‘कस्तो अवस्थामा सेयर बजार बढ्छ ? कस्तो अवस्थामा घट्छ?’ शिर्षकमा हामीले नयाँ लगानीकर्तालाइ लगानी गर्नु अघि अपनाउनु पर्ने साबधानीका विषयमा केही जानकारी दिएका थियौं ।
हामीले इतिहासका घटबढलाई समेत पृष्ठभुमिमा राखेर बजार कस्तो अवस्थामा बढ्छ वा घट्छ भन्ने कुराको आधारभुत जानकारी राखेर लगानी गर्न सुझाव दिएका थियौं । साथै एतिहासिक रुपमा सेयर बजारलाइ बिभिन्न रुपले प्रभाव पार्दै आएका मुल्य बृद्धि, ब्याज दर, म्रौद्रिक नीति, राष्ट्र बैंकका नीतिहरु, बजार हल्ला, आमसञ्चारका समाचारहरु लगायतका बारे पनि चर्चा गरिएको थियो ।
तर आधुनिक बित्त बजार माथि उल्लेखित कारक तत्वहरुका अलावा मौसमी असरबाट पनि प्रभावित हुन्छ । अर्थात, साधारण सेयरले बर्षको बाह्रै महिना उस्तै खालको नाफा वा घाटा दिदैंन ।
विश्वब्यापी रुपमा गरिएका बिभिन्न अध्ययनहरुले सामान्यतः लगानीकर्ताले बर्षको पहिलो महिना अर्थात जनवरीमा अरु महिनाको तुलनामा बढि नाफा गर्छन् । र, हप्ताको पहिलो दिन सोमबार भने गुमाउँछन् भन्ने तथ्य उजागर गरेका छन् । साथै, बर्षा, तापक्रम, आद्रता, बादल आदि जस्ता मौसमिक कारणले पनि लगानीकर्ताको मुडमा प्रभाव पारी बजार घटबढ गराउँछन् भन्ने कुरा अध्ययनहरुले पुष्टि गरेका छन् ।
सेयर बजारबाट लगानीकर्ताले सालको पहिलो ८ महिना नाफा कमाउने गरेका छन् । बाँकी ४ महिना नोक्सान बेहोरेका छन् । कात्तिकको औसत नाफा सबैभन्दा बढि देखिएको छ । पुसमा औसत नोक्सान सबैभन्दा बढि छ । असार र कात्तिकमा मात्र नाफाको संभावना ८० प्रतिशत भन्दा बढि देखिएको छ भने जेठ र फागुनमा सो संभावना ५० प्रतिशत भन्दा बढि छ ।
नेपालको सन्दर्भमा पनि लगानीकर्ताको नाफा वा घाटा बाह्रै महिना एकैनास हुँदैन । कतिपय लगानीकताले यसको अनुभूति नगरेका पनि हुन सक्छन् । तर, वित्तीय विश्लेषक नयनकृष्ण जोशीले गरेको एक अध्ययनले बजारको घटबढमा चालु महिनाले पनि फरक पार्ने निष्कर्ष निकालेको छ ।
सो अध्ययन ०५१ देखी ०६४ सम्मको तथ्याङ्कलाई आधार मानी गरिएको थियो ।
चित्रमा देखाइए जस्तै नेप्सेबाट लगानीकर्ताले सालको पहिलो आठ महिना नाफा कमाउने गरेका छन् । बाँकी ४ महिना नोक्सान बेहोरेका छन् । त्यस्तै कात्तिकको औसत नाफा सबैभन्दा बढि देखिएको छ । पुसमा औसत नोक्सान सबैभन्दा बढि छ । असार र कात्तिकमा मात्र नाफाको संभावना ८० प्रतिशत भन्दा बढि देखिएको छ भने जेठ र फागुनमा सो संभावना ५० प्रतिशत भन्दा बढि छ ।
चित्रमा देखाएजस्तै स्ट्यान्डर्ड डेभिएसन अर्थात उतारचढाव फागुनमा सबैभन्दा बढि देखिएको छ भने असोजमा सबैभन्दा कम छ ।
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks