stomach

खाली पेटमा यी खानेकुरा खाए, यस्ताे असर

मानिसहरुले उचित समयमा उचित खाना नखादाँ ग्याष्ट्रिक तथा अन्य पेटसँग सम्बन्धित समस्याहरु देखा पर्ने गर्दछ । बिहानै खाली पेटमा चिल्लो र मसलाद्धार खाना तथा अन्य स्वास्थमा असर गर्ने चीजहरु खाँदा मानिसहरुमा एसिडिटिको समस्या बढ्ने गर्दछ । हामी स्वस्थ रहन रहनका लागि समय मिलाएर खानाको सेवन गर्नु अत्यावश्यक हुन्छ । जसले हामीलाई रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्दछ ।

Nepali typing

खाली पेटमा खान नहुने केही खानाहरु यसप्रकार छन् ः
चिया, कफी ः खाली पेटमा चिया, कफी पिउनु स्वास्थ्यका लागि सबैभन्दा घातक हुनसक्छ । कफीमा पाइने कैफिनले स्वास्थ्यमा नराम्रो असर पारिदिन्छ । समय मिलाएर कफी सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक भएपनि बिहानै खाली पेटमा यसले असर गर्ने गर्दछ । त्यस्तै चियामा हुने अधिक एसिडले पनि खाली पेटमा समस्या पैदा गरिदिन्छ ।
दही ः दही स्वास्थ्यवर्दक चिज हो, तर खाली पेटमा यसको सेवन गर्नु निकै घातक हुन्छ । खाली पेटमा खाएको दहीले शरीरमा घातक रसायनलाई निम्त्याउने गर्दछ ।
केरा ः खाली पेटमा केरा खानाले शरीरमा म्याग्नेसियमको मात्रा अत्याधिक मात्रामा बढ्न जान्छ । जसकारण शरीरमा क्याल्सियम र म्याग्नेसियमको मात्रामा असन्तुलन पैदा हुन्छ । त्यसैले खाली पेटमा केरा नखानु नै बेस हुन्छ ।
गोलभेँडा ः गोभेडामा एसिडको मात्रा धेरै हुन्छ । यसले खाली पेटमा अघुलनशील पदार्थ पैदा गर्छ । त्यसैले खाली पेटमा गोलभेँडा खानु पेटमा पत्थर बन्ने कारण बन्न सक्छ ।
रक्सी ः खाली पेटमा मदिराजन्य पदार्थ भुलेर पनि सेवन नगर्नुहोस् । यसले पेटमा जलन पैदा गर्नुका साथै सही तरिकाले खाना नपच्ने समस्या निम्त्याउँछ ।
औषधी ः औषधी दिदा नै चिकित्सकले भनेको हुन्छन खाली पेटमा सेवन नगर्नुहोला । डाक्टरहरुको सल्लाह अनुसार मात्र कुनै औषधी सेवन गर्न मिल्ने हुन्छ । खाली पेटमा जुनसुकै एलोपेथिक औषधि पनि सेवन गर्दा पेटमा एसिड निस्किएर शरीरमा असन्तुलन पैद हुन्छ ।
सोडा ः सोडामा कार्बाेनेट एसिडको मात्रा धेरै हुन्छ । यदि खाली पेटमा सोडा खाने हो भने तमतम लाग्ने तथा असहज महसुस हुन सक्छ ।
चटपटे ः कहिलेकाहि खाली पेटमै चटपटे भोजन खाने गरिन्छ । तर यो स्वास्थ्यका लागि हानिकारक हुन्छ ।nepaljournal

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks