क्यानडा पठाउने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं / रास– क्यानडा पठाइदिने भनी ठगी गर्ने दुई जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–७ मित्रपार्कस्थित एक्सवाई इन्टरनेसलन नामक कन्सल्टेन्सीका सञ्चालक काठमाडौं महाराजगन्ज बस्ने सप्तरी विष्णुपुर गाउँपालिका–१ ठेगाना बताउने ३० वर्षीय अशोककुमार यादव र काठमाडौं चावहिल बस्ने रौतहट विजयापुर नगरपालिका–५ घर बताउने ३८ वर्षीय ईश्वरी शिवभक्ति यादवलाई महानगरीय अपराध महाशाखाको प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले रूपन्देहीको तिलोत्तमा नगरपालिका–८ घर भएका विवेक भुसालसहित चार जनालाई क्यानडा, टर्की, मकाउलगायतका देशमा राम्रो रोजगारीको प्रलोभन देखाई प्रतिव्यक्ति ३ देखि ४ लाख रुपैयाँ ठगेको बताइएको छ । विदेश पठाउनेतर्फ चासो नदेखाएको, शिक्षा मन्त्रालयबाट लिनुपर्ने स्वीकृतिसमेत नलिएको, शैक्षिक परामर्शका लागि खोलिएको संस्थाबाट वैदेशिक रोजगारका लागि विदेश पठाइदिने भनी रकम ठगी गरेको भनी उजुरी परेपछि खटिएको महाशाखा प्रहरीले खोजतलास गर्ने क्रममा काठमाडौं महानगरपालिका–३ महाराजगन्जबाट उनीहरूलाई पक्राउ गरेको हो ।

rajdhanidaily

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks