प्रविधि । गुगलमा विश्वका लाखाँै मानिसहरुले आफूले जान्न चाहेको कुरा खोजिरहेका हुन्छन् । विश्वकै धेरै मन पराइएको कम्पनीमा नबुझेको, जान्न चाहेको देखि हरेक कुरा सर्च गर्दा भेटिन्छ । यसबाट महत्वपूर्ण जानकारी पाइने हुनाले सबैभन्दा धेरै प्रयोग गरिन्छ गुगल ।
मानिसले राम्रो होस् वा नराम्रो, श्लिल होस् वा अश्लील, हरेक कुरा गुगलमा खोजी गरिरहेका हुन्छन् । यस्तो अवस्थामा कुनै बेला कसैले गुगलमा हामीले नितान्त व्यक्तिगत चाहनामा खोजी गरेको बारे थाहा पाउने समस्या आउन सक्छ । आफूले के खोजी गरेको भनेर अरुलाई जानकारी नदिन के गर्ने त ? चिन्ता लिनुपर्दैन । प्रविधिले जति गाह्रो बनाए पनि कुनै पनि समस्याको समाधान गरेकै हुन्छ । तपाईंले खोजी गरेको इतिहास चाहेको खण्डमा सजिलै मेटाउन सकिन्छ ।
मोबाइल र डेस्कटप, ल्यापटप कम्प्युटर जुनसुकै माध्यममा तपाईंले सर्च गरेको कुरा मेटाउन सकिन्छ । माई एक्टिभिटीमा गएर यो सबै मेटाउन सकिन्छ । हामीले खोजी गरेको सबै कुरा माई एक्टिभिटीमै हुन्छ । तर यसले केवल सर्च रिजल्टलाई मात्रै ट्र्याक गरेको हुन्छ । यसले तपाईंले सर्च गरेको कुरा मात्रै देखाउँदैन, बरु कुन एप कतिपटक तपाईंको स्मार्टफोनमा प्रयोग गरियो भन्ने पनि देखाइदिन्छ ।
नियमित खोजी गरिएका कुरा र तस्बिरका साथै गुगलप्लेस्टोरमा सर्च गरेको एप्सबारे समेत जानकारी दिन्छ । सोही कारण तपाईंले माई एक्टिभिटीमा गएर सबै सर्च मेटाउनसक्नुहुन्छ ।
कसरी मेटाउने ?
डेस्कटपमा यसरी मेटाउनुहोस्
- १. माई एक्टिभिटी डट गुगल डट कम मा लगइन गरेर माई एक्टिभिटी खोल्नुहोस्
- २. डिलेट एक्टिभिटी बाई भन्ने ठाउँमा क्लिक गर्नुहोस्
- ३. दिन छान्नुहोस् । यसमा तपाईंको आजदेखि विगत ७ दिन, ३० दिन वा सधैँजसो सर्च गरेको जानकारी मिल्नेछ ।
- ४. प्रोडक्टमा छान्नुहोस् । सर्च र इमेज सर्च सेलेक्ट गर्नुहोस्
- ५. डिलेटमा क्लिक गर्नुहोस्, सबै डिलेट हुनेछ ।
मोबाइलमा यसरी गर्ने
- १. गुगलमा माई एक्टिभिटी लेखेर सर्च गर्नुहोस् । वा माई एक्टिभिटी डट गुगल डट कममा लग अन गर्नुहोस् ।
- २. थ्री लाइन मेन्युमा जानुहोस् । जुन स्क्रिनको माथि बायाँतिर कुनामा देखिन्छ ।
- ३. डिलेट एक्टिभिटी बाई मा ट्याप गर्नुहोस् ।
- ४. दिन छान्नुहोस् ।
- ५. प्रडक्ट छान्नुहोस्, सर्च र इमेज सर्च सेलेक्ट गर्नुहोस् ।
- ६. डिलेटमा क्लिक गर्नुहोस्, सबै डिलेट हुनेछ ।kharibot
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks