च्यान्द्लर (Chandler)ओखरको ब्यबसायिक खेती

च्यान्द्लर (Chandler)ओखरको ब्यबसायिक खेती

सन् १९६९ (1979) , युनिभर्सिटी अफ क्यालिफोर्नियामा (University of California ) च्यान्द्लर (Chandler) जातको ओखरको बिकास भएको थियो । यस जातको बिकास प्रोफेसर ड्ब्लु. एच . च्यान्द्लर (W.H. Chandler) ले गरेका थिए । अहिले संसारभरी ब्यबसायिक ओखर खेति गर्दा च्यान्द्लर जात धेरै नै लोकप्रिय छ । यस जातको ओखरको दाना उच्चस्तर हुनुका साथै हलुका र गुदी प्रसस्त मात्रामा रहेको हुन्छ ।

🌳खेति प्रबिधि

समुन्द्र सतहबाट 1200 मीटर माथि यसको कलमी गरेको बिरुवा लगाउदा चाडै फल दिने हुनाले ब्यबसायिक खेतिमा नर्सरीमा कलमी गरेको बिरुवा लगाउने गरिन्छ । 10 वटा च्यान्द्लर (Chandler) लगाउदा, एउटा फ्रायन्कुते (Franquette) जातको ओखरको बिरुवा लगाइन्छ।यसले गर्दा परागसेचन राम्रो भइ उत्पादन बढ्छ । 5-6 मिटर लम्बाइ फरक र 4 मीटर चौडाईमा यसको बिरुवा रोपनुपर्ने हुन्छ । खाल्टो 2 फीट गोलाई र 3 फीट गहिरो खन्नु पर्ने हुन्छ ।पुरानो कुहिएको कम्पोस्ट मल र माटो बराबर मिसाएर खाल्डो भर्नु पर्छ। यो लगाएको 1-२ वर्ष नै फल्छ।४०० देखी १५०० घण्टा चिलिङ्ग राम्रो हुन्छ।एक रोपनी मा १५ देखी २० बिरुवा लगाउँन सकिन्छ ।पि. एच. लेभल 5.5 PH – 7.5 PH राम्रो हुन्छ। प्रत्यक बिरुवामा 115 ग्राम एन् पि के (NPK)बर्षको २ चोटी 6-6 महिनमा दिनु पर्छ।एक बर्षमा 15 देखी 20 किलो मल दिनु पर्छ ।

Nepali typing

यसको पातअरु जातको ओखर भन्दा पछि पलाउने भएकोले यसमा चिसो सहने शक्ती र रोगसंग लड्ने क्षमता बढी हुन्छ । यसको दाना ठुलो र उच्चगुणस्तरको हुन्छ ।यो मिठो स्वादको हुन्छ । यस साइज प्राय 32-36 mm हुन्छ र तौल 6.5 ग्रामको हुन्छ ।सेम्टेम्बर र ओक्टोबर महिनामा एसको फल टिपने गरिन्छ ।लगाएको 1-२ वर्षमै फल्ने यस जातको ओखरले 70-80 बर्ष सम्म फल दिन्छ।

🌳 बजार

१-२ बर्ष रुख हुर्काए पछी दुख गर्नु नपर्ने राम्रो ओखरको होलसेल मुल्य बिश्व बजारमा रु 700 छ । उत्पादन पछी ओखरलाई राम्रो सँग १ बर्ष स्टोर गर्न सकिन्छ,त्यसैले बजार नपाउने समस्या हुँदैन ।

🌳ब्यबसायिक ओखर खेति गर्दा उत्पादन र आय दर (1 बोट )

वर्ष ||||||| अधिकतम उत्पादन ||||| न्युनतम उत्पादन
3 —————6 kg —————4 kg
4 —————9 kg————— 5 kg
5 ————— 12 kg ————— 7 kg
6 ————— 14 kg ————— 10 kg
7 ————— 17 kg ————— 13 kg
8 ————— 20 kg ————— 15 kg
9 ————— 23 kg ————— 18 kg
10 ————-27 kg ————— 24 kg
11 ————- 30 kg ————— 25 kg
12+ ————35 kg ————— 27 kg
60+ ————35 kg ————— 27 kg

❇️होलसेल मूल्य : रु 700 प्रति केजी
100 बोट लगाउदा न्युनतम कमाइ (Gross Income)
3 वर्ष – 4 kg – Rs. 2,80,000
6 वर्ष – 10 kg – Rs. 7,00,000
9 वर्ष – 18 kg – Rs. 12,60,000
12 वर्ष – 27 kg – Rs. 18,90,000 ……

FOUND POST ON FACEBOOK BY
एग्रो मार्ट प्रा. लि. (𝑨𝒈𝒓𝒐𝒎𝒂𝒓𝒕 𝑷𝒗𝒕.𝑳𝒕𝒅.)
📞 01-4418921 ,📞9866072127),📞9808511981
काठमाडौं : चप्पल कारखाना चोक , महाराजगन्ज

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks