गर्मीमा मानिसको शरीरलाई स्वास्थ राख्न एकदमै जरुरी रहन्छ र यसको लागि खानपिनलाई ध्यान दिनुपर्ने हुन्छ। गर्मीको समयमा काँक्रा निकै नै उपयोगी हुने गर्छ । यसले शरीरलाई शितल बनाउन मद्धत गर्छ । यसमा ९० % पानी हुने भएकाले यसले गर्मीमा हाम्रो शरीरमा पानीको कमी हुन दिदैन । कांक्रा पहिलो पटक अमेरिकामा उमारिएको थियो । अमेरिकनहरुले बर्गरमा सबैभन्दा बढी कांक्राको प्रयोग गर्ने गर्छन् । जसले शरीरमा पानीको कमी पूरा गर्नेछ । काक्रालाई विभिन्न तरिकाले प्रयोग गर्न सकिन्छ। काक्रालाई सलाद, जुस, स्याण्डवीच वा त्यत्तिकै नुन छर्किएर समेत खान सकिन्छ। काक्रामा भिटामिन ए, बी१ बी ६ सी, डी पोटासियम, फस्फोरस, आयरन आदि प्रचुर मात्रामा पाइन्छ। कांक्रामा पाइने भिटामिन बीका कारण शरीरलाई तत्काल उर्जा दिन्छ । यसले डिहाइड्रेशनबाट बचाउँछ भने शरीरमा बन्ने खराव बिकारलाई शरीरबाट बाहिर जान सहयोग गर्छ। एक अध्ययनका अनुसार काक्रामा स्टेरराला नामक यौगिक रहेको हुन्छ जसले कोलेस्ट्रोललाई कम गर्नमा मद्दत गर्दछ । आयुर्वेदिकका अनुसार कांक्रा खानाले खिरा, रक्त लगायतका रोग निको बनाउनुका साथै रक्त विकार तथा मूत्रलाई सफा बनाउने काम गर्दछ। काक्राको प्रयोगले पेट र गिजाको दुखाइ कम गर्दछ। नियमित रुपमा कांक्रा सेवन गर्नेहरुलाई पथ्थरी हुने सम्भावना निकै कम हुन्छ ।
काँक्राले स्वास्थ्यमा पुर्याउने फाइदाहरु यस्ता छन्
१. पाचन प्रणाली राम्रो बनाउँछ
काँक्रोको सेवनले कव्जियत, बायु, एसिडिटी लगायतका पेट सम्बन्धि सबै समस्या हटाउन मद्दत गर्छ ।
२. मोटोपना कम गर्छ
काक्रोमा टारटरेट एसिड नामक तत्व पाइन्छ । जसले शरीरमा उर्जा प्रवाह गर्नुका साथै शरीरको तौल कम गर्न मद्दत गर्छ । साथै काँक्रोमा कैलोरीको मात्रा कम हुने भएकोले यसको सेवनले मोटोपनालाई समेत नियन्त्रणमा राख्न मद्दत गर्छ ।
३. छाला सुन्दर बनाउँछ
अनुहारको चिल्लोपना हटाउन पनि काँक्रोको प्रयोग फाइदाजनक मानिन्छ । त्यसको लागि काँक्रोलाई मुखमा दल्नुहोस् र पानीले मुख धुनुहोस् । यो प्रकृया दोहर्याउनाले अनुहारको चिल्लोपना त हट्छ नै, अनुहारमा भएका दाग समेत हटाउँछ । अझ काक्रोको पानी हात, मुखमा लगाउनाले हात फुट्ने समस्या समेत हटेर जान्छ ।
४. पानीको कमी हटाउँछ
काक्रोमा पानीको मात्रा ज्यादा हुन्छ । यसमा ९५ प्रतिशत पानी हुन्छ । त्यसैले गर्मीको समयमा शरीरमा पानीको कमी हुन नदिन पनि काक्रोको सेवन उपर्युक्त मानिन्छ ।
५. मधुमेह तथा कोलेस्ट्रोरमा लाभदायक
काँक्रोको सेवनले मधुमेह तथा कोलेस्ट्रोरको मात्रा सामान्य रहन्छ । काँक्रोले इन्सुलिनलाई समेत नियन्त्रणमा राख्छ । साथै काक्रोमा स्टीराल नामक तत्व पाइन्छ जसले कोलेस्ट्रोरको मात्रालाई कम गर्दछ ।
६. कपाल लामो बनाउँछ
काक्रोको नियमित सेवनले कपाल बढाउन मद्दत गर्छ । यसमा सिलिकन तथा सल्फरको मात्रा धेरै हुने भएकोले यो कपाल बढाउनमा लाभकारी मानिन्छ ।
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks