खानपान स्वास्थ्यकर हुनुपर्छ । तर, हामीले भान्सामा त्यस्ता गल्ती गर्छौ, जसले हाम्रो खाना अस्वस्थ्यकर बन्न पुग्छ । खाना पकाउदा हामीले के गल्ती गर्छौ त जसले स्वास्थ्य खराब गर्छ ?
१. तेललाई धेरै तापमानमा तताउनु एकदमै हानिकारक हुन्छ । कतिपयले तरकारी पकाउने क्रममा तेलबाट धूँवा निकाल्छन् । यस अवस्थासम्म तेल तताउनु वा दोस्रो पटक तेल तताउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ । तेल बढी तताउँदा केहि तत्व ब्रेकडाउन हुन्छ, जसले तेलमा रहेको एन्टिअक्सिडेन्ट नष्ट हुन्छ ।
के गर्ने ?
– बाँकी रहेको तेललाई दोस्रो पटक प्रयोग नगर्ने, कडा आगोमा तेल तताउनु हुन्न ।
२. काँचो र पाकेको मासुलाई एउटै प्लेट वा भाँडामा राख्नु हानिकारक हुन्छ । अर्थात मासु वा माछालाई पकाउनुअघि जुन प्लेटमा राखिएको हुन्छ, पकाइसकेपछि पनि सोहि प्लेट प्रयोग गरिन्छ । हतारमा वा बेवास्ता गर्दा यस्तो गल्ती हुन्छ । किनभने काँचो मासुमा केहि ब्याक्टेरिया हुन्छ जो सजिलै पकाएको मासुमा सर्न सक्छ ।
के गर्ने ?
– जुन प्लेटमा काँचो मासु राखिएको छ, त्यसलाई दोस्रो पटक प्रयोग गर्दा राम्ररी धोइपखाली गर्ने ।
३. हामीले अक्सर खानालाई पूर्ण रुपमा चिसो भइसकेपछि मात्र फ्रिजमा राख्ने गर्छौ । यदि कुनैपनि खानालाई २ घण्टाभन्दा बढि बाहिर राखियो भने त्यसमा ब्याक्टेरिया पैदा हुन्छ ।
के गर्ने ?
– खाना सामन्य सेलाइसकेपछि वा दुई घण्टा भन्दा अगाडि नै फ्रिजमा राख्ने ।
४. कडा आगोमा ननस्टिक प्यान राख्नाले त्यसमाथि लगाएको कोटिङबाट परफ्लूरोकार्बन धुँवा बनेर निस्कन्छ । यसले शरीरको बिकासमा असर पुर्याउँछ साथै कलेजोलाई पनि खराब गर्छ ।
के गर्ने ?
– ननस्टिक खरिद गरेको समयमा त्यसमा लेखिएको निर्देशनलाई राम्ररी पढ्ने र पालना गर्ने ।
५. खानालाई धेरैबेर चलाउने, घोल्ने बानी पनि सहि होइन । मीठो, स्वादिलो बनाउने चक्करमा हामी खानालाई चलाउँछौ । मसला घोलियोस् भन्न चाहन्छौ । यसका साथै पकौडा र बेकिङ जस्ता परिकार बनाउँदा घोललाई धेरै चलाइन्छ । आटालाई धेरैबेर घोल्दा त्यसमा ग्लूटेन बन्छ, जसले पाचन तन्त्रमा गडबडी गर्छ ।
के गर्ने ?
– आवश्यक्तभन्दा बढी नचलाउने । धिमा आगोमा पकाउने ।
ध्यान दिनैपर्ने कुरा
– खाना पकाउनुअघि राम्ररी हात धुनुपर्छ ।
– फल, सब्जी, मासुलाई राम्ररी धोएर मात्र प्रयोग गर्नुपर्छ ।
– कटिङ बोर्ड प्रयोग गर्नुअघि धुनैपर्छ ।
– भाँडाबर्तन धोइसकेपछि त्यसलाई सुख्खा बनाएर राख्नुपर्छ ।
– खाना पकाएको बेला बारम्बार हात लगाउँदै चाख्ने गर्नु हुँदैन ।
online khabar
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks