चर्चित भारतीय धनाढ्य अम्बानीको ड्राइभरको तलब मासिक ३ लाख

भारतीय धनाढ्य मुकेश अम्बानी भारतका मात्रै होइनन् विश्वमै धनी व्यक्तिहरु मध्येमा पर्छन्।अम्बानी विश्वका २० धनाढ्यहरुको सूची भित्र पर्छन्।

अम्बानीको घर विश्वमै चर्चित र महँगो घर हो। आलिसान महलमा ५०० भन्दा धेरै गाडिहरु रहेका छन्।घरको छतमा हेलिकप्टर ल्याण्ड गर्न सक्छ।

Learn English - Dew Meaning in English to Nepali below

अम्बानीको घरमा हरेक किसिमका सुविधारहरु रहेको हुनाले यसलाई मानिसहरु स्वर्ग समेत भन्ने गरेका छन्।

अम्बानीकी श्रीमतीको निता अम्बानीको पनि उत्तिकै चर्चा हुने गर्छ। निताले पिउने एक कप जापानीज चियाको लाखौँ मूल्य पर्छ भने उनी एकचोटि लगाएको जुत्ता फेरी लगाउँदिनन्।

मुकेश अम्बानीको सुरक्षा चुनौती पनि उत्तिकै रहेको छ। उनका बडिगार्ड,ड्राइभर र घरमा काम गर्ने मानिसहरु विश्वासीला र बिशेष कम्पनी मार्फत मात्रै नियुक्त गरिने गरिन्छ।

अम्बानीको ड्राइभरको लागी परिक्षणहरु गरिन्छ। कम्पनीले उक्त ड्राइभरलाई पूर्ण प्रशिक्षणपछि मात्र उनलाई अम्बानीको ड्राइभर नियुक्त गरिन्छ।

सामान्य: ड्राइभरको तलब धेरैलाई थाहै होला, कति भनेर ? तर अम्बानी विश्वकै धनी मध्येका एकको तलबको बारेमा थाहाँ नहुन पनि सक्छ। अम्बानीको खास ड्राइभरले महिनाको २ लाख भारु भन्दा धेरै तलब पाउँछन् र त्यसबाहेक अन्य सुविधा र टिप्स अलग्गै छ।उनको मासिक तलब नेपालीमा हिसाब गर्दा तिन लाख भन्दा धेरै  हुन आउछ।

paanakhabar

https://www.youtube.com/watch?v=G4RDZj2PR-M