कतिपय महिला–पुरुषबीच जुनी–जुनी सँगै बाँच्ने, सँगै मर्ने कसम खाएर सम्बन्धलाई आत्मीय बनाउदै लैजाने गरे पनि उनीहरुका केही कुराहरु पक्कै पनि अमिल्दा हुन्छन । जसले झगडाको बीउ समेत रोपिदिन्छ । आउनुहोस जानौ के कुराहुन त जो एक अर्काले मन नपराउने ।
संगीतः महिलाहरु रोमांटिक तथा मन छुने गीतहरु मन पराउनछन । तर, पुरुषहरु त्यको उल्टो हुन्छन । उनीहरु हंगामा मच्चाउने र तडक भडक बढी भएको गीत मन पराउछन । जुन महिलाहरु कम सुन्ने गर्छन ।
कलाकारः कुनै पनि महिला कलाकारलाई पुरुष सेक्सी तथा धेरै राम्री भएको बयान गर्छ भने महिलाहरु त्यसको उल्टो सोच्छन । उनीहरु पुरुषले उसको शारिरक बनावट र फेसन हेरेर उसलाई राम्रो भनेको अनुमान गर्छन ।
मेकअपः पुरुषहरु आफ्नी श्रीमती या प्रेमिकाले कम मेकअप गरेको मन पराउँछन । उनीहरुले गरेको मेकअपले आफ्नो कपडा खराब गरेको त झनै मन पराउँदैनन् । तर, महिलाहरु भने मेकअपमा औधि खुसी हुन्छन । उनीहरु पुरुषको कपडा या अनुहारमा आफ्नो मेकअपको छाप छोड्न सकेभने आफूलाई जीत हात पारेको सोँच्ने गर्छन ।
केशः धेरै पुरुषहरु महिलाको हेयर स्टाइलमा कुनै खास स्टाइल मन पराउछन । महिलाले केश खुल्ला छोडेको या त फेरि बाँधेको । तर, महिलाहरु विभिन्न हेयर स्टाइलको पारखी हुन्छन ।
टिवी सिरियलः धेरै पुरुषहरु घरमा या बाहिर जहाँ पुगेपनि टिबीमा खास गरेर समाचार या त फेरि खेल समाचारहरु हेर्न मन पराउँछन । तर, महिलाहरुलाइ भने टिबीमा आउने विभिन्न सिरीयलहरु मन पराउँछन । उनीहरु समाचारमा त्यतिधेरै चासो नदिएको पनि पाइन्छ ।
खानाः धेरैपटक दुइजनामा खानाको मेन्युको बारेमा मत बाझिएको हुन्छ । पुरुषहरु जंकफुट जस्तै पिज्जा खान्छु भन्छन भने, महिलाहरु पिज्जा खाँदा आफ्नो पेट दुख्ने बताउँछन । त्यस्तै अन्य खानामा पनि उनीहरु एक हुन सक्तैनन ।
दिशाः महिला पुरुषमा धेरैपटक आफू हिड्ने बाटोलाई लिएर समेत झगडा परेको हुन्छ । कहिलेकाँही आफू हिडेको बाटो बिर्सियो भने महिलाले दाया र पुरुषले बाया भनेर जिद्धी गरेकोे पाइन्छ ।
ढिलो घर आउनुः पुरुषहरु आफूलाई पर्खाउने महिलालाई कम मनपराउँछन । यसको बारेमा पुरुषहरु भन्छन “आखिर तिमी किन जहिले पनि ढिलो घर आउँछौ ।” यसमा महिलाको जवाफ हुन्छ “जो पनि ढिलो आउन सक्छ, कहिले तिमी ढिलो र कहिले म ढिलो ।”
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks