र अनुसारको जग्गा छ कि छैन त्यो कुरामा पनि विचार पु¥याउनु पर्छ ।
-सेवा र सुविधाको हिसाबले उपयुक्त जग्गा हो कि होइन त्यो कुरामा पनि विचार पु¥याउनु पर्छ ।जस्तैः– ढल, विजुली, यातायाल, स्कुल, अस्पताल आदि ।
-जग्गाको लोकेशन पनि ठीक ठाउँमा छ कि छैन । त्यो कुरामा पनि विचार पु¥याउनु पर्छ ।
-भीर पहिरो वा नदी कटानले असर नहुने खालको जग्गा हुनुपर्छ ।
-जग्गाको तिरो तिरेको छ कि छैन । जग्गा रैकर अथवा गुठी कुनको हो त्यो पनि हेर्नु पर्छ । जग्गामामोहीको हक छ कि छैन त्यो कुरामा पनि विचार पु¥याएर मात्र जग्गा खरिद गर्न ुपर्छ ।
-नक्सा र भोग समान छ छैन जाँच्नुपर्छ । मुद्दा मामिला रोक्का भएको जग्गा लिनु हुदैन ।
उच्च विद्युत चाँप प्रसारण रेखा भन्दा १०-१५ मिटर टाढा जग्गा हुनुपर्दछ ।माथि उल्लेखित सबै कुरामा विचार पु¥याएर घरजग्गा खरिद गर्ने हो भने हामीले भविष्यमा पछुताउनु पर्दै न। नत्र दुःख गरी कमाएको सम्पति र भविष्यको लागी जोडेको घरजग्गा व्यर्थ हुन्छ । त्यसैले समयमै सचेतभई हरेक कुराको सोध, खोज र अनुसन्धान गरी समय लगाएरै घरजग्गा किनेमा आफू र आफ्नो सन्ततीको लागी जीवनभर खुशीको बहार ल्याउन सकिन्छ र भविष्यमा आफू ले गरेको लगानी ठीक ठाउँमा रहेछ भनीखुसी र आनन्दमा रमाउन सकिन्छ ।
http://www.malpotkhabar.com
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks