safety tips for computer user

कम्प्युटर भाइरस लागेमा निम्न लक्षणहरू कम्प्युटरमा देखा पर्ने गर्दछ

कम्प्युटर भाईरस भनेको के हो ? ( What is Virus)

कम्प्युटर भाईरस कुनै जिवित किटाणु नभै एक गलत प्रोग्राम हो जसले कम्प्युटरको सँचालन प्रणालिमा हानी पुर्याउने कार्य गर्छ । अर्को शब्दमा भन्नु पर्दा यो गलत निर्देसिकाहरुको समुह हो जसले कम्प्युटरको सँचालन प्रकृयालाई बिगारी दिन्छ । कम्प्युटर भाईरस बिशेष गरी कम्प्युटर प्रोग्रामिङका दक्ष्य ब्यक्तिहरुले गलत मनसाय पूर्वक तयार गरेका हुन्छन । कम्प्युटर भाईरसलाई पनि एउटा सफ्टवयर वा प्रोग्रामकै रुपमा लिन सकिन्छ तर यस किसिमका प्रोग्रामहरुले कम्प्युटरलाई कुनै राम्रो कार्य नगरि हानि पुर्याउने काम मात्र गर्छ । जस्तै कम्प्युटरमा भएका डाटाहरुलाई नस्ट गरी दिनु वा अनावश्यक डाटाहरु थपिदिनु । उदाहरणको लागि कुनै एस्तो प्रोग्राम बनाइदियो जसलाई सँचालन गर्ना साथ कम्प्युटरको हार्ड डिस्कमा भएका सम्पूर्ण डाटाहरुलाई मेटाइ दिनु भनि निर्देशहरु (Instructions) राखिएको भए त्यस प्रोग्राम चल्ना साथ हार्ड डिस्कका सम्पूर्ण डाटाहरु मेटाइदिने हुन्छ ।

Nepali typing

भाइरस लागेमा निम्न लक्षणहरू कम्प्युटरमा देखा पर्ने गर्दछ:

१. कम्प्युटर एकदमै ढिलो हुने गर्दछ।
२. कम्प्युटर अड्केको जस्तो हुने
३. कम्प्युटर बारम्बार क्र्र्यास हुने, तथा आफै रिस्टार्ट भैरहने
४. कम्प्युटरमा रहेका प्रोग्रामहरूले पहिले जस्तो काम नगर्ने
५. पहिले देखाइ रहेका डिस्कहरू नदेखाउनु
६. मेनुहरु बिग्रिएका अवस्थामा हुनु
७. एन्टिभाइरस प्रोग्रामहरू बन्द अवस्थामा रहनु
८. डेस्कटपमा नयाँ icon हरू आफैं देखा पर्नु
९. स्पिकरबाट त्यसै आवाज आउनु
१०. हालेका प्रोग्रामहरू आफैं हराउनु

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks