Medical representative

कसरी जोगाउने ल्यापटपको ब्याट्री ? ब्याट्री जोगाउने उपाय जान्नु उपयोगी हुन्छ

ल्यापटपको ब्याट्री जोगाउने उपाय जान्नु सबैका लागि उपयोगी हुन्छ । विद्युत अभावको बेला ल्यापटपमा ब्याट्री पुगेन वा सकियो भने समस्या हुन्छ । ब्याट्री जोगाउन निम्न उपाय अपनाउनु पर्छ :

Nepali typing

बिजुली नभएको बेला या चार्जको व्यवस्था नहुँदा ल्यापटको स्क्रिनको प्रकाश घटाउनुपर्छ र न्युनतममा वा आफूलाई सहज हुने स्तरमा झार्नुपर्छ ।

आफूले ल्यापटमा चलाउन प्रयोग गरेको बाहेक अरु प्रोग्रामहरु बन्द गर्नुपर्छ । तपाईले थाहै नपाई ब्याकग्राउण्ड मा बिभिन्न प्रोग्राम चलिरहेको हुन्छ । त्यस्ता प्रोग्राम चलिरहेको हुन्छ । त्यस्ता प्रोग्राम बन्द गर्न ctrl+alt एकसाथ थिचेर delete थिच्नुहोस्, टास्क म्यानेजर आउँछ र ब्याकग्राउण्डमा सन्चालन भैरहेका प्रोगाम देखिन्छ । आफूले चलाउने बाहेकका प्रोग्रामलाई kill task गरेर बन्द गर्नुहोस् । ल्यापटपमा जति धेरै प्रोग्राम सन्चालन हुन्छ ब्याट्री त्यति चाँडो सकिन्छ ।

विद्युत नभएको बेला ल्यापटपमा इन्टरनेट चलाउँदा अनावश्यक विन्डोहरु नखोल्नुस्, आफूलाई चाहिने विन्डो मात्र खोल्नुस् । याद गर्नुस्, भिडियो हेर्दा ल्यापटपको ब्याट्री चाँडो सकिन्छ ।

कतिपयले भन्ने गरेका छन्, ल्यापटपको ब्याट्री फुल भएपछि चार्ज गरिरहनु पर्दैन । ओभर चार्ज भएर ब्याट्री ओभर चार्ज भएर बिग्रिन्छ या पड्किन्छ । तर, यो सत्य होइन । आजकल ल्यापटमा Lithium ion ब्याट्री प्रयोग हुन्छ र यस्तो ब्याट्री बढी चार्ज हुदैन । ल्यापटप आफैले सन्तुलन मिलाउँछ । तसर्थ, लोडसेडिङ नभएकोबेलामा पनि चार्जमा राखेर नै ल्यापटप चलाउनु पर्छ ।

ल्यापटप जतिधेरै तातिन्छ त्यति चाँडै ब्याट्री सकिन्छ र ब्याट्रीको आयू पनि घट्छ । त्यसकारण ल्यापटपको तलको भागमा प्रशस्त हावाको आवतजावत हुने व्यवस्था मिलाउनु पर्छ ।

आईटी टाइम्सबाट

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks