घरजग्गा किनबेच गर्दा ध्यान दिनुपर्ने विषय

अधिकांश मानिसको सपना हुन्छ, आफ्नै घरजग्गा, गाडी र प्रशस्त बैङ्क ब्यालेन्स । यही सपना साकार पार्न मानिस दिनरात, घामपानी र हुरीबतास नभनी मेहनत गरिरहन्छ । तर, यसरी दुःख गरी कमाएको धनसम्पत्तिको विषयमा किचलो भएमा तनाव उत्पन्न हुन्छ । घर जीवनमा धेरैचोटी खरीद गरिँदैन । त्यसैले, घर खरीद गर्दा विभिन्न पक्षमा ध्यान दिनुपर्छ :

Nepali typing

– घर कहिले बनेको हो, त्यसको निर्माणमा केकस्ता सामग्रीको प्रयोग गरिएको छ, पिलर सिष्टमको हो वा होइन आदि विषयमा घरधनीलाई नै भेटेर जानकारी लिनुपर्छ ।

– घर भूकम्प प्रतिरोधात्मक छ कि छैन, कति रेक्टर स्केलसम्मको भूकम्प थेग्न सक्छ भन्नेमा विचार पुर्‍याएर घर खरीद गर्नु राम्रो हुन्छ ।

– घर खरीद गर्दा अवस्थिति (लोकेशन)मा पनि विचार पुर्‍याउनुपर्छ । आफ्नै कित्तामा बनेको र वरिपरि पर्याप्त जग्गा छ÷छैन हेर्नुपर्छ ।

– सेवासुविधाको हिसाबले कस्तो छ, पार्किङ, बत्ती, पानी, ढल आदिको व्यवस्था भए÷नभएकोमा पनि ध्यान दिनुपर्छ ।

– वास्तुशास्त्रअनुसार जग्गाको लोकेशन तथा सोहीअनुरूप घर बने÷नबनेकोबारे बुझेर मात्र घर खरीद गर्नुपर्छ ।

– घरको मोहडा काठमाडौँमा पूर्व, दक्षिण हुनु राम्रो हुन्छ । साथै, घाम–पानीको सुबिधाका लागि पनि पूर्व वा दक्षिण फर्केको घर उपयुक्त हुन्छ ।

– कति फीटको बाटोमा घर बनेको छ, घरसम्म ट्याक्सी, कार, बस, मोटरसाइकल आदि जान्छ कि जाँदैन, त्यसमा पनि ध्यान दिनुपर्छ ।

– सार्वजनिक सेवासुविधाका दृष्टिले घर भएको ठाउँ कत्तिको महत्वपूर्ण छ । त्यसमा पनि विचार पुर्‍याउनुपर्छ । जस्तै– यातायात, विद्यालय, अस्पताल, बजार, बैङ्क तथा वित्तीय संस्था र सुरक्षाको सुविधाका विषयमा विचार पुर्‍याएर घर खरीद गर्नुपर्छ ।

– घर क्षेत्रको समाजमा कस्ता किसिमका मानिस बसोवास गर्छन्, उक्त समाजमा आपूm घुलमिल हुन सक्छु कि सक्दिनँ अर्थात् त्यस किसिमको समाज मेरा लागि उपयुक्त छ/छैन जस्ता कुरामा पनि ध्यान दिनुपर्छ ।

– शान्त तथा सफासुग्घरको वातावरण छ कि छैन । गाडी, कलकारखाना तथा अन्य मेशिनरी सामान चलाउँदाको आवाज र मान्छेको होहल्ला हुन्छ कि हँुदैन भन्ने जस्ता विविध पक्षमा विचार गर्नुपर्छ । त्यसैले, शान्त तथा हरियाली वातावरणमा अवस्थित घर छान्नु उपयुक्त हुन्छ ।

– घरको कर तिरेको छ कि छैन, जग्गा रैकर हो वा गुठीको, घरजग्गामा मोहीको स्वामित्व छ÷छैन आदिबारे पनि बुझ्नुपर्छ ।

– घरवरपर खुला ठाउँ छ कि छैन त्यसमा पनि ध्यान दिनुपर्छ । भूकम्प आउँदा भाग्नका लागि खुला ठाउँ हुनु पनि आवश्यक छ ।

– वर्तमान नगर वा ग्रामीण योजनाले पार्ने असर पनि हेर्नुपर्छ । कुन प्रयोजनका लागि घर लिने हो, सो प्रयोजन गर्न पाइने हो÷होइन भन्नेबारे अध्ययन गर्नुपर्छ ।

जग्गा खरीद गर्दा ध्यान दिनुपर्ने कुरा
घरजस्तै जग्गा पनि जीवनमा एकचोटी नै खरीद गरिन्छ । जग्गा खरीद गरेर विक्री गरिहाल्ने हो भने पनि उपयुक्त जग्गा नै खरिद गर्नुपर्छ । जग्गा किनेर घर बनाएर बस्ने हो भने त झन् धेरै पक्षमा विचार पुर्‍याउनुपर्ने हुन्छ :

– काठमाडौं उपत्यकाको अवस्थितिको हिसाबले जग्गा पूर्व वा दक्षिण मोहडा भएको उपयुक्त हुन्छ । जग्गामा घाम, पानीको राम्रो व्यवस्था हुनु आवश्यक छ ।

– जग्गासम्म पुग्ने बाटो कति फीटको छ । मोटरसाइकल, कारलगायत सवारीसाधन जान्छ कि जाँदैन आदिबारे जानकारी लिएर मात्र जग्गा छनोट गर्नुपर्छ । त्यस्तै, वास्तुशास्त्रअनुसारको जग्गा छ कि छैन भन्नेमा पनि विचार पुर्‍याउनुपर्छ ।

– सेवासुविधाको हिसाबले उपयुक्त जग्गा हो कि होइन, त्यसबारे पनि जान्नुपर्छ । उदाहरणका लागि ढल, पानी, बिजुली, यातायात, विद्यालय, अस्पताल, बैङ्क आदि ।

– जग्गाको लोकेशन पनि ठीक ठाउँमा हुनुपर्छ । भीर–पहिरो वा नदी कटानले असर नगर्ने खालको जग्गा हुनुपर्छ ।

– जग्गाको कर तिरेको छ कि छैन, जग्गा रैकर अथवा गुठी कुनको हो, त्यो पनि थाहा पाउनुपर्छ । जग्गामा मोहीको हक छ कि छैन भन्नेमा पनि विचार पुर्‍याएर मात्र जग्गा खरीद गर्नुपर्छ ।

– नक्सा र भोग समान छ छैन जाँच्नुपर्छ । मुद्दा मामिलामा रोक्का भएको जग्गा लिनुहुँदैन । जग्गा उच्च विद्युत् चाप प्रसारण रेखाभन्दा  १०/१५ मिटर टाढा हुनुपर्छ ।

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks