pregnant

गर्भवती भएको थाहा पाउने घरेलु उपाय

महिलाहरु प्रायजसो गर्भवती भएको थाहा पाउन प्रेग्नेन्सी किटको प्रयोग गर्ने गर्छन् । कतिपय महिलाहरु मेडिकलसम्म गएर किट ल्याउन लजाउने हुन्छन् । महिलाका लागि आवश्यक प्रेग्नेन्सी टेस्ट गर्न घरेलु तथा प्राकृतिक तरीका पनि अपनाउन सकिन्छ । जसले गर्भवती भए नभएको पत्ता लगाउन सहयोग गर्छ । दैनिक जीवनमा प्रयोग गरिने टुथपेस्ट सबैको घरमै हुन्छ । गर्भवती भएको पत्ता लगाउन शारिरीक सम्पर्क भएपछि महिलाले टुथपेस्टमा आफ्नो पिसाव मिसाउने, यदि पेस्ट नीलो भएमा सम्झिनुस् कि टेस्ट पोजिटिभ छ । अर्थात तपाई गर्भवती हुने सम्भावना रहन्छ । यदि तुरुन्त प्रेग्नेन्सी टेस्ट गर्ने हो भने घरमै रहेको भिनेगरको प्रयोग गर्न सकिन्छ । भिनेगरमा पिसाव मिसाउँदा रंगमा कुनै परिवर्तन आएमा बुझ्नु पर्छ कि टेस्ट पोजेटिभ अर्थात् गर्भवती भएको संकेत हुन सक्छ । प्राचिन कालमा गर्भवती टेस्ट गर्नका लागि गहुँ वा जौको प्रयोग गरिन्थ्यो । गहुँ वा जौमा पिसाव मिलाउने, यदि गहुँ वा जौ टुसाएमा गर्भवती भएको संकेत हुन सक्छ । गर्भवती भएको पत्ता लगाउनका लागि चिनी पनि धेरै लाभदायक मान्निछ । चिनीमा आफ्नो पिसाव मिसाउँदा घुलेमा टेस्ट नेगेटिभ रहेको थाहा पाउन सकिन्छ । तर, चिनी गुच्छा भएमा सम्झनुहोस् की तपाई गर्भवती हुन सक्ने संभावना रहन्छ ।

Source: hamrodoctornews.com/detail/1370

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks