सरकारले एस्बेष्ट्स् (निर्माण सामाग्रीमा हुने हानिकारक तत्व) भएको निर्माण सामाग्रीमाथि कडाइका साथ रोक लगाउने भएको छ ।
नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभागले एस्वेष्ट्स् भएको सिमेन्ट वोर्ड र प्रिफयाव बोर्डलाई आयत हुनबाट रोक लगाएको हो ।
विभागले एस्वेष्ट्स् नभएको प्रिफयाब बोर्ड, सिमेन्ट वोर्ड, रुफिङ सिटलाई मात्रै आयत गर्न दिने भएको हो । यसकाब लागि विभागले सबै भन्सार कार्यालयहरुलाई परीक्षण पश्चात मात्रै भित्राउन निर्देशन दिएको छ ।
प्रयोगशाला परीक्षण गरेर मात्रै जाँंचपास गर्न विभागले देशभरका भन्सार कार्यालयहरुलाई निर्देशन दिएको हो । भन्सार विभागका महानिर्देशक रामशरण चिमोरियाले एस्बेष्ट्स भएको निर्माण सामाग्रीका कारण स्वास्थ्यलाई पुयाउन सक्ने हानी नोक्सानीलाई ध्यान दिएर सवै भन्सार कार्यालयहरुलाई निर्देशन जारी भइसकेको जनाए ।
विभागका सूचना अधिकारी कुलराज ज्ञवालीले भारतलगायतका देशहरुबाट एस्बेष्ट्स् भएको निर्माण सामाग्री भित्रिने गरेका कारण त्यसमाथि नियन्त्रण जमाउन यसो गरिएको जनाए ।
एस्बेष्ट्स् भन्नाले निर्माण सामाग्रीमा हुने क्यान्सरसम्म हुनसक्ने डरलाग्दो खनिज पदार्थ हो । सिमेन्ट वोर्डलगायत रुफिग वोर्ड बनाउँंदा प्रयोग हुने यो एक प्रकारको आँखाले नदेखिने फाइबर हो ।
दशकौदेखि युरोपलगायत विकशित मुलुकहरुमा क्यान्सरजस्ता रोग निम्त्याउने खतरा भएको भन्दै यसलाई प्रतिवन्ध लगाइएको छ । अमेरिकामा तीसवर्ष अगाडि नै एस्बेष्ट्स्लाई प्रतिवन्ध लगाए पनि अहिले पनि क्यान्सर रोगको मुख्य कारण एस्बेष्ट्स् रहेको अमेरिकास्थित एस्वेट्स् रोग सचेतना संगठनले जनाएको छ ।
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks