computer capacity

के हो डिम्याट ? केन्द्रिय निक्षेप प्रणाली भनेको के हो ? डिम्याट खाता कसरी खोल्ने ?

के हो डिम्याट ?
डिम्याट भनेको भौतिकरुपमा भएका सेयर प्रमाणपत्रहरुलाई विधुतीय प्रणालीमा अभौतिक (digital) गर्ने प्रक्रिया हो। सेयरको कारोबार छिटो छरितोरुपमा गर्न कागजबिहीन सेयर कारोबारको बिकास भएको हो। डिम्याट खाता साधारण भाषामा बुज्नु पर्दा हामी बैंकको उदारण लिना सक्छौ जस्तै बैंक खातामा पैसा जम्मा हुन्छ भने डिम्याट खातामा सेयर जम्मा हुन्छ। यस्तो खातालाई हितग्राही खाता पनि भनिन्छ। यो बैंक खाता जस्तै एउटा खाता हो जस्मा पैसा हैन आफुसँग भएको सेयर राखिन्छ। पहिले सेयरको प्रमाणपत्रहरु जम्मा गरिन्थ्यो, जुन कहिले हराउने र कहिले च्यातीने गर्दथ्यो। यो डिजिटल प्रणालिमा यो सबै झन्जत्बाट मुक्ती पाईन्छ। यो डिजिटल प्रणालिमा शुरुमा अलि गाह्रो जस्तो, अलि नबुझेको जस्तो हुन सक्छ तर केहि समय पछी सजिलो लाग्छ। डिम्याट खोलेपछि आफूसँग भएको सेयर सोहि खातामा जम्म हुन्छ। यो डिजिटल प्रणालिले गर्दा सेयर खरीदविक्री गर्न सहज हुन्छ, खरीदविक्रीको साफसाफ छिटो हुन्छ र बोनस सेयर प्राप्त गर्न सेयरको प्रमाणपत्र लिन धाइरहनु पर्दैन आफ्नो खातामा सीधै जम्मा हुन्छ।

Nepali typing

विकसित देशहरुमा यो धेरै अघी शुरु भएको हो भने नेपालमा केहि समय अघी देखी मात्र सुरु भएको हो। सेयरको डिम्याट गर्नका लागि केन्द्रिय निक्षेप सेवा (सिडिएसी – CDS) बाट सदस्यता लिएको सदस्य (डिपोजीटरी पार्टिसिपेन्ट) मार्फत खाता खोली भौतिकरुपमा रहेको सेयरलाई विद्युतीयकरण गर्न सकिन्छ। धितोपत्र बजारको नियामक नेपाल धितोपत्र बोर्डले साधारण सेयरको (IPO) आवेदनका लागि डिम्याट खाता अनिवार्य गरिएको छ।

केन्द्रिय निक्षेप प्रणाली भनेको के हो ?
केन्द्रिय निक्षेप प्रणाली सिडिएस (सिडिएसी – CDS) सेयरको बैंक हो। यसले भौतिक तथा अभौतिक रूपमा धितोपत्र धारण गरी किताबी प्रबिष्टिमार्फत हकहस्तान्तरण कार्य सम्भव बनाउँदछ । केन्द्रिय निक्षेपले धितोपत्र बजारमा सूचिकृत भएका तथा बिद्युतीय माध्यममा निक्षेप गर्न मिल्ने वितरण वा बाँडफाँड भएका धितोपत्र सम्बन्धित धितोपत्र धनीबाट आफ्नो जिम्मामा लिर्इ धितोपत्र धनीहरुको धितोपत्र सम्बन्धित डिम्याट खाता खोल्ने तथा धितोपत्र वा उपकरणहरुको नामसारी वा खातामा अभिलेख गर्ने कम्पनी हो ।

डिम्याट खाता कसरी खोल्ने ?
डिम्याट खाता खोल्नका लागि सामान्यत बैंकमा खाता खोल्दा जस्तै फोटो र नागरिकता चाहिन्छ। नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सिडिएससीको सदस्यता लिएको बैंक वित्तीय संस्था, मर्चेन्ट बैंकर वा दलाल कम्पनीले निश्चीत मापदण्ड पुरा गरी निक्षेप सदस्यको काम गर्ने संस्थाले डिम्याट अकाउन्ट (हितग्राही खाता) खोलिदिन्छ। खाता खोलेपछि खाता नम्बर तथा चेक बुक पाइन्छ। तर यो पैसा झिक्नको लागि प्रयोग हुने चेक बुक होईन। यो सेयर बिक्री गर्नको लागि प्रयोग गरिने चेक बुक हो।

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks