काठमाडौंमा १ लाख बढी घरजग्गा किनबेच: आनाको साढे ४ लाख सम्म मुल्याङ्कन भएका जग्गा धेरै बिके

  • अमर बडुवाल/बिजमाण्डू
काठमाडौं । काठमाडौं उपत्यकामा एकै वर्षमा १ लाख बढी घरजगा किनबेच भएका छन् । काठमाडौं उपत्यकाका ८ वटा मालपोत कार्यालयको तथ्याङ्क अनुसार जेठ २४ गते सम्म १ लाख २ हजार ३ सय घरजगा कारोबार प्रमाणीकरण भएका छन ।

ती मध्ये अधिकांश घरजग्गाको मालपोत मुल्यांकन २ लाख ५० हजार देखि ४ लाख ५० हजार रुपैया प्रति आना कायम गरिएको छ । मालपोत मुल्यांकनलाई कारोबारमा भने ४ लाख देखि ९ लाख रुपैयाँ सम्ममा कारोबार हुने गरेको घरजग्गा व्यवसायीहरुले बताएका छन् ।

बढी घरजग्गा किनबेच प्रमाणीकरण गर्ने मालपोत कार्यलय
घर जग्गा किनबेच भएको संख्याका अनुसार डिल्लीबजार मालपोत कार्यालय पछि परे पनि महँगो मुल्यका जग्गाहरु किनबेच प्रमाणीकरण गरेको हुँदा राजस्व संकलनमा भने लगनखेल मालपोतपछि दोस्रो नम्वरमा पर्छ ।
उपत्यकामा ५० प्रतिशत भन्दा बढीले काठमाडौं लाई रोज्छन्

उपत्यकाका कुन कुन ठाउँमा बढी घर जग्गा किनबेच भए?

 ९० प्रतिशत घरजग्गा चक्रपथ बाहिर किनबेच
मालपोत कार्यलय डिल्लीबजार बाहेक सबै मालपोत कार्यलय चक्रपथ बाहिर  छन् । मनमैजु र साखु मालपोत चक्रपथ भन्दा धेरै टाढा छन् भने कंलकी र चाबहिल मालपोत चक्रपथसँगै बाहिर  जोडिएका छन् । भक्तपुर मालपोत कार्यालय भक्तपुर जिल्लामा एक मात्र कार्यलय हो भने लगनखेल मालपोत कार्यलय पनि ललितपुरका ९९ प्रतिशत घरजग्गाको प्रमाणीकरण गर्ने कार्यलय हो । ललितपुरमै रहेको गोटिखेल मालपोतले हरेक वर्ष ३ सय देखि ४ सय हाराहारीमा मात्रै जग्गा प्रमाणीकरण गर्छ ।
यी सबै मालपोत कार्यालयमा सबै जसो जग्गा चक्रपथ बाहिरकै किनबेच भएका छन् । काठमाडौंमा बसाई सर्नेको चाप बढ्दै जानु र चक्रपथ भित्र खाली ठाउँ एकदमै कम भएकोले चक्रपथ बाहिरका ठाउँ धेरैको रोजाईँमा परेको मालपोत कार्यालय कंलकीका प्रमुख प्रेम प्रसाद दाहालले बताए ।
मालपोत कार्यालय डिल्लीबजारका मालपोत अधिकृत लक्ष्मण भट्टराई भने घर जग्गा किन्ने मानिसको संख्या चक्रपथ भित्रै बढी हुने तर्क गर्छन् ।  चक्रपथ भित्र ठाउँ नै खालि नभएको र जग्गा हुनेले पनि बेच्न नचाहनाले कारोबार संख्या कम भएको मात्र हो, उनले भने ।

प्रकाशित मिति: Jul 11, 2016 http://bizmandu.com