छालाका लागि डे–क्रिम र नाइट क्रिम

छालामा चाउरीपना देखिनु भनेको सौन्दर्यमा ह्रास आउनु हो ।  हरेक सौन्दर्यसचेत व्यक्ति चाहे उमेर बढी भएको होस् या उमेरअगाडि नै, यो एउटा ठूलो समस्या नै हो । तर यो समस्या कम गर्न भने हामीले छालाको हेरचाह गर्नु आवश्यक छ ।
अहिलेको वातावरणको नकारात्मक असरबाट आफ्नो सुन्दरता जोगाएर राख्न अर्थात चाउरीपना हटाउन, त्यसलाई चम्किलो एवं मुलायम राख्न छालाको राम्रो स्याहार गर्नुपर्छ । यसका लागि डे एवम् नाइट क्रिमको प्रयोग गर्न सकिन्छ । यसको प्रयोगले छालासम्बन्धी अनेक प्रकारका दाग धब्बा वा छिटो चाउरीपनलाई कम गर्छ । विभिन्न कस्मेटिक कम्पनीले गरेको सर्वेक्षणअनुसार नियमित रुपले डे र नाइट क्रिम लगाउनेको उमेर नलगाउनेको तुलनामा ५–७ वर्ष कम देखिन्छ ।
डे–क्रिम

वातावरणमा भइरहेको परिवर्तनका कारण हामीले डे–क्रिम अनिवार्य प्रयोग गर्नुपर्ने हुन्छ । विशेष गरेर २९ वर्षमाथिका मानिसलाई अनिवार्य छ । धेरैजसो डे–क्रिम, क्लिन्जिङ, टोनिङ, मोस्चराइजर गरिसकेपछि प्रयोग गर्नुपर्छ । यसमा विशेषगरी छालालाई चाहिने मोस्चराइजिङ प्रोटेक्टिङ (यूभीए,यूभीबी) हुन्छ । यसले दिनभर हुने सनबर्न (सूर्यको किरणबाट आउने परावैजनी किरण) अथवा बाहिरी प्रदुषण धुलो, धुवाँ, मैलो आदि हाम्रो छालको छिद्रभित्र पस्न दिँदैन । त्यसले हाम्रो अनुहारमा हुनसक्ने सनबर्नबाट हुने दाग या धब्बा रोक्ने काम गर्छ ।

Learn English - Dew Meaning in English to Nepali below

See more on youtube channel English to Nepali https://www.youtube.com/channel/UCGY-zO8qA-mqbOnYZYKoVGw/videos

यसबाहेक हामीले प्रयोग गरेको फाउण्डेसन, कम्प्याक्ट पाउडरले गर्ने नोक्सानीबाट पनि बचाउने काम गर्छ । त्यसैले मेकअप गर्नुअघि यो क्रिम प्रयोग गर्नुपर्छ । कम्पनीहरुले यो क्रिम तैलिय र सुख्खा दुवै छालाको लागि बनाएका हुन्छन् । तैलीय छालाको लागि अयल फ्रि र सुख्खा छालाको लागि मोस्चराइजर भएको क्रिम प्रयोग गर्नुपर्छ । डे–क्रिम आजभोलि विशेष गरेर सनबर्नका लागि विशेष फर्मुलामा बनाइएको हुन्छ । यसमा प्रोटिन पनि पाइन्छ । हेर्दा कुनै परिवर्तन नदेखिएपनि यसले छालालाई छाताको काम गरिरहेको हुन्छ । डे–क्रिम प्रयोग गर्दा विशेष गरेर प्रोभिटामिन, बी फाइब, एसपिएफ फो, यूभीए, यूभीबी भएको हुनुपर्छ ।
नाइट क्रिम

नाइट क्रिमको काम छालालाई ताजगी प्रदान गर्नु हो । दिउँसोको प्रदुषित वातावरणले हाम्रो छालामा भएको पानीको मात्रालाई कम गर्छ । यसले छाला चाउरी पर्ने तथा घामबाट डढ्ने गर्छ । त्यसैले राति सुत्ने बेला क्लिन्जिङ र टोनिङ गरिसकेपछि नाइटक्रिम लगाउनुपर्छ । यो लगाउँदा अनुहार, घाँटीमा हातले बिस्तारै सुमसुम्याउँदै मसाज गर्दै सम्पूर्ण भागमा फैलाउनुपर्छ । यसले छालालाई ताजगी र पुनर्जीवन दिन मद्दत गर्छ ।

साथै यसको प्रयोगले छालाको प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ र छालालाई मुलायम तथा सफा राख्न मद्दत गर्छ । यसले बिहान उठ्दा तपाईंको अनुहार ताजा र सुन्दर बन्नुका साथै रिङ्कल पनि बढ्न पाउँदैन । विशेषगरी सुख्खा छाला हुनेले त झन् यो रिङ्कल र नाइट क्रिममा विशेषगरी भिटामिन ए, भिटामिन ई, सोयोलिन, वेट ग्रिम अएल समावेश भएको नाइट क्रिम लगाउनु राम्रो मानिन्छ ।