घाँटीको समस्यामा हट नेक प्याक

प्राकृतिक चिकित्सामा जलचिकित्साअन्तर्गत पर्ने एक सरल तथा महत्वपूर्ण उपचार विधि हो, घाँटीको तातो पट्टी । यो उपचार विधिका लागि ४ इन्च चौडाइ र १.५ मिटर लम्बाइ भएको सेतो बाक्लो सुती कपडा आवश्यक पर्छ । त्यस्तै, ६ इन्च चौडाइ र १.५ मिटर नै लम्बाइ भएको उलन कपडा पनि चाहिन्छ । सेतो सुती कपडालाई ४० डिग्री सेन्टिगे्रडदेखि ४५ डिग्री सेन्टिगे्रड तापक्रमको तातो पानी भिजाएर राख्ने । त्यसपछि राम्रोसँग निचोरेर घाँटीमा बेर्ने । त्यसपछि उलनको कपडाले बाहिरबाट बेरेर घाँटीकोे चिसो पट्टी उपचार गरिन्छ ।

Nepali typing

विधि
घाँटीको १ सेट पट्टी लिने । पहिले सेतो सुतीको कपडा तातो पानीमा भिजाउने । त्यसलाई राम्रोसँग निचोरेर फनफनी घाँटीमा बेर्ने र बाहिरबाट उलन कपडाले बर्ने । त्यसपछि बिरामीलाई आरामसाथ बस्न दिने ।

तातो पट्टीलाई सामान्तया २० मिनेटसम्म राख्न सकिन्छ ।

घाँटीको पट्टी लिनका लागि सामान्ततया खाली पेट उत्तम मानिन्छ । यदि खाना खाइसकेको छ भने चार घन्टापछि मात्र दिनु उपयुक्त हुन्छ ।

तोकिएको समय पूरा भएपछि पट्टी बिस्तारै खोलिदिने र बिरामीलाई हिँडडुल गर्न वा योगासन तथा प्राणयाम गर्न लगाउने ।

फाइदा
रुघाखोकी लागिरहने समस्यामा घाँटीको तातो पट्टी धेरै फाइदाजनक छ ।

दम तथा श्वासप्रश्वाससम्बन्धी रोगहरूमा पनि फाइदाजनक छ ।

टन्सिलले धेरै सताउनेलाई पनि कम गराउँछ ।

घाँटी पोल्ने तथा कफ आइरहने समस्यामा अत्यन्त फाइदाजनक छ ।

घुर्ने समस्यालाई निको पार्न मद्दत गर्छ ।

गर्दन दुख्ने समस्याका लागि अत्यन्त फाइदाजनक छ ।

सावधानी
यो उपचार लिन खाली पेट वा खाना खाएको चार घन्टा हुनुपर्छ ।

यो उपचारमा प्रयोग हुने पट्टी सफासँग धोएको हुनुपर्छ । एउटालाई प्रयोग गरेपछि सफासँग धोएर मात्र अर्कोलाई प्रयोग गर्नुपर्छ ।

पट्टीलाई तातो पानीमा भिजाएर छिटोभन्दा छिटो निचोरेर घाँटी बेर्नुपर्छ । सँगसँगै बाहिरबाट उलन कपडाले ढाक्नुपर्छ ।

उपचारको समयमा कुनै पनि खाने कुरा खानु हुँदैन ।

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks