feeling hot

खाडी मुलुकमा रहदा ध्यान दिनु पर्ने कुराहरु

1)-खाडी मुलुकमा अत्याधिक सवारी साधनको चाप रहने हुनाले खुल्ला रुपमा सडकमा हिड डुल नगर्दा राम्रो,हिडनै पर्ने भएका हरुले ध्यान दिएर दाँया बाँया हेरेर मात्र हिड्ने गर्नुस,बाटो काड्दा जहाँ त्यहि बाट कहीले नकाट्नुस,ढिलो गए अबष्य पुगिन्छ,छिटो गर्दा भन्न सकिन्न!
2)-खानेकुरामा एकदमैं ख्याल गर्नुस!
3)-गर्मी ठाउँ भएकोले सकेसम्म माछा मासुका परीकार कमै खानुस!
4)-साग,सब्जी र दुधबाट बनेका परीकारलाई बढी प्राथमिकता दिनुस!

Nepali typing
5)-सिधै धाराबाट आउने पनि नपिउनुस,सकेसम्म शिलप्याक गरेको मिनिरल वाटर नसके पनि धाराको पानीलाई फिल्टर गरी उमालेर चिसो पारेको पानी मात्र पिउने गर्नुस!
6)-शरिरमा गर्मिको मात्रा कम गर्न अत्याधिक मात्रामा पानी तथा फलफुल खाने गर्नुस!
7)-धेरै लामो डिउटी नगर्नुस,आरम सँग कम्तिमा पनि ८ घण्टा सुत्ने गर्नुस र सुत्ने बेलामा आफुले लगाएको जुत्त्ता तथा कपडाहरु आप्नो सुत्ने खाटबाट सकेसम्म टाढै राख्नुस।
8)-धेरै चिसोमा नसुत्नुस
सके सम्म बाहिरबाट आउने बित्तिकै ननुहाउनुस,सुत्न े समयमा राम्रोसँग नुहाएर, हातगोडा धोएर केही समय पर्खेर मात्र केही पातलो कपडा लगाएर सुत्ने गर्नुस।
9)-खाना खाने बितिकै नसुत्नु होला यसले सबै भन्दा बढी श्वास-प्रश्वास प्रकृया अनी पाचन प्रकृयामा नकारात्मक असर पार्दछ
10)-आफ्नो परिवारको तस्बिर सकेसम्म सधैं साथमा राख्नुहोस,ता कि तपाईंले कुनै गलत काममा हात बढाउनु अगाडी तपाईं आफ्नो परिवारलाई सम्झनु हुन्छ।
11)-धेरै नेपालीहरुको हिर्दयघात(हर्टयाट्याक्ट)बाट मृत्‍यु भएको देखिन्छ।अत्याधि क गर्मीर अत्याधिक ठन्डी(चिसो)गर्दा सिधैं मुटुमा असर गर्ने भएकोले सकेसम्म गर्मी याममा बाहिर खुल्ला रुपमा हिडडुल नगर्नुस,घाम तथा अत्यान्त गर्मी हावाले तपाईंलाई सिधै असर गर्छ
12)-होटल रेष्टुरेन्टमा कार्यरत साथीहरु धरै मात्रामा डिपफ्रीजरमा ओहरो दोहरो गरिरहनु पर्ने हुन्छ,यस्तो अबस्थामा पनि धेरै ख्याल गर्नुस।शरिरको भित्रि भागमा कुनै बाक्लो खालको कपडा वा गन्जी लगाएर मात्र भित्र छिर्नुस् र धेरै बेर त्यहाँ नबस्नुस!
13)-सके सम्म बहिरको रेष्टुरेन्टमा गएर नखानुस।क्यानमा भएका परिकार, फ्रोजनका सामानहरु सकेसम्म प्रयोग नगर्नुस र सफ्ट ड्रीन्कसहरु पनि कम पिउने गर्नुस!
14)-आफुलाई केही अश्वस्थता भए जस्तो लागेमा तुरुन्त स्वास्थ्य परिक्षण गराउने गर्नुस। रोगलाई पालेर कहिलै नराख्नुस र नियमित रुपमा थोरै भएपनी शरीरिक ब्यायम वा योगा गर्ने गर्नुस!
15)-खाडी राष्ट्रमा सबै भन्दा बढी खतरा भनेको सडक दुर्घटना हो। त्यसैले सधैं बाटो काडदा,हिड्दा ध्यान दिएर ख्याल गरि हिंड्नुहोस।गाडी चलाउदा सिमित दुरिमा अनी यहाँको ट्राफिक नियमलाई पालना गरेर मात्र चलाउने गर्नुस!
16)-जोखिम पूर्ण मेशिनरी वा कुनै काम गर्दा काममा ध्यान दिनुहोला र सधैं आफ्नो सुरक्षालाई ध्यान दिनु होला!
17)-सकिन्छ भने सबै औषधी सहितको प्राथमिक उपचार बक्स नसके साधारण औषधीहरु सधैं आफ्नो कोठामा राख्नु होला!
18)-भान्सामा,पेट्रोलियम पदार्थमा साथै प्रज्वलनशील पदार्थमा काम गर्दा आगो देखी बच्ने र बचाउने गर्नुस!
19)-हान्ड्डी प्लास्ट,भिक्स,स िटामोल जस्ता अत्याबश्यक औषधिलाई नजिकै राख्नुहोस र सबै औषधिहरुको मिती हेरेरमात्र प्रायोग गर्नुहोस!
20)-प्राय: एकान्तमा धेरै नबस्नु होला,त्यस्ले एक्लो बनाउने हुँदाँ सधैं साथीहरुको संपर्कमा रहनुहोला। यदी कोठामा एक्लै भएमा टिभी हेरेर,पत्रपत्री का पढेर वा केही कथा कबिता लेखेर आफुलाई ब्यस्त बनाउनुहोस। यसले एक्लो पन अनी घर परिवारको यादलाई कम गराउछ!
21)-यदी जिबनमा नराम्रो चोट परेको छ,बिछोडवा पारिवारिक समस्याले सताएको छ भने त्यसलाई धेरै दिमागमा नराख्नु होला साथै सुत्ने बेलामा आफुलाई पिडा हुने खालको सोचाइ नलिनु होला!
22)-खास गरेर ईराक जस्तो असुरक्षित स्थान वा अली असुरक्षित अनी जोखिमपूर्ण काम गर्न वाध्य हुनुहुन्छ भने सके सम्म दैनिक,नत्र हप्तामा १ पटक फोन र ईमेल जस्ता माध्यामबाट घर-परिवार अनी आफन्त संग संपर्क गरिरहनुस किनकी समाचार माध्याममा आउने अप्रिय घटनाको कारण सबै जना तपाईंको बारेमा चिन्तित हुन्छन र तपाईंलाई पनि चिन्तित बनाउछ!
23)-सधैं सम्झनुहोस,तपाइलाई कुरेर तपाईंको परिवार,समाज अनी मातृभूमीले पर्खिरहेको छ। त्यसैले सके सम्म सकुशलस्वदेश फर्कनु होला!
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks