cow

गार्इको महत्व अफ्रिकामा पनि उस्तै

गाईको पिशाबलाई हिन्दू धर्ममा अत्यन्त पवित्र मानिन्छ । नेपाल लगायत विश्वका हिन्दू धर्मावलम्विहरूले विभिन्न पुजाआजामा चोखोनितोको लागि ‘गहुँत’ छर्किने र सेवन गर्ने चलन छ । यसैगरी गाईको गोबर गाउँघरमा लिपपोतका लािग प्रयोग गरिन्छ ।

अफ्रिकाकाको दक्षिणी सूडानमा बस्ने मुन्दारी नामको जनजाति हिन्दू धर्म मान्दैनन् तर उनीहरुका लागि गौमुत्रको उत्तिकै ठूलो महत्व छ । उनीहरु गाईले पिशाब फेरिरहँदा टाउको थापेर नुहाउँछन् । यसमा कुनै धार्मिक कारण भने छैन ।

Learn English - Dew Meaning in English to Nepali below

See more on youtube channel English to Nepali https://www.youtube.com/channel/UCGY-zO8qA-mqbOnYZYKoVGw/videos

यो जनजातिका मानिसहरु गर्मीबाट बच्नको लागि गौमुत्रले नुहाउने गर्छन् । पानीले नुहाउँदा भन्दा गौमुत्रले नुहाउँदा शरीरलाई शितलता मिल्ने विश्वास उनीहरुको छ । यति मात्र होइन, उनीहरु आफ्नो शरीरमा गाईको गोबर लेपनसमेत गर्छन् । यसबाट छालामा लाग्ने रोगहरुबाट बच्न सकिने उनीहरुको मान्यता छ । यद्यपि यसको वैज्ञानिक पुष्टी भने भएको छैन ।

यो जनजातिको जीवनमा पशुको ठूलो महत्व छ । त्यसमा पनि गाई र गोरुलाई उनीहरु विशेष माया गर्छन् । लामखुट्टेबाट जोगिन उनीहरु गाई(गोरुको गोबरबाट बनेको गुईंठाको खरानी शरीरमा दल्छन् ।

यहाँका मानिसहरुको जीवनको सबैभन्दा महत्वपूर्ण हिस्सा गाई नै हुन् । रोजगारीको मुख्य श्रोत भएकाले पनि गाईको हेरचाहमा उनीहरु खुबै ध्यान दिन्छन् । आफ्नो गाई चोरी होला कि भनेर परिवारका एक सदस्य गोठमा नै सुत्ने गर्छन् । विहेमा दाईजोको रुपमा पनि गाई नै दिने प्रचलन छ ।

newsclubnepal