खाडीको अत्याधिक गर्मी बाट बच्ने १५ टिप्स

हरि कृष्ण न्यौपाने(कुवेत)

बिगतका बर्षहरुको तुलनामा कुवेत तथा मध्यपुर्बका राष्ट्रहरुमा यो बर्ष अत्याधिक गर्मी बढीरहेको छ।बिशेष त ४५-५० डिग्री तापक्रम ननाघ्ने कुवेतमा यो हप्ताको तापक्रमले ५८ डिग्री सम्म पुग्यो।

कुवेतमा बढीरहेको तापक्रमका कारण यहाँका बिभिन्न समाचार माध्यमहरुले उच्च तापक्रमबाट सचेत रहन र सके सम्म दिनको समयमा बाहिर ननिस्कन यहाँका नागरिक तथा आप्रबासीहरुलाई आग्रह गरेका छन।

त्यसो त कुवेत सरकारको सार्वजानिक प्राधिकरणका जनशक्ति सुरक्षाको लागि उप-महानिर्देशक अब्दुल्लाहा अलमुतवाले सधैं झै यो बर्ष पनि जुनको पहिलो हप्ताबाट अगस्टको अन्तिम हप्ता सम्म दिनको समय बिहान ११:०० बजे बाट दिनको ४ बजे सम्म खुला क्षेत्रमा श्रमिकहरुलाई काम नलगाउन निर्देशन जारी गरिसकेको छ।उक्त निर्देशनमा जुन देखी अगस्ट महिना सम्म बिहान ११:०० बजे बाट दिनको ४ बजे सम्म खुला क्षेत्रमा श्रमिकहरुलाई काम गर्न-गराउन निषेध गरिएको र सम्बन्धित निकायको अनुगमनमा नियम उल्लङ्घन गरेको पाइए कारबाही गरिने बताइएको छ।

बिशेष गरी श्वासप्रश्वास रोग भएका ब्यक्तिहरु, ४ बर्ष भन्दा कम उमेरका बाच्चाहरु, गर्भवती महिलाहरु, ६५ बर्ष काटेका ब्यक्तिहरु, बीपी(रक्त संचार)अस्थिररहेका व्यक्तिहरु, ब्लड-सुगरका औषधी सेबन गर्ने गरेका ब्यक्तिहरु, उमेर अनुसार धेरै तौल भएका मनिसहरु, अत्याधिक मोटा ब्यक्तिहरुलाई यस्तो गर्मीका कारण प्रतक्ष असर गर्न सक्छ।जसका कारण गर्मी स्ट्रोक र निर्जलीकरण हुदै टाउको अत्याधिक दुख्ने, अचेत हुने वा अन्धो समेत हुन सक्छन।

कुवेतमा केही हप्ता देखी अत्याधिक गर्मी र धुलोका कारण धेरै ब्यक्तीहरु मौसम परिवर्तनबाट लाग्न सक्ने समान्य रुघा, खोकी, ज्वरो तथा जिउ दुख्ने (क्लाइमेटिकल चेन्जेच डिजेज/फिबर)बाट प्रभाबित छन।त्यती मात्र होइन हरेक दिन आगोलागीका घटनाहरु बढी रहेका छन।गत बिहीवारमात्र कुवेतको फर्मानियामा ९ जनाको ज्यान जाने गरी आगोलागी भयो भने हरेक दिन कही न कही आगलागीका घटनाहरु घट्दै गरेका छन।

त्यती मात्र होइन अत्याधिक गर्मीकै कारण सडकमा चलिरहेका सबारी साधनहरु पनि जल्ने क्रम बढीरहेको छ।त्यसैले कुवेतको गर्मीबाट बच्न आँफैले सक्दो प्रयास र समाधानका बाटोहरु अपनाउनु जरुरी छ।

कुवेतको गर्मी मौसमको कारण हुन सक्ने क्षतीबाट बच्न गर्न सकिने समाधानका उपायहरु:-
१) सके सम्म मध्यान्न दिनको समयमा बाहिर अनाबश्यक घुमफिर वा किनमेलको लागि ननिस्कने।
२) निस्कनै परे पनि क्याप,ह्याट,सन ग्लास र शरिरको सबै अंग छोपिने कपडा लगाउने।
३) सके सम्म समयमै घटिमा ६ देखी ८ घण्टा सुत्ने र अनिदोमा बाहिर ननिस्कने।
४) सकेसम्म धुम्रपान, मध्यपान र लागु औषधको सेबन नगर्ने। इनर्जी ड्रिङ्गस र चिया कफी कम पिउने।
५) बाहिरबाट आउने बित्तिकै पसिना नसेलाउदै लगाएको कपडा परिवर्तन नगर्ने तथा बाहिरबाट आउना साथ ननुहाउने।
६) खाना खाने बित्तिकै वा नुहाउने बित्तिकै नसुत्ने।
७) कोठा तातो भयो भनेर सुत्नु अघी एसी धेरै चिसो नबनाउने, सके सम्म एसीलाई २२-२४ डिग्री सम्म मात्र राख्ने।
८)बिजुली सर्टसर्किटबाट बच्दै आगालागी हुन नदिनको लागि घर तथा अफिसमा काम सके पछीका इलेक्ट्रोनिस्क डिभाइसहरु बन्द राख्ने।रिचार्जेबल इलेक्ट्रोनिक्स सामानहरु पनि लामो समय चार्जमा नछोड्ने।
९)पानी धेरै पिउने।सके सम्म हरिया तरकारीहरु, फलफुल बिशेष गरी खरबुजा, तरबुजा खाने अनी जुसहरु बढी पिउने।
१०)रमादान बाहेकका समयमा बाहिर निस्कदा सधैं पानी साथमा राख्ने।
११) धेरै गर्मी भयो भनेर धेरै चिसो पेय पदार्थ नपिउने, किनकी गर्मीमा टनसिलले छिट्टै समाउन सक्छ।
१२) यदी सबारी साधन चलाऊनु हुन्छ भने सबारी साधनको सर्भिसिङ समयमै गराउनुस।इन्जिनको पानी वा वेल र फिल्टर चेक गरिरहनुस। सबारी साधनको एसी धेरै स्पिडमा नबनाउनुस, जसको कारण ओभर हिट हुने सम्भाबना हुन सक्छ।
१३) यदी तपाईंले १२ घण्टा भन्दाबढी लगातार काम गरिरहनु भएको छ भने पानीको मात्रा बढाउनुस र आफुलाई सके सम्म कम तनाबमा राख्नुस।
१४) तपाईंलाई ब्लड प्रेशर, ब्लड सुगरको समस्या छ भने र औषधी सेबन गरिरहनु भएको छ भने समय समयमा परिक्षण गरिरहनुस।
१५) सके सम्म कम तनाबमा रहनुस।

तपाईं हामी बिदेशमा रहेका र तपाईं हामी मध्ये धेरै परिवार अनी आफन्त देखी टाढा रहेका हुनाले आफ्नो सुरक्षा र समाधानका उपाय आँफैले अपनाउनु पर्छ।स्वास्थ्य नै धन हो, स्वास्थ रहनुस, खुशी रहनुस।

(प्रस्तुत लेख सर्ब-साधारणको हितका लागि बिभिन्न सामाग्रीहरुको अध्ययनबाट तयार गरिएको हो)

http://www.rescuenewsonline.com