भाइरस बनाउनुका धेरै कारणहरु हुनसक्छन् तर पनि धेरैजसो भाइरसहरु निश्चित प्रकारका कम्पनी वा संस्थाहरुको डाटाबेसलाई बिगार्नको लागि अपराधीहरुले नियोजित रुपमा बनाएका हुन्छन्। यसप्रकारका भाइरसले कुनै कम्प्युटरमा प्रवेश गरेपछि त्यो कम्प्युटरमा भएका फाइल र तथ्यांकहरुलाई बिगारिदिन्छ र ती फाइलहरु पुनः पहिलेको अवस्थामा ल्याउनको लागि भाइरस निर्माताहरुले गैरकानूनी रुपमा मागहरु राख्छन्। त्यसबाहेकाफ्टवेयर निर्माताहरुबीचमै पनि एकअर्काको सफ्टवेयर बिगार्नको लागि भाइरस बनाइन्छन्। यसप्रकारका अस्वस्थ प्रतिस्पर्धाको चपेटामा पनि साधारण प्रयोग कर्ताहरु परेका हुन्छन्। त्यसबाहेक सफ्टवेयर विकासकर्ताहरुले निश्चित प्रकारको सफ्टवेयर बनाउने क्रममै गल्तीवश पनि भाइरस बन्न पुग्छन्।
भाइरसले कसरी काम गर्छ त ?
साधारणतया हामीले प्रयोग गर्ने सफ्टवेयरहरु (वर्ड, एक्सेल, फोटोसप, गेमहरु )ले हामीले निर्देशन नदिँदासम्म काम गर्दैनन्। तर भाइरसको लागि हाम्रो निर्देशन आवश्यक पर्दैन। भाइरसले के काम गर्ने भन्ने कुरा भाइरस निर्माताले पहिले नै निर्धारण गरेका हुन्छन्। भाइरसले पनि हाम्रो कम्प्युटरमा खुल्नेबित्तिकै निर्माताकै निर्देशन बमोजिम काम गर्न थाल्छन्। धेरैजसो भाइरसहरुले कुनैपनि कम्प्युटरमा खुल्ने बित्तिकै आफ्ना धेरै प्रतिलिपी (कपी) बनाउँछ र हामीले जतिपनि हार्ड ड्राइभको भागहरु (सी,डी,ई) फ्लपि, पेन ड्राइभ खोल्छौ ती सबैमा गएर बस्छ। र त्यहीँबाट हामीलाई काम गर्दा बाधा पुर्याउने, निर्देशन दिएभन्दा बाहेकका र गलत काम गर्ने गरेर हैरान पार्छ। भाइरसले कतिपय प्रोग्रामहरु खुल्न नदिने समेत गर्छ।
भाइरसबाट कसरी बच्ने त?
हामीले भाइरसबाट सुरक्षित रहनको लागि केही सुरक्षाका विधिहरु अपनाउनु पर्छ। तपाईलाई पनि भाइरसले हैरान पारेको छ वा भाइरसको जोखिम छ भने तलका उपायहरु अपनाउनाले पनि केही हदसम्म सुरक्षित रहन सकिन्छ।
१. कम्प्युटरमा जहिले पनि राम्रो एण्टी भाइरस प्रोग्राम राख्नुहोस्। र त्यसलाई निरन्तर रुपमा अपडेट गरि राख्नुहोस्।
२. पेन ड्राइभ, सीडी प्रयोग गर्दा खोल्नुभन्दा पहिले स्क्यान गर्नुहोस् अनिमात्र प्रयोग गर्नुहोस्।
३. इन्टरनेट प्रयोग गर्दा विज्ञापनको आधारमा जुनपायो त्यही ठाउँमा क्लिक नगर्नुहोस्।
४. सफ्टवेयर डाउनलोड सकेसम्म नगर्नुहोस् यदी तपाई राम्रोसंग बुझेर डाउनलोड गर्दै हुनुहुन्छ भने विश्वस्त साइटबाट मात्र गर्नुहोस्। डाउनलोड सकिएपछि पहिले स्क्यान गर्नुहोस् अनिमात्र प्रोग्राम रन गर्नुहोस्।
५. स्क्रिनसेभर एनिमेटेड वालपेपर जस्ता सफ्टवेयर डाउनलोड गर्दा विशेष ध्यान पुर्याउनुहोस् किनकी धेरैजसो भाइरस सर्ने भनेकै यस्तै सफ्टवेयरबाट हो।
६. नचिनेको व्यक्तिको इमेलमा एट्याचमेन्ट छ भने डाउनलोड गर्दा विशेष सतर्कता अपनाउनुहोस्।
७. इमेल इनबक्समा आफ्नो परिचित व्यक्तिकै इमेल ठेगाना छ तर नाम आउनुपर्ने (From Field) मा पूरै ठेगाना आएको छ भने त्यो इमेलमा भाइरस हुनसक्छ। त्यस्तो इमेलमा केही छैन भनेपनि त्यसलाई रिप्लाई नगर्नुहोस् बरु सिधै हटाइदिनुहोस्।
८. धेरैजसो भाइरस विन्डोजलाई लक्षित गरि बनाइएकाले जान्ने भएमा लिनक्स सञ्चालन प्रणाली चलाउनु सबैभन्दा उत्तम उपाय हो ।
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks