banana eating girl

केरालाई लामो समयसम्म यसरी राख्न सकिन्छ, ताजा

ताजा खबर:- केराको सेवन स्वास्थ्यको लागि निकै राम्रो मानिन्छ । विशेषज्ञका अनुसार, केरामा प्रोटीन र भिटामिन भरिपूर्ण मात्रामा पाइन्छ, जसको कारण केरा स्वास्थ्यको लागि निकै लाभदायक हुन्छ । केरा यस्तो फल हो जो हरेक मौसममा उपलब्ध हुन्छ । कतिपय अवस्थामा मानिसले बढी केरा किन्ने गर्दछन्, तर जब उनीहरू सेवन गर्दैनन् तब यी केरा दोस्रो दिन खराब हुनथाल्छ । यस्तो स्थितिमा आज हामी चर्चा गर्दैछौँ कि ती उपायहरूको बारेमा, जसलाई अपनाउँदा केरा लामो समयसम्म खराब हुनबाट बचाउन सकिन्छ ।

पोलिथिनको प्रयोग
यदि तपाई केरा १०-१५ दिन सम्म सुरक्षित राख्न चाहनुहुन्छ भने पोलिथिनको प्रयोग गर्नुहोस् । एक सफा र मोटो पोलिथिनमा केरा राख्नुहोस् । केरालाई यस किसिमले राख्दा, यसमा हावा लाग्नुहुँदैन । यसपछि केरालाई फ्रीजमा राख्नुहोस् । यसो गर्दा केरा धेरै दिनसम्म खराब हुँदैन ।
सोडा वाटर
सोडा वाटरको मध्यमले पनि केरालाई सुरक्षित राख्न सकिन्छ । यसको प्रयोगले न त केराको रंग परिवर्तन हुन्छ, न त केराको स्वादमा कुनै परिवर्तन आउँछ । यसको लागि सोडा वाटरलाई केराको माथि लगाउनुहोस् ।
साइट्रीक एसिड
हुनत: साइट्रीक एसिड कागतीमा भरिपूर्ण मात्रामा पाईन्छ तर यो केरालाई सुरक्षित राख्नको लागि निकै उपयोगी हुन्छ ।यदि तपाई यस एसिडलाई केरामा लगाउनुहुन्छ भने यसबाट केरा लामो समय सम्म सुरक्षित रहन सक्छ । साइट्रीक एसिडमा कयौँ फलफूलहरू सुरक्षित राख्न सकिन्छ ।
सिरकाको प्रयोग
फलफूललाई ताजा राख्नको लागि साइट्रीक एसिडको साथै सिरकाको पनि प्रयोग गर्न सकिन्छ, जसले केरालाई कालो हुनबाट बचाउन सक्छ ।

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks