एजेन्सी, उत्तरी छिमेकी मित्र चीन जनसंख्याको हिसाबले सबैभन्दा अगाडी र शक्तिशाली देखिँइदै आएको छ। चीन संस्कृतिमा पनि त्यतिकै धनी देश मानिन्छ। तर चीनसँग जोडिएका केही रहस्यहरु विश्वका धेरैलाई थाहा नहुन सक्छ। यसकारण चीनसँग जोडिएका केही रोचक रहस्यहरु यस प्रकार रहेका छन्।
१. चीन संसारकै सबैभन्दा धेरै सैन्य शक्ति भएको देश हो। यहाँ करी २३ लाख सेना रहेका छन्। उनीहरुलाई जहिले पनि तालिम दिँदा उनीहरुको पोशाकमा पिन लगाइदिने गर्दछन्। यसले उनीहरुले आफ्नो घाँटी माथि राखि रहून भन्ने आशले गरेको हो।
२. चीनमा अमेरिकाभन्दा धेरै अंग्रेजी बोल्ने मानिसको संख्या रहेको छ।
३. विकासको बाटोमा चीन सबैभन्दा तीव्र गतिमा अगाडि बढिरहेको छ। सन् २०२५ सम्म न्यूयोर्क जस्तो १० वटा शहर चीनमा बनिसक्नेछन्।
४. चीनमा मानिससँग यति धेरै मोबाइलफोन छ की त्यसको कुनै गन्ती नै छैन। यसको संख्या अमेरिकाको जनसंख्याभन्दा धेरै रहेको छ।
५. चीनको हावामा यति धेरै प्रदूषण फैलिएको छ की बेइजिङ शहरमा तपाई एक दिन पनि बस्नुभयो भने २१ चुरोटको धुँवा लिए बराबरको शरीरमा प्रदूषण मिसिन्छ।
६. चीनको बस्ती यति धेरै फैलिइसकेको छ की त्यहाँका तीन करोड मानिसहरु गुफा जस्तो घरमा बस्ने गर्दछन्।
७. चीनमा भीषण ट्राफिक जामको हुने गर्दछ। सन् २०१०मा चीनको संघाई शहरमा सय किलोमिटर लामो ट्राफिक जाम १२ दिनसम्म कायम रहेको थियो।
८. चीनमा एउटा युवकले मात्र एउटा आइप्याड किन्नको लागि आफ्नो मृगौला बेचिदिएका थिए।
९. चीनमा मानिस चुरोटको यति सौखिन छ की प्रत्येक सेकेण्डमा ५० हजार चुरोट पिउने गर्दछ।
१०. सन् २०११ तथा १३ को बीचमा चीनमा यति धेरै सिमेन्टको प्रयोग गरियो की अमेरिकाले पुरै २० औशताब्दीमा प्रयोग गरेका थिएन्।
११ .एउटा अनुसन्धान अनुसार चीनमा सुँगुरको संख्या विश्वको जनसंख्याभन्दा आधी रहेको छ।
१२. धर्मप्रति चीनका मानिस धेरै ने सचेत र लगाव राख्ने गर्दछन। युरोपमा जति मानिसहरु चर्च जान्छन् त्यो भन्दा धेरै मानिसहरु चीनमा आइतबार चर्चमा जाने गर्दछन्।
१३. चीनले १४ सय वर्ष पहिले नै कागजको पैसा प्रचलनमा ल्याएको थियो।
१४. चीनले सन् २००९ देखि विश्व चर्चित सामाजिक सञ्जाल फेसबुक तथा न्यूयोर्क टाइम्स औपचारिक रुपमा प्रतिबन्ध लगायो।
१५. चीनमा आत्महत्याका घटनाहरु यति धेरै बढेर गएको छ की नदीबाट लास निकाल्नको लागि जागिरको आवेदन खुल्ला गरिन्छ।
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks