चाणक्यले बलिरहेको बत्ति निभाएर अर्को बत्ति बाले

सम्राट चन्द्रगुप्तको शासन त्यसबेला चरम सिमामा पुगेको थियो । यसको एक मात्र कारण महामन्त्री चाणक्यको कुशल शासन व्यवस्थाका थियो । त्यस बेला चिनियाँ यात्रीहरु चन्द्रगुप्तको राज्यमा आउने जाने गर्थे । उनीहरु चाणक्यलाई भेट्न निकै लालाहित हुन्थे ।
तिनै यात्रीहरु मध्ये ह्वेनसाङ नामका एक चिनियाँ यात्री चाणक्य बसेको कुनै एकान्त कुटिमा पुगे । उनको कुटी निकै साधारण थियो ।
त्यसबेला चाणक्य भने टुकी बालेर एकाग्रपूर्वक केही लेखिरहेका थिए । ह्वेनसाङ पुगिसकेपछि पनि चाणक्य केही लेखि नै रहे । ह्वेनसाङ भने चुपचाप उनले लेखेको हेरिरहे ।
केही क्षणपछि चाणक्यले आफ्नो काम सकेर पाहुनालाई स्वागत गरे । उनलाई स्वागत गर्दागर्दै चाणक्यले बलिरहेको बत्ति निभाएर अर्को बत्ति बाले । त्यो देखेर ह्वेनसाङ आश्चर्य मान्दै हेरिरहे ।
बत्तीको मन्द प्रकाशमा अब चाणक्यले कुरा गर्न थाले,‘भन्नुस् तपाईलाई कस्तो लाग्यो हाम्रो देश ? चाणक्यको प्रश्न सुनेर ह्वेनसाङले मुक्कुराउँदै जवाफदिए ‘राम्रो, अन्यन्तै भव्य लाग्यो तपाईको देश ।’
दुई जना विभिन्न विषयमा कुरा गरिरहे । तर ह्वेनसाङलार्ई भने मनमा लागि रह्यो, ‘किन त्यो बत्ति निभाएर यो बत्ती बाल्यो होला ? अन्तमा चाणक्यलाई उनले सोधे,‘तपाई अघि म आउँनु भन्दा अगाडि अर्कै बत्ति बालेर लेखिरहनु भएको थियो । म आएपछि तपाईले त्यो बत्ती निधाएर यो बत्ती बाल्नु भयो किन ?
ह्वेनसाङको कुरा सुनेर चाणक्यले मुस्कुराउँदै जवाफ दिए, ‘मित्र, तपाईको प्रश्नको जवाफ एकदमै साधारण छ । तपाई आउनु भन्दा अगाडि म देशको शासन सम्बन्धि काम गरिरहेको थिएँ । राज्यको काम गर्न मैले राज्यकोषको बत्ति बालेँ । त्यो बत्तीको खर्च राज्यकोषबाट हुन्छ । त्यसपछि तपाई आउँनु भयो । तपाईसँग भेटघाट कुराकानी गर्नु मेरो निजी काम हो । त्यसकारण मैले राज्यकोषको दुरुपयोग नहोस् भनेर आफ्नै खर्चको बत्ती बालेँ ।’
चाणक्यको कुरा सुनेर ह्वेनसाङ दंग परे ।
– खबरडबली बाट