कृषि

केशर ( saffron crocus ) जसको बनस्पतिक नाउँ Saffron sativus हुन्छ । संसारको एकदमै दुर्लभ र महँगो जडिबुटी मध्य एक हो ।

केशर ( saffron crocus ) जसको बनस्पतिक नाउँ Saffron sativus हुन्छ । संसारको एकदमै दुर्लभ र महँगो जडिबुटी मध्य एक हो । यसको उत्पती दक्षिण युरोपमा भएको हो । हाल बिश्वको सबैभन्दा बढी उत्पादन हुने देश इरान हो ।

Nepali typing

यो मौरिले उत्पादन गर्ने ‘रोयल जेलि’ भन्दा पनि महँगो छ । यसको मुल्य एक किलोग्रामको रु. १० लाख रुपैयाँ पर्दछ । यार्सागुम्बा , पाँचऔले र सिलाजित जत्तिकै महत्त्वपूर्ण छ । यो बौद्धिक क्षमताको वृद्धिको साथै सुत्केरी एवम् गर्भवती महिलाको खुराकको रूपमा , रोग प्रतिरोधात्मक क्षमता बढाउन , रगत सफा राख्न , तुरुन्तै स्टामिना बढाउने जस्ता कार्यको लागि प्रयोगमा आउँछ ।

नेपालमा बि.स. २०१९ सालमा टिष्टुङमा परिक्षण गरेर सफल भएपछी बि.स. २०४२ सालबाट डोल्पामा ब्यबसाहिक खेती थालिएको रहेछ । नेपालको हिमाली जिल्ला डोल्पा देखि लिएर हुम्ला , जुम्ला , हिमाल पारिका जिल्ला मनाङ , मुस्ताङ र पुर्बी जिल्ला ताप्लेजुङ र सोलुखुम्बुमा खेती हुन्छ ।

यसको १,७०,००० केशर पुष्प = १०० किलोग्राम = १ किलोग्राम केशर उत्पादन हुन्छ । धेरै मिहेनत र लगाब हुनुपर्छ । फुलको एन्थर नजिकै हुने रातो केशरलाई झिकेर पानीको मात्रा हटाएर शिशाको बाकसभित्र राखिन्छ ।

यसको बाँकी रहेको अन्य भागलाई र केशरको टुक्रालाई सिधै चिया , दूध वा मन तातोपानीमा राखेर प्रयोग गर्न सकिने रहेछ ।

-trilochan kafle

Smart कृषि facebook page

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks