हामी नेपालीहरु खुट्टा दुख्नुलाई सामान्य समस्याका रुपमा लिने गर्दछौं । खुट्टाको दुखाइबारे त्यतिबेलासम्म सचेत हुँदैनौं, जबसम्म यसले दैनिक जीवनमा असर पार्दैन । शरीरको सम्पूर्ण भार खुट्टामै पर्ने भएकोले यसमा केही समस्या देखिए बेलैमा सजग हुनुपर्छ ।
खुट्टा दुख्ने समस्या बढ्दो उमेर, मोटोपन र शारीरिक अस्वस्थतासित सम्बन्धित हुने गर्दछ । खुट्टा दुख्ने समस्या पुरुषमा भन्दा महिलाहरुमा बढी हुन्छ । जीवनशैली तथा स्वास्थ्य समस्याको कारण खुट्टा दुखाइ हुन सक्छ ।
खुट्टाको दुखाइ वा असहजपना विशेषगरी खुट्टाको कुर्कुच्चा, पैंताला लगायत भागमा बढी हुने गर्छ । यस्तो दुखाइ सामान्यदेखि असह्य हुनेसम्मको अवस्थामा पुग्न सक्छ । कसैलाई थोरै समय र कसैलाई लामो समयसम्म यस्तो पीडा रहन्छ । कतिपय पीडा सामान्य उपचारपछि घरमै ठीक हुन्छ भने लामो समयसम्म पीडा भइरहेमा चिकित्सकको परामर्श लिनुपर्छ ।
खुट्टा दुख्नुको प्रमुख कारणमध्ये अग्लो हिल भएको जुत्ताको प्रयोग पनि एक हो । २ं५ इन्चभन्दा बढी हिल भएको जुत्ताले पैंतालामा अधिक दबाव सिर्जना गरी पैैंतालाको आकारलाई साँघुरो बनाइ दिन्छ, जसले गर्दा पीडा हुन्छ । हिल जुत्ताको प्रयोगले खुट्टा पोल्ने, मर्कने जस्ता समस्या बढाउँछ ।
धेरै कसिलो जुत्ताको प्रयोगले पनि खुट्टा दुख्ने गर्छ । कसिला जुत्ताले खुट्टाका औंलाहरुमा दबाव पर्ने गर्छ । लामो समयसम्म असजिलो जुत्ताको प्रयोगले शरीरको मांसपेशी, जोर्नी, खुट्टाको लिगामेन्ट, पैंताला, कम्मर तथा पिठ्युमा हानि पु¥याउँछ । ढल्किँदो उमेरसँगै खुट्टाको बनावट परिवर्तन हुने गर्छ । त्यसैले जुत्ता किन्न जाँदा खुट्टाको नाप लिएर मात्र जुत्ता छान्ने गरौं ।
गर्भावस्था
विशेष गरी महिलाहरु गर्भवती भएको बेला बान्ता हुने, ढाड दुख्ने खान मन नलाग्ने, खुट्टा दुख्ने विभिन्न रोगले सताउने गर्दछ । यी रोगहरुमध्ये खुट्टा दुख्ने समस्या पनि एक हो । बढ्दो तौलका कारण गर्भावस्थामा खुट्टामा बढी भार पर्ने हुँदा खुट्टा दुख्ने र थाक्ने समस्या बढी देखिन्छ । यस्तो बेला बढ्दो तौलकै कारण घुँडा र पैंतालामा बढी दबाव पर्छ । यस्तो समस्या गर्भावस्थाको तेस्रो महिनादेखि सुरु हुन्छ । बच्चाको जन्मसँगै दुखाइ हराउँछ पनि । कामको दौरान लामो समयसम्म उभिइरहँदा खुट्टामा पीडा तथा सुजन उत्पन्न गराउँछ ।
गर्भावस्थामा हुने खुट्टाको दुखाइ कम गर्ने तरिका
खुट्टा लामो समयसम्म नटेकी सकेसम्म उचालेर खुट्टा उचालेर राख्नु उपयुक्त हुन्छ । शरीरमा पानीको अभाव हुँदा खुट्टा सुनिने र दुख्ने भएकोले बढी झोल पदार्थ सेवन गर्ने गर्नु पर्दछ । गोलीगाँठोभन्दा मुनिको भागलाई गोलाकार रुपमा घुमाउने रयस्तो व्यायामले गोलीगाँठोमा रक्तसञ्चारलाई प्रभावकारी गराइ खुट्टा दुख्न कम हुन्छ ।
साथै, खुट्टाको नङ बढ्दा पनि पैंतालामा बेलाबखत समस्या बढ्ने गर्छ । नङ बढेर औंलाको छेउछाउमा गढेमा नङछुरी भएर दुखाइ बढ्छ । यसैले तपाईंले बेलाबेलामा नङ काट्न ध्यान दिनुपर्ने हुन्छ । कसिलो जुत्ताको प्रयोगले पनि नङछुरी भएर खुट्टामा जलन हुन्छ ।
समाधानका उपाय
खुट्टाको दुखाइ, जलन, सुजन कम गर्न केही समय तातोपानीमा खुट्टा डुबाउने गर्नु पर्दछ । अझ प्रभावकारी फाइदा लिन फिट्किरी वा एप्पल साइडर भेनेगरलाई पानीमा मिसाउनु उपयुक्त हुन्छ । खुट्टालाई पानीमा डुबाएपछि छालामा गढेको नङलाई सुती कपडाले विस्तारै माथि निकाल्न खोज्नु पर्छ । औंलामा संक्रमण भएको छैन भने छालामा गढेको नङ आफैंले काट्न सक्नुहुन्छ । संक्रमण भइसकेको छ भने चिकित्सकको परामर्श लिनु उचित हुन्छ ।
कामको दौरान लामो समय उभिनुपर्छ भने सजिलो खालको जुत्ता लगाउनु उपयुक्त हुन्छ । उभिँदा शरीरको वजनलाई एउटा खुट्टाबाट अर्को खुट्टामा आलोपालो सार्नुपर्छ । हरेक घण्टा उभिएपछि कम्तीमा दश मिनेट आराम गर्नु पर्ने हुन्छ र सो समयमा खुट्टा तन्काउनु आरामदायी हुन्छ । सुत्दा आफ्नो खुट्टालाई शरीरभन्दा केही माथि उठाउँदा पनि राहत मिल्छ ।
खुट्टालाई आमार दिलाउने उपाय
खुट्टालाई आराम दिलाउन दुबो भएको चौरमा खाली खुट्टाले केही समय हिँड्ने गरौं ।
कुर्कुच्चा तन्काउने व्यायाम गरौं ।
जहिले पनि खुट्टाको बनावटलाई टेवा दिने खालको जुत्ताको प्रयोग गरौं ।
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks