केहि बैज्ञानिक उपकरणहरु र तिनका कार्य

अल्टिमिटर (Altimeter)           विमान कति उचाइमा उडिरहेको छ भनी नाप्ने यन्त्र हो । कुनै वस्तु वा स्थानको उचाइ नाप्न पनि अल्टिमिटर प्रयोग गरिन्छ ।

Nepali typing

एम्मीटर (Ammeter)               एम्पियर्समा विद्युत् धारा नाप्ने यन्त्र

एनीमोमिटर (Anemometer)    हावाको शक्ति तथा गति नाप्ने यन्त्र

अडियोमिटर (Audiometer)                 ध्वनिको तिव्रता नाप्ने यन्त्र

अडियोफोन (Audophone)       कम श्रवणशक्ति भएको व्यक्तिले यस उपकरणलाई कानमा राखेर ठीक तरिकाले सुन्न सहयोग गर्ने यन्त्र हो

ब्यारोग्राफ÷ब्यारोमिटर (Barograph/Barometer)          बायुमन्डलको चापमा हुने परिवर्तनलाइ नाप्ने यन्त्र (हवाईजहाजहरुमा जडान गरिएको व्यारोमिटरलाई अल्टिमिटर भनिन्छ ।)

एक्सिलेरोमिटर (Accelerometer)        हवाईजहाजको गतिवृद्धि नाप्ने यन्त्र

केलिपर्स (Calipers)     गोलो वस्तुको आन्तरिक तथा बाह्य व्यास जाप्ने यन्त्र साथै यसले मोटाई पनि नापिन्छ

क्रेस्कोग्राफ (Crescograph)       बिरुवाहरुको वृद्धिक्रमलाई नाप्ने यन्त्र

एस्ट्रोमिटर (Astrometer)         ताराहरुको प्रकाशको तिब्रताको तुलना गर्न प्रयोग गर्ने यन्त्र ।

कार्डियोग्राम (Cardiogram)      हृदय रोगबाट पीडित व्यक्तिहरुको मुटुको स्पन्दन जाँन गर्ने यन्त्र ।

क्रोनोमिटर (Cronometer)                    पानी जहाजमा जडान गरिने समयको जानकारी दिन्छ ।

सिनेमेटोग्राफ (Cinematograph)           स–साना चित्रहरुलाई ठूलो बनाएर पर्दामा हेर्न सहयोग गर्दछ । यसमा लेन्सहरु यसरी लगाइएका हुन्छन् कि फिल्म रिलमा चित्र स्थिर, अलग अलग भए पनि गतिमय र निरन्तर देखिन्छ ।

कम्पास निडल (Compass needle)      उत्तर दिशाको जानकारी दिन्छ ।

रेक्टिफायर (Rectifier) विद्युत धाराको दिशा परिवर्त गर्ने यन्त्र हो । त्यसलाई डायनामो जेनेरेटर आदिमा प्रयोग गर्न सकिन्छ । यसले परिवर्तित धारा (A.C.) लाई प्रत्यक्ष धारा (D.C.) मा परिवर्तन गर्दछ ।

एक्युमुलेटर (Accumuleter)     विद्युत ऊर्जा संचय गर्ने यन्त्र

युडिओमिटर (Yudiometer)     रासायनिक क्रियाको कारणले ग्याँसहरुमा हुने आयतनको परिवर्तनलाई नाप्ने यन्त्र हो ।

डाइनामाइट (Dynamite)          नाइट्रोग्लिसरिनबाट बनेको अति विस्फोटक पदार्थ हो ।यसको आविष्कार सन् १८७७ मा अल्फ्रेड वर्नहार्ड नोवेलले गरेका हुन् ।

ग्याल्भेनोमिटर (Galvanometer)          स–साना विद्युत् तरङ्गलाई नाप्ने यन्त्र हो ।

प्रिडिक्टर (Predictor)               वायुयान आउनुभन्दा त्यसको आगमनबारे पूर्वसूचना दिने यन्त्र

ग्रामोफोन (Gramophone)        रेकर्ड गरिएको ध्वनी तरङ्गलाई पुनः जागृत गराई सुन्न सकिने यन्त्र

ग्रेभीमिटर(Gravimeter)            पानीको सतहमा तेलको उपस्थितिबारे जानकारी  दिने यन्त्र

हाइड्रोफोन(Hydrophone)                     पानीको ध्वनीलाई अंकित गर्ने यन्त्र

एक्टिमोमिटर (Actimometer)             सूर्यको किरणको तापीय तीव्रता निश्चित गर्ने यन्त्र

एरोमिटर (Aerometer)                        हावा र ग्यासको तौल र घनत्व नाप्ने यन्त्र

कायमोग्राफ (Kymograph)      रक्तचाप हृदयगतिको नाप, फोक्सो लगायत विभिन्न गतिहरुलाई ग्राफमा अङ्कित गर्ने यन्त्र

लेक्टोमिटर (Lactometer)        दूधको शुद्धता नाप्ने यन्त्र

मेनोमिटर (Manometer)          ग्यासको दवाव नाप्ने यन्त्र

माइक्रोस्कोप (Microsscope)                अति साना अदृश्य वस्तुहरुलाई लेन्सको मद्दतले ठूलो आकारमा देखाउने यन्त्र

ब्रेथलाइजर (Breathlizer)         चालकले मादक पदार्थ खाए नखाएको जाँच्ने यन्त्र

कम्युनिकेशन स्याटेलाइट (Communication Satellite)                        अन्तरिक्षमा प्रेषित संचार उपग्रह, जसले विभिन्न महाद्वीप तथा देशहरुबीच टेलिभिजन र टेलिफोन प्रसारण गर्ने काम

माइक्रोटोम (Microtome)         कुनै वस्तिुलाई सानो आकारमा काट्ने यन्त्र

मेग्नेटोमिटर (Magnetometer)             उच्च भोल्ट भएको विद्युत धारा उत्पन्न हुने चुम्बकीय क्षेत्रको दिशा नाप्न प्रयोग गरिने यन्त्र

ब्लडप्रेसर (B.P) इन्स्टुमेन्ट (Instrument)                    रक्तचाप नाप्ने यन्त्र

प्याराशुट (Parasuit)     संकटकालमा हवाइजहाजबाट फाल हाली भूमिमा सुरक्षितसाथ उत्रिन प्रयोग गरिने  छाता आकारको साधन,

ओसिलोग्राफ (Osilograph)      विद्युतिय तथा यान्त्रिक कम्पनको रेकर्ड गर्ने यन्त्र

पेरिस्कोप (Periscope) यसबाट पनडुब्बी पानीभित्र रँहदा पानीको सतहमा भइरहेको गतिविधिहरुको जानकरी प्राप्त हुन्छ

फोटोग्राफ (Photograph)          फोटो खिची केमिकल्सहरुद्वारा साफ गरी सही चित्र निकाल्ने यन्त्र

पोटेन्शियोमिटर (Potentionmeter)                   विद्युत परिपथमा कुनै दुई विन्दुको बीच विद्युतवाहक बल (EMF)  लाई नाप्ने यन्त्र

पिपेट(Pipet)                 झोलको ठीक मात्रा नाप्ने उपकरण

सेक्रिमिटर (Secrymeter)         घोलमा चिनीको मात्रा नाप्ने यन्त्र

पायरोमिटर (Pyrometer)         टाढाको वस्तुको उच्चतम तापक्रम नाप्ने यन्त्र

रेडिएटर (Radiator)     अटोमोबाइलहरुलाई चिस्याउने उपकरण

माइक्रोमिटर (Micrometer)                  स–साना दूरी वा कोणहरुलाई नाप्ने यन्त्र

मेगाफोन (Megaphone)           टाढा टाढासम्म ध्वनी प्रसारण गर्ने यन्त्र

स्फाग्नोमानोमिटर (Sphygnomanometer)                   को सहायताले धमनीको सञ्चार तथा स्पन्द पटक–पटक देखाउँछ ।

स्टेथेस्कोप (Stethoscope)        लेनेकद्वार आविष्कार गरिएका चिकित्सा विज्ञानमा प्रयोग हुने यस यन्त्रले मुटु र फोक्सोको स्पन्दन सुन्न र रोगको लक्षण ज्ञात गर्न सकिन्छ ।

स्पेक्ट्राउस्कोप (Spectroscope) इन्द्रेणी (Spectrum)  को विश्लेषण गरी जानकारी दिने यन्त्र

क्वार्टज क्लक (Quartz Clock)            खगोलीय अध्ययन तथा अवलोकनसम्बन्धी महत्वपूर्ण काममा प्रयोग गरिने ठीक ठीक समय देखायने यन्त्र

टेलिप्रिन्टर (Teleprinter)          टेलिफोनद्वारा प्रेषित समाचारलाई छाप्ने यन्त्र

टेलिभिजन (Television)          को पर्दामा संचार स्टेशनबाट प्रसारित कार्यक्रम देख्न र सुन्न सकिन्छ

थर्मोकपल (Thermocouple)                 द्वारा ताप विद्युत्धारा उत्पादन गर्नुको साथै तापक्रम नाप्ने काम

थर्मोस्टेट (Thermostate)          कुनै वस्तुमा निश्चित बिन्दुमा तापक्रम नियन्त्रण गर्ने यन्त्र

थ्योडोलाइट (theodolite)                     जग्गा जमिनको सर्भे गर्ने काममा प्रयुक्त हुने यन्त्र,

भिस्कोमिटर (Viscometer)                  द्रब्यको लेस्याइलोपनबारे अध्ययन गर्ने काममा प्रयुक्त हुने यन्त्र ।

भोल्टमिटर (Voltmeter)          विद्युत परिपथमा दुई विन्दुका बीच प्रोटेन्शियल डिफरेन्स नापिन्छ

वान डि जराफ जेनेरेटर           विद्युत् उत्पादन गर्ने अत्याधुनिक उपकरण जसबाट लाखौं भोल्ट सम्मको विद्युत् विभव पपत गर्न

विम्जहर्ट          मेशिनद्वारा स्थिर विभव प्राप्त

भिडियोफोन (Videophone)     टेलिफोन रिसिभरमा दृश्य चित्रसमेत प्राप्त गरी देखाउने यन्त्र

सेक्सटेन्ट (sextant)     धेरै टाढाका वस्तु तथा पिण्डहरुको दूरी नाप्ने यन्त्र

स्पीडोमिटर (Speedometer)     मोटर वा हन्य अटोमोवाइलहरुको गति जाप्ने यन्त्र

स्फेरोमिटर (spherometer)       सतहको वक्रतालाई नाप्ने यन्त्र

मोडरेटर (Moderator)  न्यूक्लियर रियक्टरमा न्यूटनको गतिलाई कम गर्ने यन्त्र

क्लाइडोस्कोप   राम्रा रेखा गणितीय आकृति देखाउने उपकरण

कायमोग्राफ                  रक्तसंचार, मुटु, फोक्सोको गतिलाई ग्राफमा अङ्कित गर्ने यन्त्र,

जायरोस्कोप     घुमिरहेको वस्तुको गति नाप्ने यन्त्र

एपीडायस्कोप   अपारदर्शी चित्रलाई पर्दामा देखाउने यन्त्र

इलेक्ट्रिकमिटर विद्युत् धारालाई यान्त्रिक धारामा परिणत गर्ने यन्त्र

इलेक्ट्रिक कार्डियोग्राफ (ECG)            यो उपकरणले मुटुको स्पन्दनसित सम्बन्धित विद्युत् तरङ्लाई अङ्कित गर्दछ

साइक्लोट्रोन (Cyclotron)                     परमाणु ऊर्जा उत्पादन गर्ने गतिलाई तीब्र पार्ने यन्त्र

इलेक्ट्रोस्कोप (Eletroscope)     विद्युत् कम भएको बारे पत्ता लगाउने यन्त्र

इलोक्ट्रोनिक माइक्रोस्कोप (Electronic Microscope)   अति सूक्ष्म वस्तुहरुलाई हजारौं ठूलो बनाई देखाउने यन्त्र

वेथस्कोप          समुद्रको गहिराइ पत्ता लगाउन प्रयोग गरिने यन्त्र

रेडियो माइक्रोमिटर (Radio Micrometer)        तापको विकीकरण नाप्न प्रयोग गरिने यन्त्र

रेमिस्टेन्स थर्मामिटर (Resistance Thermometer)                   चालक (Condutors)  को विद्युतिय क्षमता निश्चित गर्ने एक प्रकार को भर्ममिटर

सेलिनोमिट (Salinometer)       हाइड्रोमिटर जस्तै लवणको घोलन घनत्व पत्ता लगाउने यन्त्र

सिस्मोग्राफ (Sismograph)       भूकम्पको आयतन, गति र प्रभावबारे अध्ययन गरी अंकित गर्ने यन्त्र

सिस्मोमिटर (Sismometer)      भूकम्पको सामान्य गति अङ्कित गर्ने यन्त्र

हायग्रोमिटर  (Hygrometer)      हावाको आर्द्रता नाप्ने यन्त्र

हायग्रोस्कोज (hygroscope)                  वायुमण्डलको आर्द्रतामा हुने परिवर्तन देखाउने यन्त्र

अर्ली वर्ड          सन् १९६४ मा संयुक्त राज्य अमेरिकाद्वारा अन्तरिक्षमा स्थापित अन्तरमहाद्विपीय सञ्चारको पैथम सञ्चार उपग्रह हो

टेलिमिटर (Telemeter)             टाढा घटेका घटनाहरुको अधिलेख राख्ने यन्त्र हो

 

एयरब्रेक (Air Break)               हावाको दवावमा काम गर्ने यो ब्रेक रेल र बसमा प्रयुक्त हुन्छ

prabis5858.blogspot

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks