spices

कालो मरिचको खानुको यस्ता छन् अचम्मका फाईदा

‘मरिच’ एक खाद्य पदार्थ हो। यसको रङ्ग कालो हुन्छ। यसलाई दुध, चिया, रोटी, तरकारी आदिमा प्रयोग गरिन्छ । वनस्पति जगत्‌मा पिप्पली कुलको मरिचपिप्पली नामक लता सदृश बाह्रैमासे बिरुवाहरूको आधापाकेका वा बढी सुकेका फलहरूको नाम मरिच हो ।

Nepali typing

पाकेका सुकेका फलहरूका बोक्राहरू बाट सेतो गोला मरिच बनाइन्छ जसको व्यास लगभग ५ मिमी हुन्छ । यो मसालाको रूपमा प्रयुक्त हुन्छ ।

कालो मरिच स्वादका लागि मात्र नभएर घरेलु औषधिका रूपमा समेत प्रयोगमा आउँछ । पेट, छाला र हाडसँग सम्बन्धित समस्यामा यो धेरै प्रभावकारी मानिन्छ । तसर्थ, दैनिक खाना बनाउँदा मरिच पनि थोरै हाल्न आवश्यक छ । त्यसकारण आज हामी कालो मरिचका फाइदाका बारेमा कहि चर्चा गरेका छौं ।

यी हुन, कालो मरिचका फाइदा :

– कालो मरिचमा कीटाणुनाशक गुण हुने भएकाले यसको सेवनले हाम्रो शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । यो बेसारसँग मिसाएर नियमित खाँदा क्यान्सर लाग्ने सम्भावना कम हुन्छ ।

– कालो मरिचले पाचन शक्तिलाई बलियो बनाउनुका साथै पेट सफा गर्छ । नियमित यसको सेवन गरे ग्यास्ट्रिक हुँदैन ।

– जिरा र चिनीसँग कालो मरिच मिसाएर दैनिक दुई चम्चा सेवन गर्दा पायल्सबाट राहत पाउन सकिन्छ ।

– बढ्दो उमेरका कारण हुने अर्थाराइटिस रोगीका लागि कालो मरिच फलदायी हुन्छ । तताएको तिलको तेलसँग यसको धुलो मिसाएर हातखुट्टामा लगाएमा आराम मिल्छ ।

– उच्च रक्तचापका बिरामीले तातो पानीमा कालो मरिचको धुलो मिसाएर खाएमा रोग नियन्त्रण गर्न सहयोग पुग्छ ।

– तातोपानीमा कालो मरिचको धुलो र कागती हालेर पिउँदा एसिडिटीबाट छुटकारा पाउन सकिन्छ ।

– कालो मरिचको धुलो नियमित सेवन गर्दा रुघाखोकी निको हुन्छ । साथै, धुवाँ–धुलोका कारण छातीमा हुने समस्या, फ्लु र भाइरलको संक्रमणबाट जोगिनसमेत सकिन्छ ।

– कालो मरिचले रक्तसञ्चार नियमित गर्नुका साथै छालामा अक्सिजनको मात्रा बढाउँछ । तसर्थ, यसको सेवन गरे छालामा समस्या आउँदैन ।

– कालो मरिचको धुलो ठीक मात्रामा दैनिक सेवन गरेमा मांसपेशीजन्य रोग लाग्दैन । शरीरमा स्फूर्ति बढाउनुका साथै मस्तिष्क सक्रिय बनाउन मद्दत गर्छ ।

मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला ।

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks