रुद्राक्ष नेपालको मध्य पहाडी क्षेत्रमा पाईने वनस्पति र यसमा फल्ने फल हो । रुद्राक्षको एकै बोटमा एकपटक फल लाग्दा विभिन्न मुख, आकार र विभिन्न नापका दानाहरू फल्दछन् । यसको दानामा माथिबाट झरेका रेखाहरू रेखाहरू हुन्छन् । त्यही रेखालाई मुख भनिन्छ र जतिवटा रेखा हुन्छन् त्यति नै मुखे रुद्राक्ष भनिन्छ । रुद्राक्ष एक मुखे देखि २७ मुखेसम्म भएको बिश्वास गरिन्छ ।धार्मिक आस्थाका रूपमा रहेको रूद्राक्षले अलौकिक शक्ति प्रदान गर्ने विश्वास गरिन्छ । यस्तै, रूद्राक्षलाई आयुर्वेदिक औषधीमा समेत निकै उपयोगी हुने गर्छ ।
महाशिवरात्रीको दिनमा आफ्नो राशि अनुसार धारणीय रूद्राक्ष धारण गरेमा फलिफाप हुने धार्मिक विश्वास पनि रहेको छ । राशी अनुसार रूद्राक्ष प्रयोग गर्नाले धनको लाभ, परिवारमा सुख शान्ति, व्यापारमा बृद्धी हुने विश्वास गरिन्छ । त्यसैले राशि अनुसार रूद्राक्षको प्रयोग गर्नाले धनप्राप्ति हुनु साथै जीवनमा सुख शान्ति पनि आउने विश्वास गरिन्छ । थाहा पाउनुस कुन राशीका लागी कुन रुद्राक्ष प्रयोग गर्नु उपयुक्त हुन्छ ।
मेष राशी – तीन मुखी
वृष राशी – छ मुखी
मिथुन राशी – चार मुखी
कर्कट राशी – दुई मुखी
सिंह राशी – एक मुखी
कन्या राशी – चार मुखी
तुला राशी – छ मुखी
वृश्चिक राशी – तीन मुखी
धनु राशी – पाँच मुखी
मकर राशी – सात मुखी
कुंभ राशी – सात मुखी
मीन राशी – पाँच मुखी
साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks