कम्प्युटर भाईरसका प्रकारहरु (Types of computer virus)
भाईरस बिभिन्न प्रकारका हुन्छन र हाल सम्म देखा परेका भाईरस्को सँख्या भन्नु निकै गार्हो हुन्छ किनकी प्रतिदिन यसप्रकारका भाईरसहरुको बिकास भई रहेको पाईन्छ । तापनि यस्ता भाईरसलाई यसले गर्ने असरको आधारमा समुहगत रुपमा बिभाजन गरेको पाईन्छ ।
क) Time Bomb : निस्चित समयमा कार्य सुरु गर्ने प्रकारको ।
ख) Trojon Horse : लुकेर कुनै प्रोग्राममा रहने प्रकृतिको
ग) Worms : कम्प्युटरको कुनै पनि डाटाहरुलाई नबिगार्ने तर मेमोरिमा गई कम्प्युटरलाई ढिला बनाई दिने प्रकृतिको ।
घ) Boot Sector Infector : कम्प्युटर स्टोरेज डिवाइस जस्तै : Floppy Disk, Hard Drive आदिको Boot Sector ( कम्प्युटर खोलिनको लागि चाहिने पहिले डाटा भएको ठाउँ ) मा गई बस्ने र बिगार्ने प्रकृतिको ।
ङ) File Infector Virus : कुनै पनि फाइल लाई बिगार्ने प्रकृतिको ।
च) Dos System Infector : Dos अपरेटिङ सिस्टम फाइलहरुलाई बिगार्ने प्रकृतिको ।
छ) Massage Carrying Virus : कुन्रै अश्लील कुर वा हास्य सुचना दिने तर कुनै हानी नदिने प्रकृतिको ।
कम्प्युटर भाईरस प्रतिरोधक (Computer anti-virus)
सबै भाईरसहरु हानि पुर्याउने प्रकृतिका नभएपनी कुनै भाईरस निकै हानी पुर्याउने खालका हुन्छन । र यस्तो प्रकृतिको भाईरसले आक्रमण गरेको खण्डमा हाम्रो कम्प्युटरको डाटा र सँचालन प्रकृयामा ठुलो क्ष्यति पुर्याउन सक्छ र यस्ता कुनै पनि भाईरसबाट कम्प्युटरलाई बचाउन Anti-virus प्रोग्रामको बिकास गरिएको छ । जसरी कुनै मनिसलाई रोगको बिरुद्द भ्याक्सिनको बिकास गरिन्छ त्यसरिनै कुनै बेला देखा परेका र सँभाबित कम्प्युटर भाईरसको प्रक्रिति अनुरुप Anti-virus सफ्टवयर बनाइएको हुन्छ । जस्तै : Virus buster, Norton Anti-virus, Central Point Anti-virus, MC Caffe’s Anti-virus, Clean Virus, Dr Solomon’s Anti-virus Tool Kit, PC chillin आदी ।
भाईरसबाट बच्ने उपाय (Virus Sefety)
१. आफ्नो कम्प्युटरमा अनिबार्य कुनै एक भरपर्दो Anti-virus प्रोग्राम राख्ने ।
२. सधैं Anti-virus प्रोग्रामलाई Active राख् ने ।
३. अरु कसैको फ्लपी डिस्क वा CD प्रयोग गर्नु भन्दा पहिले Virus स्क्यान गरेर मात्र प्रयोग गर्ने ।
४. कम्प्युटर कुनै तरिका बाट भाईरस द्वारा प्रभाबित भए पूर्ण रुपमा भाईरस नहटाई कम्प्युटर सँचालन नगर्ने ।
५. चोरी भएको सफ्टवयरको प्रयोग नगर्ने ।
६. भाईरस बाट पूर्ण रुपमा कहिले पनि बच्न नसकिने हुँदा आफ्नो डाटाहरुलाई कुनै अर्को सुरक्षित राख्ने जसलाई (Backuping of Data ) पनि भनिन्छ ।
७. जो कसैलाई आफ्नो कम्प्युटर प्रयोग गर्न नदिने ।
८. ईन्टरनेट चलाऊदा जुन पायो त्यो साईट अथवा भरनपर्दो साईट नखोल्ने ।
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks