कुकुर पाल्ने व्यक्तिमा हृदयरोगको खतरा कम

के तपाईंलाई थाहा छ ? कुकुर पाल्ने व्यक्तिमा हृदय रोग र अन्य रोगबाट मृत्यु हुने खतरा कम हुन्छ । स्वीडेनमा गरिएको एक अध्ययनले कुकुर पाल्ने व्यक्तिमा हृदय रोगको खतरा अन्यभन्दा कम हुने देखिएको छ ।

Nepali typing

३४ लाख व्यक्तिमाथि गरिएको शोधबाट के पत्ता लागेको छ भने जोसँग कुकुर छ, उसलाई हृदय रोग लाग्ने खतरा कम हुन्छ । शिकारी नश्ल भएका कुकुर हुने व्यक्ति उक्त खतराबाट झन् टाढा छन् ।

अध्ययनमा संलग्न शोधकर्ताहरुले कुकुर पाल्नाले शारीरिक गतिविधि बढ्ने र त्यस्ता मानिसको सामाजिक सम्पर्क बढ्नाले तिनीहरु खुशी हुने कारणले रोगबाट बच्न सकिने बताएका छन् । शोधकर्ताहरुले कुकुरका कारण मालिकको माइक्रोबायोममा परिवर्तन आउन सक्छ, जसका कारण हृदय रोगको खतरा घट्छ । पेटमा हुने सुक्ष्म जीवलाई सामूहिक रुपमा माइक्रोबायो भनिन्छ ।

अध्ययनका प्रमुख शोधकर्ता उपासला विश्वविद्यालयका म्वेनिया मुबाङका अनुसार कुकुर पालेर बस्ने एक्लो व्यक्तिलाई कुकुर नपाल्ने व्यक्तिको तुलनामा मृत्यु हुने खतरा ३३ प्रतिशत कम हुन्छ भने हृदयघातको खतरा ११ प्रशित कम हुनेगर्छ ।

बीबीसीबाट

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks