कार्पेट खरीद गर्ने तरीका

विस्तारै चाडपर्व नजिकिँदै छन् । अन्य बेलाभन्दा चाडपर्वको समयमा घरमा नयाँ कार्पेट फेर्ने गरिन्छ । त्यस्तै, यदि भर्खरै बनेको घर हो भने पनि कार्पेट किन्नुपर्ने हुन्छ । पछिल्लो समय कार्पेटलाई घरमा शानको वस्तुको रूपमा समेत लिन थालिएको छ । घर, अफिसमा बिछ्याइएको कार्पेटबाट समेत व्यक्तित्व मापन गरिन्छ । मुख्यतः भुइँको चिसोबाट सुरक्षा र सजावटका लागि कार्पेटको लोकप्रियता पहिलेदेखि नै उच्च छ । अहिले बजारमा सस्तादेखि निकै महँगा कार्पेटसमेत उपलब्ध छन् । टायल वा ऊड फ्लोरिङभन्दा कार्पेट खरीद गर्दा बढी सावधानी अपनाउनुपर्ने हुन्छ । कमसल कार्पेट परेमा रङ जानुका साथै छिट्टै खराब हुन्छ । त्यस्ता कार्पेटमा लागेको दाग हटाउन पनि कठिन हुन्छ । गुणस्तरीय कार्पेट खरीद गर्ने केही उपाय यहाँ दिइएको छ :

Nepali typing

कार्पेटको खँदिलोपन
कार्पेटको तल्लो भाग खँदिलो हुनुपर्छ, जसले जमीनमा केही घर्षण हुँदा पनि चाँडै खराब हुँदैन ।

विभिन्न आकारप्रकार हेर्नुहोस्
यस्तो कार्पेट छनोट गर्नुहोस्, जुन तपाईंको स्टाइलअनुसारको होस् । केही कार्पेटमा खुट्टा तथा भ्याकुमको छाप रहिरहन्छ । जस्तै– मखमलको कार्पेट । सेक्शन कार्पेट साधारण हुन्छ, जसलाई कम मान्छे कम आवतजावत गर्ने फर्मल लिभिङ रूम, माष्टर बेडरूम आदिमा बिछ्याउँदा राम्रो हुन्छ ।

मूल्यबारे सचेत हुनुहोस्
कार्पेट प्रयोग गर्न तपाईसँग धेरै पैसा हुनुपर्दैन । महँगो कार्पेटमात्र, आरामदायी हुन्छ भन्ने छैन । कार्पेटका लागि तिर्नुपर्ने उचित मूल्य तथा ढुवानीको हिसाब गरी विभिन्न डिलरमा बुझेर मात्र कार्पेट खरीद गर्नुहोस् । तपाईंका लागि यो नै सबैभन्दा उत्तम उपाय हो ।

कहाँ खरीद गर्ने
कहाँ कार्पेट खरीद गर्दा तपाईंलाई अनुकूल हुन्छ, त्यसमा विचार पुर्‍याउनुहोस् । कार्पेट खरीद गर्न सकिने ठाउँ धेरै छन्, जस्तै– शोरूम, फ्लोरिङ कम्पनी, ठूला डिपार्टमेण्ट स्टोर वा अनलाइन । यस्तो पसलबाट कार्पेट खरीद गर्नुहोस्, जहाँ धेरै भेराइटी हुनुका साथै तपाईंको बजेटले पनि साथ दियोस् ।

सुरक्षित राख्न कम खर्च लागोस्
कार्पेटको छनोट गर्दा यसको हेरचाहमा लाग्ने खर्चबारे पनि बुझ्नुहोस् । कम खर्चमै पनि कार्पेटलाई सुरक्षित राख्न सकिन्छ । घरमा बच्चा छन् भने दाग प्रतिरोधी कार्पेट खरीद गर्नुहोस् । मर्मत खर्च कम लाग्ने कार्पेट छनोट गर्नुहोस् ।

वारेण्टीमा ध्यान दिनुहोस्
कुनै कार्पेट धेरै वारेण्टी दिएको भरमा मात्र खरीद नगर्नुहोस् । कार्पेटको सबैभन्दा ठूलो समस्या त्यसको म्यानुफेक्चरिङ डिफेक्ट नभएर त्यसको गलत प्रयोगले गर्दा हुन्छ ।

वातावरणमैत्री कार्पेट राज्नुहोस्
जैविक सामग्रीले बनेको कार्पेट खरीद गर्नुहोस् । केमिकल प्रयोग गरिएकोे सामग्री खरीद नगर्नुहोस् ।

aarthikabhiyan

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks