कम्प्यूटरको इतिहास- पहिलो कम्प्यूटर कहिले र कसले बनायो? कम्प्यूटर कसरी सिक्ने

वास्तवमा ‘कम्प्यूटर’ शब्दले ठूलो इतिहास बोकेको छ। पहिले पहिले क्याल्कुलेटर देख्दा पनि अचम्म लाग्थ्यो, गाह्रो हिसाबहरू पनि एकैछिनमा हल गरेको देख्दा त्यही क्याल्कुलेटरको महत्व पनि ठूलो थियो। तर आजभोली कम्प्यूटर शब्दले नौलोपना अनि जिज्ञासा बोक्न छाडिसकेको छ। सबैको साथमा कम्प्यूटर हुन्छ, हात-हातमा स्मार्टफोनको रूपमा मिनीकम्प्यूटर बसेको हुन्छ। तर आजको यो आधुनिक कम्प्यूटर एकैचोटी विकसित भने पक्कै पनि भएको हैन। धेरै चरणको विकासक्रम पार गरेर मात्रै आज खल्तीमा राख्न मिल्ने भएको हो।

Nepali typing
के हो कम्प्यूटर?

कम्प्यूटर भनेको कुनै पनि अङ्कगणितीय तथा तार्किक समस्यालाई स्वतः हल गर्नको लागि बनाइएको एक इलेक्ट्रोनिक सामान हो। यस्ता कतिपय गणितीय समस्याहरूलाई कम्प्यूटरले एकैसाथ र एकैछिनमा हल गर्न सक्दछ। सामान्यतयाः कम्प्यूटरमा २ वटा अङ्ग मूख्य हुन्छन्, सेन्ट्रल प्रोसेसिङ्ग युनिट (Central Processing Unit) र मेमोरी (Memory)। प्रोसेसिङ्ग युनिटले हामीले दिएको अङ्कगणितीय र तार्किक समस्यालाई प्रोसेस गर्दछ भने, त्यसबाट निस्केको नतिजालाई मेमोरीले साँचेर राख्दछ।

तर आधुनिक कम्प्यूटरमा जटिल समस्याको हल गर्नको लागि जटिल किसिमकै अङ्गहरू समावेश गरिएका हुन्छन्।

पहिलो कम्प्यूटरको विकास कहिले भएको थियो?

कम्प्यूटरका विभिन्न प्रकारहरू छन् र यसले गर्दा नै पहिलो कम्प्यूटरको विकास कहिले भएको हो भन्ने प्रश्नको उत्तर सजिलो छैन। सन् १८२२ मा चार्ल्स ब्याबेजले पहिलो ‘मेकानिकल कम्प्यूटर’को विकास गरेका थिए। तर आजभोली जसलाई हामीले कम्प्यूटर ठान्ने गर्छौँ, त्यो जस्तो भने पक्कै पनि थिएन।

त्यसैले आज हामी तपाईँहरूलाई विभिन्न प्रकारका कम्प्यूटरको साथमा हरेकको विकास मिती र निर्माणकर्ताको बारेमा जानकारी दिन गइरहेका छौँ।

१. पहिलो मेकानिकल कम्प्यूटर (First Mechanical Computer)

सन् १८२२ मा, चार्ल्स ब्याबेजले आफ्नो ‘डिफरेन्स इन्जिन’ (Difference Engine) को अवधारणाको विकास गरेका थिए र त्यसको निर्माणमा लागेका थिए, जुनलाई संसारकै पहिलो अटोमेटिक कम्प्यूटिङ्ग मेसिन मानिन्छ। उनको यो डिफरेन्स इन्जिनले साधारण किसिमका अङ्कहरूको हिसाब गर्ने र त्यसबाट निस्केको नतिजालाई कागजमा कागजमा लेख्दथ्यो।

डिफरेन्स इन्जिनको विकासको लागि ब्याबेजलाई ‘एडा लभलेस’ले सहयोग गरेकी थिइन्। उनलाई संसारकै सबैभन्दा पहिलो कम्प्यूटर प्रोग्रामरको रूपमा चिनिन्छ। दुर्भाग्यवश, आर्थिक स्थितीले गर्दा ब्याबेजले पूर्णतया काम गर्ने मेसिन बनाउन असमर्थ भए। त्यसपछि सन् १९९१ मा, लण्डन साइन्स म्युजियमले ब्याबेजको जन्मको दुईशताब्दीको अवसरमा ‘डिफरेन्स इन्जिन’को निर्माणलाई पूर्ण गरका थिए र सन् २००० सम्ममा प्रिन्टिङ्ग सिस्टम पनि पुरा गरेका थिए।

सन् १८३७ मा, चार्ल्स ब्याबेजले पहिलो जेनेरल मेकानिकल कम्प्यूटर, ‘एनालाइटिकल इन्जिन’को निर्माणको लागि प्रस्ताव पेश गरेका थिए। यो इन्जिनको अवधारणामा ‘अरिथमेटिक लजिक युनिट’ (Arithmetic Logic Unit- ALU), फ्लो कन्ट्रोल (Flow Control) र मेमोरी समावेश गरिएको थियो, जुनलाई पहिलो जेनेरल पर्पस कम्प्यूटरको रूपमा मानिन्छ। फेरि पनि चार्ल्सको आर्थिक स्थितीले गर्दा उनी जिउँदो रहुन्जेल यो कम्प्युटरको निर्माण सफल हुन सकेन। त्यसपछि, सन् १९१० मा, चार्ल्स ब्याबेजको कान्छा छोरा ‘हेनरी ब्याबेज’ले उक्त मेसिनको केही भाग मात्रै निर्माण गर्न सफल भएका थिए।

२. पहिलो प्रोग्रामेबल कम्प्यूटर (First Programmable Computer)

जर्मन नागरिक ‘कोनराड ज्युस’ (Konrad Zuse) ले सन् १९३६ र १९३८ को बीचमाआफ्नो अभिभावकको कोठामा ‘जेड वन’ (Z1) को निर्माण गरेका थिए। यसलाई पहिलो ‘इलेक्ट्रोमेकानिकल बाइनरी प्रोग्रामेबल कम्प्यूटर’ (Electromechanical Binary Programmable Computer) को रूपमा मानिन्छ, र यो नै पहिलो आधुनिक कम्प्यूटर थियो जसले राम्रोसँग काम गर्न सक्थ्यो।

३. पहिलो आधुनिक कम्प्यूटरको अवधारणा (First Concept of Modern Computer)

सन् १९३६ मा ‘एलन ट्युरिङ्ग’ले ‘ट्युरिङ्ग मेसिन’ (Turing Machine) को प्रस्ताव पेश गरेका थिए र यही प्रस्ताव नै अझसम्म कै कम्प्यूटर प्रविधीको पुर्वाधार बन्न पुग्यो। यो मेसिनले, मानिसले कुनै पनि तार्किक समस्यालाई जसरी क्रमैसँग हल गर्दै जान्छ, त्यसरी नै एउटा कागजमा क्रमैसँग विभिन्न सङ्केतहरू प्रिन्ट गर्ने गर्दथ्यो। एलन ट्युरिङ्गको यो अवधारणा बिना आजको आधुनिक कम्प्यूटरको विकास सम्भव थिएन।

४. पहिलो इलेक्ट्रिक प्रोग्रामेबल कम्प्यूटर (First Electric Programmable Computer)

सन् १९४३ मा ‘टमी फ्लावर्स’ (Tommy Flowers) ले पहिलो इलेक्ट्रिक प्रोग्रामेबल कम्प्यूटर ‘कोलोसस’ (Colossus) को निर्माण गरेका थिए। दोश्रो विश्व युध्दको क्रममा जर्मनको गुप्तीकरण गरिएको सन्देशहरूलाई सुन्नको लागि यो ‘कोलोसस’ कम्प्यूटरको प्रयोग गरिएको थियो।

५. पहिलो डिजिटल कम्प्यूटर (First Digital Computer)

सन् १९३७ मा प्रोफेसर ‘जोन भिन्सेन्ट एटेनासफ’ (John Vincent Atanasoff) र उनको विध्यार्थी ‘क्लीफ बेरी’ (Cliff Berry) मिलेर ‘ए.बि.सी.’ (ABC- Atanasoff-Berry Computer) को निर्माण सुरु गरेका थिए। यसको निर्माणकार्य सन् १९४२ सम्म पनि चलिरह्यो।

यो ए.बि.सी. मेसिन विध्युतीय कम्प्यूटर थियो र डिजिटल हिसाबहरू गर्नको लागि ‘भ्याक्युम ट्युब’ (Vacuum tubes) को प्रयोग गरिएको थियो। डिजिटल हिसाबमा बाइनरी गणित र बुलियन लोजिक पर्दछ र यसमा सिपियू भने राखिएको थिएन।

यसरी नै, सन् १९४३ मा ‘जे. प्रेस्पर एकेर्ट’ (J. Presper Eckert) र ‘जोन मकली’ (John Mauchly) ले ‘युनिभिर्सिटी अफ पेन्सलभेनिया’मा ‘एनियाक’ (ENIAC) को निर्माण कार्य सुरु गरेका थिए र सन् १९४६ सम्ममा पनि निर्माण सम्पन्न भएको थिएन। यस मेसिनले करीब १८०० वर्ग फिटको क्षेत्रफल ओगटेको थियो र करीब १८,००० वटा भ्याक्युम ट्युबको प्रयोग गरिएको थियो, जसको तौल लगभग ५० टन रहेको थियो।

सन् १९७३ अक्टोबर १९ मा, अमेरिकाको सङ्घीय न्यायाधीश ‘अर्ल लार्सन’ ले ‘एनियाक’लाई अमान्य भन्दै एटेनासफलाई ‘पहिलो इलेक्ट्रोनिक डिजिटल कम्प्यूटर’को आविष्कारक घोषणा गरेका थिए। न्यायाधीशले एबिसीलाई पहिलो डिजिटल कम्प्यूटर घोषणा गरेतापनि धेरैले ‘एनियाक’लाई नै पहिलो डिजिटल कम्प्यूटर मान्ने गर्छन्, किनभने यसले पूर्णताका साथ काम गर्दथ्यो।

६. पहिलो स्टोर्ड प्रोग्राम कम्प्यूटर (First Stored Program Computer)

एड्स्याक’ (EDSAC) पहिलो ब्रिटिस कम्प्यूटर हो र साथसाथै पहिलो स्टोर्ड प्रोग्राम कम्प्यूटर हो। यस कम्प्यूटरले सन् १९४९ मे ६ मा पहिलो हिसाब गरेको थियो र यसमा संसारकै पहिलो ग्राफिकल कम्प्यूटर गेम (graphical computer game) ‘बेबी’ चलाइएको थियो।

त्यसैसमयमा, स्टोर्ड प्रोग्राम चलाउन सक्ने कम्प्यूटर भनेको ‘म्यान्चेस्टर मार्क १’ (Manchester Mark 1) पनि थियो। भिक्टोरिया युनिभर्सिटी अफ म्यान्चेस्टरमा बनाइएको मार्क १ कम्प्यूटर सन् १९४९ अप्रिलमा सञ्चालन भएको थियो। मार्क १ कम्प्यूटरले पहिलो चोटी ९ घण्टासम्म कुनै गल्ती बिना ‘मर्सेनी प्राइम नम्बर’ (Mersemme Prime Number) को खोजी गरेको थियो।

मर्सेनी प्राइम नम्बर भनेको के हो?

गणितशास्त्रमा, मेर्सेनी प्राइम नम्बर भनेको त्यस्तो प्राइम नम्बर हो, जुन जहिले पनि २ को पावरभन्दा १ कमी (one less than power of two) हुन्छ। उदाहरणको लागि; ३, ७, ३१, १२७, आदि। यसमा २ को पावर २ भनेको ४ हो र ४ भन्दा १ कमी भनेको ३ हो, त्यस्तै २ को पावर ३ भनेको ८ हो र ८ भन्दा १ कमी भनेको ७ हो। यसमा ३ र ७ दुवै प्राइम नम्बर हुन्, तर २ को पावर ४ भनेको १६ हुन्छ र १६ भन्दा १ कमी भनेको १५ हुन जान्छ, जुन प्राइम नम्बर होइन।

७. पहिलो कम्प्यूटर कम्पनी

संसारकै पहिलो कम्प्यूटर कम्पनीको नाम ‘इलेक्ट्रोनिक्स कन्ट्रोल्स कम्पनी’ (Electronics Controls Company) हो, जुन सन् १९४९ मा ‘जे. प्रेस्पर एकर्ट’ र ‘जोन मकली’ ले स्थापना गरेका थिए। एनियाक कम्प्यूटरको निर्माण पनि उनीहरूले नै गरेका थिए। पछि, उक्त कम्पनीको नाम EMCC (Eckert-Mauchly Computer Corporation) मा परिवर्तन गरियो र यस कम्पनीले ‘युनिभ्याक’ (UNIVAC) नाम गरेको कम्प्यूटरलाई बजारमा भित्र्याएको थियो।

८. पहिलो व्यापारीक कम्प्यूटर

सन् १९४२ मा, कोनराड ज्युस ‘जेड४’ (Z4) कम्प्यूटरको निर्माणमा लागेका थिए, जुन पछि गएर पहिलो व्यापारीक कम्प्यूटर बन्न पुग्यो। सन् १९५० जुलाइ १२ मा उक्त कम्प्यूटर ‘स्वीस फेडेरल इन्स्टिच्युट अफ टेक्नोलोजी ज्युरिक’का गणितशास्त्री ‘एडुवार्ड स्टीफेल’ले किनेका थिए।

९. आइ.बि.एम. को पहिलो कम्प्यूटर

आइ.बि.एम. (IBM- International Business Machines Corporation) एक अमेरिकी बहुराष्ट्रिय प्राविधिक कम्पनी हो, जुनको स्थापना सन् १९११ जुन १६ मा भएको थियो र यस कम्पनीका संस्थापक ‘चार्ल्स रानलेट फ्लीन्ट’ हुन्।

सन् १९५३ अप्रील ७ मा उक्त कम्पनीले ‘७०१’ (701) नाम गरेको कम्प्यूटर सार्वजनिक गरेको थियो, जुन पहिलो व्यापारीक साइन्टिफिक कम्प्यूटर बन्न पुग्यो।

१०. र्याम राखिएको पहिलो कम्प्यूटर (first computer with RAM)

सन् १९५५ मार्च ८ मा एम.आइ.टी. (MIT- Massachusetts Institute of Technology) ले ‘ह्विर्लविन्ड मेसिन’ (Whirlwind Machine) को निर्माण गरेको थियो, जुन विश्वकै पहिलो र्याम राखिएको डिजिटल कम्प्यूटर बन्न पुग्यो।

११. पहिलो ट्रान्जिस्टर कम्प्यूटर (first Transistor Computer)

सन् १९५६ मा एम.आइ.टी. ले नै पहिलो ट्रान्जिस्टर कम्प्यूटर ‘टि.एक्स.-ओ’ (TX-O: Transistorized Experimental Computer) को निर्माण गरेको थियो।

१२. पहिलो मिनीकम्प्यूटर (first MiniComputer)

सन् १९६० मा ‘डिजिटल इक्वीप्मेन्ट कर्पोरेसन’ (Digital Equipment Corporation) ले पहिलो चोटी पिडिपी कम्प्यूटर (PDP Computer) ‘पिडिपी-१’ को निर्माण गरेको थियो, जुनलाई विश्वकै पहिलो मिनीकम्प्यूटर मानिन्छ।

१३. पहिलो डेक्सटप कम्प्यूटर (first Desktop Computer)

सन् १९६८ मा ‘हिउलेट प्याकर्ड’ (Hewlett Packard-HP) कम्पनीले विश्वकै पहिलो डेक्सटप कम्प्यूटर ‘एचपी ९१०० ए’ (HP 9100A) को निर्माण गरेको थियो, जसले सबैभन्दा बढी बिक्री भएको थियो र धेरै मानिसहरूले यो कम्प्यूटरलाई मन पराएका थिए।

१४. पहिलो माइक्रोप्रोसेसर (first Microprocessor)

सन् १९७१ नोभेम्बर १५ मा इन्टेल कम्पनीले पहिलो माइक्रोप्रोसेसर ‘इन्टेल ४००४’ (Intel 4004) को निर्माण गरेको थियो।

१५. पहिलो माइक्रोकम्प्यूटर (first Microcomputer)

सन् १९७३ मा भियतनामी-फ्रान्सेली इन्जिनियर ‘आन्द्रे त्रुवङ्ग त्रङ्ग थाइ’ र फ्रान्सोइ जर्नेली’ ले पहिलो माइक्रोकम्प्यूटर ‘माइक्रल’ (Micral) को आविष्कार गरेका थिए। यस कम्प्यूटरमा ‘इन्टेल ८००८’ माइक्रोप्रोसेसरको प्रयोग गरिएको थियो र सुरुमा यसको मूल्य १,७५० डलर रहेको थियो।

१६. पहिलो ल्यापटप (first laptop or portable computer)

‘आइ.बि.एम. ५१००’ संसारकै पहिलो पोर्टेबल कम्प्यूटर थियो, जुन सन् १९७५ मा रिलिज भएको थियो। उक्त कम्प्यूटरको तौल ५५ पाउण्ड थियो र ५ इन्चको सि.आर.टी. डिस्प्ले राखिएको थियो। यसमा १.९ मेगाहर्ज पाल्म प्रोसेसर राखिएको थियो भने यसमा ६४ किलोबाइटको र्याम प्रयोग गरिएको थियो।

तर, विश्वकै पहिलो ल्यापटप भने ‘अजबर्न १’ थियो, जुन सन् १९८१ अप्रीलमा रिलिज भएको थियो र यसका आविष्कारक ‘एडम अजबर्न’ हुन्। उक्त ल्यापटपको तौल २४.५ पाउण्ड रहेको थियो भने यसमा पनि ५-इन्चको स्क्रीन र ६४ किलोबाइटको र्याम समावेश गरिएको थियो।

यति धेरै चरणहरू पार गरेर मात्रै अहिलेको आधुनिक कम्प्यूटर, ल्यापटप, स्मार्टफोन, ट्याबलेट तथा अन्य कम्प्यूटरहरूको विकास भएको हो। इतिहासलाई खोतल्दै गयो भने लाग्छ कि, “हामी त सुनौलो युगमा बाँचिरहेका छौँ, जहाँ हरेकको साथमा हरेकको हातमा आ-आफ्नै कम्प्यूटर रहेको हुन्छ र प्रविधीको पूरा मज्जा लिन पाइराखेका छौँ, फेसबुक चलाउन पाएका छौँ!”

nepaliheadlines

कम्प्यूटर कसरी सिक्ने ?

आजकल, कुनै पनि कामको लागि एक कम्प्युटर आवश्यक छ। नि: शुल्क सजिलो कम्प्यूटर सिक्न स्वागत छ, तपाइँ नयाँ टेक्नोलोजीहरू कसरी सिक्नको लागि अझ बढी उन्नत तहबाट सिक्न खोज्दै हुनुहुन्छ ? तपाईं ट्यूटोरियल र अभ्यासको साथ कम्प्युटरलाई कसरी सम्भाल्न कसरी आफ्नो कम्प्युटरको साथ घरबाट गर्न सक्नुहुन्छ।

Free graphic designin full course in Nepali https://www.youtube.com/playlist?list=PLNjwpKVR7Gyd4bXflKZdI2HYArbnrojWN

E-commerce website https://www.youtube.com/playlist?list=PLNjwpKVR7GyeCgnWKQY9-WC-vBWWu7TYb

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks