कसरी रोज्ने मस्काराकसरी रोज्ने मस्कारा

गाजल या लाइनर लगाएपछि आँखालाई थप आकर्षक बनाउन मस्कारा लगाइन्छ । अहिले कलरफुल मस्काराको ट्रेन्ड छ । अझ तपाईंका आँखाको परेला छोटा छन् भने कलरफुल मस्काराले ठूलो भूमिका खेल्छ । छोटा परेलामा कलफुल मस्काराले आँखा ठूला देखाउँछ । मस्काराको रङ ल्यासेज र ड्रेसको रङसँग मिलाएर लगाउनुपर्छ । जानिराख्नुहोस्, मस्कारा रोज्ने टिप्स :

ह्वाइट
आजकाल सेतो (ह्वाइट) मस्कारा निकै ट्रेन्डमा छ । यसले साना आँखालाई ठूला देखाउन पनि भूमिका खेल्छ । दिउँसो बाहिर निस्किँदा या रातको पार्टी तथा विशेष समारोहमा जाँदा, हरेक समय यो मस्कारा राम्रोसँग खुल्छ । तर, ड्रेस पनि म्याच गराउनुहोला । ड्रेस ब्ल्याक या कन्ट्रास्ट रेड छ भने ह्वाइट मस्कारा निकै राम्रो सुहाउँछ ।

बोल्ड
चेरी रेड, इलेक्ट्रिक ब्लु या डार्क ग्रिन कलरका मस्काराले आँखाको सौन्दर्य खुबै खुलाउँछ । स्टेज प्रोग्राम तथा मोडलिङ फोटोसुटमा ब्लु र ब्राउन मस्कारा निकै राम्रो देखिन्छ । यस्ता मस्कारा डार्क मेकअप गर्दा लगाउनु उपयुक्त हुन्छ । मस्कारा कलरकै तर हल्का कलरको ल्यासेज र मस्कारा कलरकै ड्रेस म्याच गराउँदा आकर्षण झल्किन्छ ।

ट्रान्सपरेन्ट
छोटा परेलाका लागि ट्रान्सपरेन्ट मस्कारा निकै उपयुक्त हुन्छ । गोरो छाला छ र डार्क मेकअपमा रुचि छैन भने ट्रान्सपरेन्ट मस्कारा लगाउनु उत्तम हुन्छ ।

गोल्ड/सिल्वर
गोल्ड या सिल्वर मस्कारालाई सदावहार मस्कारा भनिन्छ । यसलाई आफ्नो मेकअप किटमा राख्नु उपयुक्त हुन्छ । यस्तो मस्कारालाई आफूले लगाउने ज्वेलरीअनुसार लगाउँदा राम्रो देखिन्छ ।

प्लस टिप्स
मस्काराअनुसार नै नङमा पालिस मिलाउँदा सेट मेकअपको आकर्षण झल्किन्छ । जस्तो कलरको मस्कारा प्रयोग गरिन्छ, उस्तै नङपालिसले पूरा मेकअपलाई नै खुलाइदिन्छ ।