गर्मीमा स्वस्थ र फूर्तिलो बन्ने उपाय

गर्मीले अहिले अधिकांशको दैनिकी असहज बनेको छ। तातिएको मौसममा उठ्नै अल्छी लाग्नाले धेरैका लागि दिनको सुरुआत नै बोजिलो बन्न पुग्छ। कामका लागि दिनभरजसो सकडमै समय व्यतीत गर्न बाध्य हुनेलाई गर्मीले झनै सकसमा पार्ने गर्छ।
यो बेला घुमाघाम वा यात्रामा निस्कन पनि गाह्रो हुन्छ। अध्ययन र सिर्जनशील काममा पनि त्यति मन जाँदैन। गर्मी मौसममा थकान महसुस हुने, कहिले धेरै निद्रा लाग्ने, कहिले लाग्दै नलाग्ने समस्या पनि देखा पर्छ।  यस्तै विभिन्न कारणले यो बेला स्वास्थ्यमा समस्या देखा पर्न सक्छ।

Nepali typing

स्वास्थ्य सेवा विभागका सरुवा रोग विशेषज्ञ डा. वासुदेव पाण्डेका अनुसार यो बेला पिउने पानी, खाना, फलफूल, कपडा, कस्मेटिक सामग्रीलगायतमा विशेष ध्यान दिनुपर्छ। आफ्नो दैनिकीमा थोरै मात्र सजगकता अपनाउने हो भने जीवनभर पछुताउनु पर्दैन।

कस्तो पानी पिउने?       
गर्मीमा शरीरलाई स्वस्थ र चिसो राख्न पानी जत्तिको हितकर अरू केही छैन। तर पछिल्लो समय सुक्खापनसँगै सीमित बन्दै गएका पानीको मुहान मानव बस्तीको चाप, भीडभाड, फाहोरमैलाजस्ता कारणले प्रदूषित हुँदैछन्।
कतिपय मुहानको पानी हेर्दा सफा देखिए पनि त्यहाँ अनेक किसिमका किटाणु हुन सक्छन्। जार र मिनिरल वाटरको पानीमा समेत भर पर्ने स्थिति नभएको डा. पाण्डे बताउँछन्।
विभिन्न बहानामा लापरबाहीपूर्ण तरिकाले धारा, इनार वा खोलाको पानी सीधै पिउनाले झाडापखाला, आउँ, टाइफाइड, हेपाटाइटिस, लिगिनार्यस, मिर्गौलाको रोग, जन्डिस, छालासम्बन्धी रोग गायत अनेकौं समस्याबाट ग्रस्ति हुनुपर्ने अवस्था आउँछ।
यस्ता रोगबाट बच्न सकेसम्म पानी उमालेर, फिल्टर गरेर वा औषधि हालेर खानुपर्छ। पानी शुद्ध पार्ने ट्याब्लेट, एन्टिसिप्टक क्रिम, संक्रमणबाट बचाउने सिप्रोप्लोक्सिन, झाडापखालालगायतका रोगबाट बचाउने मेट्रोनिडाजोलजस्ता औषधि प्रयोग गरेर पिउनुपर्ने सल्लाह डा. पाण्डेको छ।
पानीमा भएको दूषित पदार्थ हटाउन घरमा ‘वाटर प्युरिफायरहरू’ लगाउन सकिन्छ। त्यसको विकल्पमा तामाको भाँडामा पानी राख्नाले पनि विभिन्न प्रकारका पङ्गल, एलगी र अन्य ब्याक्टेरियालाई सजिलै मार्छ। यस्तो पानी पिउनाले एसिडिटी, ग्यास र कब्जियतबाट बच्न सकिन्छ।
फ्याट्टी कोषहरूलाई बढ्नबाट पनि रोक्छ। मोटोपनसमेत नियन्त्रण गर्ने विश्वास चिकित्सकको छ। गर्मीमा चिसोभन्दा मनतातो पानी पिउनु लाभदायी भएको अध्ययनले देखाएको छ।
मन तातो पानी पिउँदा खाना सोस्ने, नसा वा कोशिका नखुम्चिने, पाचन प्रक्रियाले निरन्तरता पाउने, बोसो वा चिल्लो पदार्थ शरीरले सजिलै सोस्ने गर्छ। अत्यधिक चिसो पानीले घाँटीको रुद्रघन्टीलाई असर गर्ने, थाइराइडको समस्या बल्झाउने जस्ता समस्या देखिन्छन्। त्यसैले पानी पिउँदा विशेष ध्यान दिनुपर्छ।
गर्मीमा चिसोभन्दा मनतातो पानी पिउनु लाभदायी भएको अध्ययनले देखाएको छ। मनतातो पानी पिउँदा खाना सोस्ने, नसा वा कोशिका नखुम्चिने, पाचन प्रक्रियायले निरन्तरता पाउने, बोसो वा चिल्लो पदार्थ शरीरले सजिलै सोस्ने गर्छ।
कस्तो फलफूल खाने ?       
गर्मीमा सबैलाई फलफूल खान मन पर्छ। त्यो राम्रो बानी पनि हो। ताजा र हरिया फलफूलबाट पानीको पनि आपूर्ति हुन्छ। आर्थिक विपन्नता, अज्ञानताजस्ता कारणले यो बेला विषादी हालेर जबर्जस्ती पकाइएका र सडेगलेका फलफूल खाने चलन छ।
यस्ता फलफूलले शरीरलाई फाइदा गर्ने नभई उल्टै हानि गर्छ। बजारबाट किनेर ल्याइने फलफूल मनतातो पानीले पखालेर र त्यसमा केही बेर राखेरमात्र खानुपर्छ।
गर्मीमा चिसो भन्दा मनतातो पानी पिउनु लाभदायी भएको अध्ययनले देखाएको छ। मनतातो पानी पिउँदा खाना सोस्ने, पाचन प्रकियाले निरन्तरता पाउने, बोसो वा चिल्लो पदार्थ शरीरले सजिलै सोस्ने गर्छ।  
गर्मीमा मेवा, तरबुजा, सुन्तला, अंगुर, खरबुजा, काँक्रो, केरा, लिची, स्याउजस्ता फलफूल उपयुक्त मानिन्छन्। यस्ता फलफूलले पेट भरिन्छ र शरीरमा बोसो पनि लाग्दैन। गर्मीमा पिसाब र पसिनामार्फत शरीरमा रहेको पानी बढी मात्रामा निस्कने भएकाले पानीको मात्रा बढी भएका यस्ता फलफूल राम्रो हुने चिकित्सकको भनाइ छ।
मूला, गाजर सलादका रूपमा खान सकिन्छ। दूध, दही, उखु, अनारको जुस, नरिवलको पानी, लस्सीलगायत पिउँदा पनि पानीको आपूर्ति हुन्छ। कुनै कारणले अपच वा पेटमा गडबडी भयो भने कागती हालेर सफा पानी पिउनुपर्छ।
गर्मीमा मेवा, तरबुजा, सुन्तला, अंगुर, खरबुजा, काँक्रो, केरा, लिची, स्याउजस्ता फलफूल उपयुक्त मानिन्छन्। यस्ता फलफूलले पेट भरिन्छ र शरीरमा बोसो पनि लाग्दैन। दूध, दही, उखु, अनारको जुस, नरिवलको पानी, लस्सी पनि गर्मीमा उपयुक्त हुन्छ।
कस्तो खाना खाने?       
खाना लापरबाहीपूर्ण तरिकाले खाँदा अनेकौं रोग निम्तन्छ। गर्मीको बहानामा ज्यादै अमिलो र पिरो तरकारी, तेलमा भुटेको र तारेका खानाले मन लोभ्याउँछ। जिब्रोका लागि मात्र मीठो हुने खानाले मानिसलाई दीर्घरोगी बनाउन सक्छ।
सफा पानीले राम्ररी नपखालेका र नपाकेका सागसब्जी तथा माछामासुले अनेकौं समस्या देखिन्छन्। कम तेल र पिरोमा पकाइएका फर्सी, करेला, लौका, पालुंगो, हरियो सिमी, बन्दा, काउली, टुसा उम्रेका गेडागुढी, गोलभेडालगायत फाइबरयुक्त सागसब्जी र राम्ररी पकाइएको थोरै भात खाँदा गर्मीमा शरीरले पचाउन सहज हुने डा.पाण्डेको भनाइ छ।
गर्मीका बेला साँझमा सकेसम्म सुप वा आटाको रोटी खानु राम्रो हो। गर्मीमा मकै पोलेर र उसिनेर खाँदा त्यसमा हुने ‘लुटेन’ र ‘जेक्सानथिन’ नामक ‘अक्सिडेन्ट्स’ले सूर्यका हानिकारक विकिरणबाट आँखालाई जोगाउँछ।
यसले शरीरलाई ऊर्जा प्रदान गर्नुका साथै बुढ्यौलीका कारण आँखा कमजोर हुने समस्यालाई कम गर्छ। पोषणविद् डा. उमा कोइरालाका अनुसार यो बेला ‘फुड प्वाइजन’ पनि धेरै हुनाले ध्यान दिनुपर्छ। दूषित पानी, अरुचि भएको खाना, राम्ररी नपाकेको मासु, बासी खाना, बढी मसलेदार खानाको प्रयोगले ‘फुड प्वाइजन’ हुने डा. कोइरालाको भनाइ छ।
गर्मीका बेला साँझमा सकेसम्म सुप वा आँटाको रोटी खानु राम्रो मानिन्छ। गर्मीमा मकै पोलेर र उसिनेर खाँदा त्यसमा हुने ‘लुटेन’ र ‘जेक्सानथिन’ नामक ‘अक्सिडेन्ट्स’ले शरीरलाई ऊर्जा प्रदान गर्नुका साथै बुढ्यौलीका कारण आँखा कमजोर हुने समस्यालाई समेत कम गर्छ।
जलवियोजन हुन नदिन
गर्मीमा पानी कम पिउनाले धेरैमा जलवियोजनको समस्या देखिने गर्छ। ‘यो मौसममा दिनमा कम्तीमा पनि तीनदेखि चार लिटर पानी पिउनुपर्छ, जसबाट रोग त भाग्छ नै छालासमेत स्वस्थ बन्छ’, डा. पाण्डे भन्छन्। खाना खाएलगत्तै पानी पिउनु हुँदैन। एकैचोटि भन्दा विस्तारै सुरुपसुरुप पिउनु राम्रो हुन्छ।
जलवियोजन भयो भने दिमाग बोधो हुने, मुड ठीक नहुने, अल्छी लाग्ने हुन्छ। शरीरका नसा र कोषिकाहरूलाई पानीले सिञ्चित गरिराख्न पानीको मात्रमा कमी आउन दिनु हुँदैन।
सकेसम्म खानासँग हरेक दिन दही खानाले शीतलता प्रदान गर्नुका साथै जलवियोजनबाट पनि बचाउँछ। गर्मीमा काँक्रोले शरीरलाई स्वस्थ बनाउँछ। यसमा फाइबर, पोटासियम र म्याग्नेसियम र पानीको मात्रा धेरै हुने भएकाले जलवियोजनबाट बचाउँछ।
खाना खाएलगत्तै पानी पिउन हुँदैन। एकैचोटिभन्दा विस्तारै सुरुपसुरुप पानी पिउनु राम्रो हुन्छ। शरीरका नसा र कोषिकाहरूलाई पानीले सिञ्चित गरिराख्न पानीको मात्रमा कमी आउन दिनु हुँदैन।
कीटजन्य रोगबाट बच्न
जलवायु परिवर्तनसँगै तापक्रम वृद्धि हुँदा, फोहोरमैला जथाभावी फाल्दा, फोहोर पानी जम्दा, घरवरपर अनावश्यक जंगल बनाउँदा बढ्ने लामखुट्टेको टोकाइबाट चिकनगुनिया, डेंगु फिबर, यल्लो फिबर, जिका भाइरस, मलेरिया, जापानिज इन्सेफ्लाइटिस, वेस्ट नाइल फिवर, लिम्फ्याटिक फाइलेरिसस, चाँदीपुरा भाइरस,लगायत संक्रामक रोग फैलिनसक्छ।
झिँगा, भुसुनालगायतको टोकाइबाट पनि विभिन्न किसिमका ज्वरो देखा पर्न सक्छन्।मुसाको टोकाइबाट स्क्रब टाइफसजस्तो घातक सरुवारोग निम्तनसक्छ। गर्मी र फोहोरका कारण उत्पन्न हुने लामखुट्टे र झिँगाबाट बच्न घरभित्र र बाहिर सफा राख्ने, पानी जम्न नदिने, बेलाबेला औषधि छर्कने, लामखुट्टेको टोकाइबाट बच्ने, साँझमा बाहिर निस्कँदा लामा बाहुला भएका लुगा लगाउने गर्नुपर्छ।
त्यसैगरी हातगोडामा तोरीको तेल वा बडी लोसन लगाउने, सुत्दा झुल टाँगेर सुत्ने, घरवरपर पानी जम्ने खाल्टाखुल्टी भएमा पुर्ने गर्नुपर्छ। यसका साथै सरकारी तवरबाट लामखुट्टे नियन्त्रणका लागि सहरी क्षेत्रमा ढलको उचित व्यवस्थापन गर्ने, सडकमा पानी जम्ने खाल्डाखुल्डी पुर्ने, यस्ता रोगबारेको जानकारी पाठ्यक्रममै समावेश गर्नुपर्छ।

गर्मीले अहिले अधिकांशको दैनिकी असहज बनेको छ। तातिएको मौसममा उठ्नै अल्छी लाग्नाले धेरैका लागि दिनको सुरुआत नै बोजिलो बन्न पुग्छ। कामका लागि दिनभरजसो सकडमै समय व्यतीत गर्न बाध्य हुनेलाई गर्मीले झनै सकसमा पार्ने गर्छ। यो बेला घुमाघाम वा यात्रामा निस्कन पनि गाह्रो हुन्छ। अध्ययन र सिर्जनशील काममा पनि त्यति मन जाँदैन। गर्मी मौसममा थकान महसुस हुने, कहिले धेरै निद्रा लाग्ने, कहिले लाग्दै नलाग्ने समस्या पनि देखा पर्छ। यस्तै विभिन्न कारणले यो बेला स्वास्थ्यमा समस्या देखा पर्न सक्छ। स्वास्थ्य सेवा विभागका सरुवा रोग विशेषज्ञ डा. वासुदेव पाण्डेका अनुसार यो बेला पिउने पानी, खाना, फलफूल, कपडा, कस्मेटिक सामग्रीलगायतमा विशेष ध्यान दिनुपर्छ। आफ्नो दैनिकीमा थोरै मात्र सजगकता अपनाउने हो भने जीवनभर पछुताउनु पर्दैन। कस्तो पानी पिउने? गर्मीमा शरीरलाई स्वस्थ र चिसो राख्न पानी जत्तिको हितकर अरू केही छैन। तर पछिल्लो समय सुक्खापनसँगै सीमित बन्दै गएका पानीको मुहान मानव बस्तीको चाप, भीडभाड, फाहोरमैलाजस्ता कारणले प्रदूषित हुँदैछन्। कतिपय मुहानको पानी हेर्दा सफा देखिए पनि त्यहाँ अनेक किसिमका किटाणु हुन सक्छन्। जार र मिनिरल वाटरको पानीमा समेत भर पर्ने स्थिति नभएको डा. पाण्डे बताउँछन्। विभिन्न बहानामा लापरबाहीपूर्ण तरिकाले धारा, इनार वा खोलाको पानी सीधै पिउनाले झाडापखाला, आउँ, टाइफाइड, हेपाटाइटिस, लिगिनार्यस, मिर्गौलाको रोग, जन्डिस, छालासम्बन्धी रोग गायत अनेकौं समस्याबाट ग्रस्ति हुनुपर्ने अवस्था आउँछ। यस्ता रोगबाट बच्न सकेसम्म पानी उमालेर, फिल्टर गरेर वा औषधि हालेर खानुपर्छ। पानी शुद्ध पार्ने ट्याब्लेट, एन्टिसिप्टक क्रिम, संक्रमणबाट बचाउने सिप्रोप्लोक्सिन, झाडापखालालगायतका रोगबाट बचाउने मेट्रोनिडाजोलजस्ता औषधि प्रयोग गरेर पिउनुपर्ने सल्लाह डा. पाण्डेको छ। पानीमा भएको दूषित पदार्थ हटाउन घरमा ‘वाटर प्युरिफायरहरू’ लगाउन सकिन्छ। त्यसको विकल्पमा तामाको भाँडामा पानी राख्नाले पनि विभिन्न प्रकारका पङ्गल, एलगी र अन्य ब्याक्टेरियालाई सजिलै मार्छ। यस्तो पानी पिउनाले एसिडिटी, ग्यास र कब्जियतबाट बच्न सकिन्छ। फ्याट्टी कोषहरूलाई बढ्नबाट पनि रोक्छ। मोटोपनसमेत नियन्त्रण गर्ने विश्वास चिकित्सकको छ। गर्मीमा चिसोभन्दा मनतातो पानी पिउनु लाभदायी भएको अध्ययनले देखाएको छ। मन तातो पानी पिउँदा खाना सोस्ने, नसा वा कोशिका नखुम्चिने, पाचन प्रक्रियाले निरन्तरता पाउने, बोसो वा चिल्लो पदार्थ शरीरले सजिलै सोस्ने गर्छ। अत्यधिक चिसो पानीले घाँटीको रुद्रघन्टीलाई असर गर्ने, थाइराइडको समस्या बल्झाउने जस्ता समस्या देखिन्छन्। त्यसैले पानी पिउँदा विशेष ध्यान दिनुपर्छ। गर्मीमा चिसोभन्दा मनतातो पानी पिउनु लाभदायी भएको अध्ययनले देखाएको छ। मनतातो पानी पिउँदा खाना सोस्ने, नसा वा कोशिका नखुम्चिने, पाचन प्रक्रियायले निरन्तरता पाउने, बोसो वा चिल्लो पदार्थ शरीरले सजिलै सोस्ने गर्छ। कस्तो फलफूल खाने ? गर्मीमा सबैलाई फलफूल खान मन पर्छ। त्यो राम्रो बानी पनि हो। ताजा र हरिया फलफूलबाट पानीको पनि आपूर्ति हुन्छ। आर्थिक विपन्नता, अज्ञानताजस्ता कारणले यो बेला विषादी हालेर जबर्जस्ती पकाइएका र सडेगलेका फलफूल खाने चलन छ। यस्ता फलफूलले शरीरलाई फाइदा गर्ने नभई उल्टै हानि गर्छ। बजारबाट किनेर ल्याइने फलफूल मनतातो पानीले पखालेर र त्यसमा केही बेर राखेरमात्र खानुपर्छ। गर्मीमा चिसो भन्दा मनतातो पानी पिउनु लाभदायी भएको अध्ययनले देखाएको छ। मनतातो पानी पिउँदा खाना सोस्ने, पाचन प्रकियाले निरन्तरता पाउने, बोसो वा चिल्लो पदार्थ शरीरले सजिलै सोस्ने गर्छ। गर्मीमा मेवा, तरबुजा, सुन्तला, अंगुर, खरबुजा, काँक्रो, केरा, लिची, स्याउजस्ता फलफूल उपयुक्त मानिन्छन्। यस्ता फलफूलले पेट भरिन्छ र शरीरमा बोसो पनि लाग्दैन। गर्मीमा पिसाब र पसिनामार्फत शरीरमा रहेको पानी बढी मात्रामा निस्कने भएकाले पानीको मात्रा बढी भएका यस्ता फलफूल राम्रो हुने चिकित्सकको भनाइ छ। मूला, गाजर सलादका रूपमा खान सकिन्छ। दूध, दही, उखु, अनारको जुस, नरिवलको पानी, लस्सीलगायत पिउँदा पनि पानीको आपूर्ति हुन्छ। कुनै कारणले अपच वा पेटमा गडबडी भयो भने कागती हालेर सफा पानी पिउनुपर्छ। गर्मीमा मेवा, तरबुजा, सुन्तला, अंगुर, खरबुजा, काँक्रो, केरा, लिची, स्याउजस्ता फलफूल उपयुक्त मानिन्छन्। यस्ता फलफूलले पेट भरिन्छ र शरीरमा बोसो पनि लाग्दैन। दूध, दही, उखु, अनारको जुस, नरिवलको पानी, लस्सी पनि गर्मीमा उपयुक्त हुन्छ। कस्तो खाना खाने? खाना लापरबाहीपूर्ण तरिकाले खाँदा अनेकौं रोग निम्तन्छ। गर्मीको बहानामा ज्यादै अमिलो र पिरो तरकारी, तेलमा भुटेको र तारेका खानाले मन लोभ्याउँछ। जिब्रोका लागि मात्र मीठो हुने खानाले मानिसलाई दीर्घरोगी बनाउन सक्छ। सफा पानीले राम्ररी नपखालेका र नपाकेका सागसब्जी तथा माछामासुले अनेकौं समस्या देखिन्छन्। कम तेल र पिरोमा पकाइएका फर्सी, करेला, लौका, पालुंगो, हरियो सिमी, बन्दा, काउली, टुसा उम्रेका गेडागुढी, गोलभेडालगायत फाइबरयुक्त सागसब्जी र राम्ररी पकाइएको थोरै भात खाँदा गर्मीमा शरीरले पचाउन सहज हुने डा.पाण्डेको भनाइ छ। गर्मीका बेला साँझमा सकेसम्म सुप वा आटाको रोटी खानु राम्रो हो। गर्मीमा मकै पोलेर र उसिनेर खाँदा त्यसमा हुने ‘लुटेन’ र ‘जेक्सानथिन’ नामक ‘अक्सिडेन्ट्स’ले सूर्यका हानिकारक विकिरणबाट आँखालाई जोगाउँछ। यसले शरीरलाई ऊर्जा प्रदान गर्नुका साथै बुढ्यौलीका कारण आँखा कमजोर हुने समस्यालाई कम गर्छ। पोषणविद् डा. उमा कोइरालाका अनुसार यो बेला ‘फुड प्वाइजन’ पनि धेरै हुनाले ध्यान दिनुपर्छ। दूषित पानी, अरुचि भएको खाना, राम्ररी नपाकेको मासु, बासी खाना, बढी मसलेदार खानाको प्रयोगले ‘फुड प्वाइजन’ हुने डा. कोइरालाको भनाइ छ। गर्मीका बेला साँझमा सकेसम्म सुप वा आँटाको रोटी खानु राम्रो मानिन्छ। गर्मीमा मकै पोलेर र उसिनेर खाँदा त्यसमा हुने ‘लुटेन’ र ‘जेक्सानथिन’ नामक ‘अक्सिडेन्ट्स’ले शरीरलाई ऊर्जा प्रदान गर्नुका साथै बुढ्यौलीका कारण आँखा कमजोर हुने समस्यालाई समेत कम गर्छ। जलवियोजन हुन नदिन गर्मीमा पानी कम पिउनाले धेरैमा जलवियोजनको समस्या देखिने गर्छ। ‘यो मौसममा दिनमा कम्तीमा पनि तीनदेखि चार लिटर पानी पिउनुपर्छ, जसबाट रोग त भाग्छ नै छालासमेत स्वस्थ बन्छ’, डा. पाण्डे भन्छन्। खाना खाएलगत्तै पानी पिउनु हुँदैन। एकैचोटि भन्दा विस्तारै सुरुपसुरुप पिउनु राम्रो हुन्छ। जलवियोजन भयो भने दिमाग बोधो हुने, मुड ठीक नहुने, अल्छी लाग्ने हुन्छ। शरीरका नसा र कोषिकाहरूलाई पानीले सिञ्चित गरिराख्न पानीको मात्रमा कमी आउन दिनु हुँदैन। सकेसम्म खानासँग हरेक दिन दही खानाले शीतलता प्रदान गर्नुका साथै जलवियोजनबाट पनि बचाउँछ। गर्मीमा काँक्रोले शरीरलाई स्वस्थ बनाउँछ। यसमा फाइबर, पोटासियम र म्याग्नेसियम र पानीको मात्रा धेरै हुने भएकाले जलवियोजनबाट बचाउँछ। खाना खाएलगत्तै पानी पिउन हुँदैन। एकैचोटिभन्दा विस्तारै सुरुपसुरुप पानी पिउनु राम्रो हुन्छ। शरीरका नसा र कोषिकाहरूलाई पानीले सिञ्चित गरिराख्न पानीको मात्रमा कमी आउन दिनु हुँदैन। कीटजन्य रोगबाट बच्न जलवायु परिवर्तनसँगै तापक्रम वृद्धि हुँदा, फोहोरमैला जथाभावी फाल्दा, फोहोर पानी जम्दा, घरवरपर अनावश्यक जंगल बनाउँदा बढ्ने लामखुट्टेको टोकाइबाट चिकनगुनिया, डेंगु फिबर, यल्लो फिबर, जिका भाइरस, मलेरिया, जापानिज इन्सेफ्लाइटिस, वेस्ट नाइल फिवर, लिम्फ्याटिक फाइलेरिसस, चाँदीपुरा भाइरस,लगायत संक्रामक रोग फैलिनसक्छ। झिँगा, भुसुनालगायतको टोकाइबाट पनि विभिन्न किसिमका ज्वरो देखा पर्न सक्छन्।मुसाको टोकाइबाट स्क्रब टाइफसजस्तो घातक सरुवारोग निम्तनसक्छ। गर्मी र फोहोरका कारण उत्पन्न हुने लामखुट्टे र झिँगाबाट बच्न घरभित्र र बाहिर सफा राख्ने, पानी जम्न नदिने, बेलाबेला औषधि छर्कने, लामखुट्टेको टोकाइबाट बच्ने, साँझमा बाहिर निस्कँदा लामा बाहुला भएका लुगा लगाउने गर्नुपर्छ। त्यसैगरी हातगोडामा तोरीको तेल वा बडी लोसन लगाउने, सुत्दा झुल टाँगेर सुत्ने, घरवरपर पानी जम्ने खाल्टाखुल्टी भएमा पुर्ने गर्नुपर्छ। यसका साथै सरकारी तवरबाट लामखुट्टे नियन्त्रणका लागि सहरी क्षेत्रमा ढलको उचित व्यवस्थापन गर्ने, सडकमा पानी जम्ने खाल्डाखुल्डी पुर्ने, यस्ता रोगबारेको जानकारी पाठ्यक्रममै समावेश गर्नुपर्छ।

annapurnapost.com
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks