cocacola

कसरी बन्छ कोकाकोला? संसारमा २ जनालाई मात्र थाहा छ

“आखिर के हो त?”

-कुशल श्रेष्ठ

Nepali typing

अमेरिकाको चर्चित सफ्ट ड्रिङ्क निर्माता कम्पनी ‘कोका कोला’को इतिहास पनि पुरानो नै छ। जर्जियाको एटलान्टाबाट सुरू भएको यस कम्पनीले आज संसारभरी नै आफ्नो कारोबारलाई फैलाउन सफल भएको छ। नेपालमा पनि कोका कोलाको ठूलो बजार स्थापित छ। कोका कोलाले दुनियाभरीकै सफ्ट ड्रिङ्क बजारमा खास स्वादको साथसाथै आफ्नो छुट्टै पहिचान पनि बनाएको छ।

आखिर, कोका कोला ड्रिङ्क्सको खास स्वादको रहस्य अनि फर्मूला चाहिँ के हो त? यो कुरा जानेर सबैलाई झन् बढी खुल्दुली हुन सक्छ कि, कोका कोला तयार गर्ने मूल शूत्र एकदम गोप्य राखिएको छ र अझसम्म उक्त फर्मूलालाई एउटा दराजमा बन्द गरिएको छ। यो फर्मूलालाई लिएर सँधै विवाद हुँदै आइरहेको छ। कति चोटी यसको फर्मूला सार्वजनिक हुने कुरा उठेपनि आजसम्म यो सम्भव हुन सकेको छैन।

केवल दुई जनालाई यो फर्मूला अवगत छ-

कोका कोलाको यो गोप्य फर्मूलालाई लिएर जति विवाद भएपनि यसको फर्मूलाको बारेमा भने कम्पनीकै आधिकारीक व्यक्तिहरूलाई पनि थाहा छैन। कम्पनीको केवल दुईजना कार्यकारी व्यक्तिहरूलाई मात्रै यसको रहस्य थाहा छ। तर, चर्चामा यो कुरा पनि छ कि दुवै कार्यकारीहरूलाई फर्मूलाको आधा-आधा भाग मात्र थाहा रहेको छ। खास कुरा त के हो भन्दा, दुवै व्यक्तिहरूलाई फर्मूला थाहा भएकै कारण उनीहरू कहिल्यै पनि सँगै हिँड्दैनन्, कतै जान पर्यो भने पनि उनीहरू छुट्टा-छुट्टै बस्छन्, एक-अर्कासँग कुनै सम्बन्ध नै राख्दैनन्। फर्मूलाको गोपनीयतालाई लिएर सन् २०११ मा कम्पनीले बयान पनि दिएका थिए र उक्त शूत्र आफ्नै ठाउँमा सुरक्षित छ, त्यो बाहिर आउन सक्दैन भनेर पनि भनेका थिए।

कहाँ राखिएको छ त फर्मूला-

कोका कोला बनाउने फर्मूलालाई कुनै कर्मचारी अथवा आधिकारिक व्यक्तिहरूको साथमा छोडिएको छैन। एटलान्टाकै ‘सन ट्रस्ट बैङ्क’मा यसको ओरिजिनल फर्मूला राखिएको छ। उक्त बैङ्कले फर्मूलालाई सार्वजनिक नगरोस् भनेर कोकाकोला कम्पनीमा उक्त बैङ्कलाई ४८.३ मिलियन डलरको सेयर पनि दिइएको छ। साथसाथै, बैङ्कको आधिकारीहरूलाई कम्पनीको सञ्चालक समितीमा समावेश गरिएको छ।

nepaliheadlines

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks